खेलाडीको सम्पुर्ण राज्यले गर्ने : खेलकुदमन्त्री

 

Daljit-shreepaili

१४ भदौ, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताएका छन् ।

आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई बिदाइ गर्दै उनले भने, – “अब आफुले  खेलकुदलाई  सुधार गर्ने बताएका छन 

यही भदौ १६ देखि २९ गतेसम्म अजरबैजानको बाकुमा हुने ‘चेस ओलम्पियाड’मा भाग लिने १० खेलाडीसहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ जसमा पाँच पाँच पुरुष तथा महिला छन् । पुरुषमा भूपेन्द्र निरौला, सजिन महर्जन, केशव श्रेष्ठ, क्षितिज भण्डारी र विलमलाल श्रेष्ठ तथा महिलामा सिन्दिरा जोशी, शान्ता थापा, मोनालिसा खम्बू, सुजना लोहनी र अस्मिता अधिकारी छन् ।

त्यस्तै ब्राजिलमा भदौ २२ देखि आगामी असोज २ गतेसम्म हुने ‘पारा ओलम्पिक’मा भाग लिने दुई खेलाडी सहितको टोली पनि बुधबार नै त्यसतर्फ जाँदैछ जसमा पौडीमा लक्ष्मी कुँवर र एथ्लेटिक्समा विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्नेछन् । छविलाल चौधरीले रानाको ‘रनर गाइड’का रुपमा काम गर्नेछन् ।