संबिधान संशोधनको माग मधेशबाट होइन, भारतबाट बाट आयो : ज्ञवाली

pradip jyawभक्तपुर नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले राखेको संबिधान संशोधनको माग मधेशी जनताको माग नभएर सिमापारिको माग भएको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै ज्ञवालीले मधेशी मोर्चाका केही नेताहरुको ब्यक्तिगत मागलाई मधेशी जनताको माग भन्दै संबिधान संशोधन गर्नु गलत हुने र  मधेशी जनताको माग नभई केही नेताहरुकै माग स्पष्ट भएको बताए ।
जायज माग बाहेक केही नेताहरुको स्वार्थ पुरा गर्न संबिधान संशोधनका लागि एमाले कदापी तयार नहुने बताए ।

बिगतमै तीनै निर्वाचनको मिति तय भएता हाल सरकारमा रहेको गठबन्धनले बिभिन्न बहानाबाजी गरि निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाउँदै ज्ञवालीले भन्नु भयो निर्वाचन गर्ने वाताबरण बनाउने तर्फ भन्दा पनि बिगार्ने तर्फ लागेकाले निर्वाचन हुनेमा शंका ब्यक्त गर्दै संबिधान कार्यान्यवनको पाटोलाई ओझेलमा पार्ने खेल भईरहेको बताए ।
केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेका कामहरु जसरी वर्तमान सरकारले उल्टाउँदै छ यसले राजनीतिक दलहरुबीचको दुरी बढाउनुका साथै नयाँ प्रकारको राजनीतिक द्वन्द्वको अवस्था देखिएको ज्ञवालीले बताए ।nepal  n india
र यसले संबिधान कार्यान्वयनमा अप्ठेरो स्थिति श्रृजना गर्ने उनको भनाई छ ।

 

िवगत लामो समय देखि नेपालको राजनीतिमा भारतले प्रभुत्व जमाउँदै आइरहेकोमा गत बर्ष काङग्रेस आइ र भाजपा विचको अन्तरविरोधले गर्दा भारतीय सरकार र नेपालका संसदवादी दलहरुको विचमा तिक्ततापुर्ण सम्बन्ध रहिआएकोमा त्यहि सम्बन्धको निरन्तरता स्वरुप प्रदीप ज्ञावालीले आफ्रनो भारत प्रतिको असन्तुष्टी व्यक्त गर्दै उनले अगाडि भन्नुभयो  ।

बिशेष परिस्थितिमा अन्य मूलुकमा दुतहरु पठाउने परम्परा रहेता पनि वर्तमान सरकारको गठबन्धनसँगै ज
सरी नेपालका दुई छिमेकी देशमा दुतहरुको दौडाहा गरियो यो गलत भएको ज्ञवालीले टिप्पणी गरे । उनले भन्नु भयो प्रचण्डले प्रधानमन्त्री भए पछि भारतका प्रधान मन्त्रीलाई जसरी पत्रचार गरे त्यो कुटनीतिक मर्यादा भन्दा बाहिरको बिषय हो ।
केपी ओलीको सरकारले अन्य देश सँग रहेको असन्तुलित सम्बन्धलाई सन्तुलनमा ल्याएको र नेपालीको शिर उच्चो पार्ने काम गरेता पनि वर्तमान सरकारले फेरी असन्तुलित सम्बन्धको बिस्तार गर्दै छ यसले नेपाल र नेपालीका लागि दिर्घकालिन असर पार्ने उनले बताए ।

imageback
नेपालमा प्रत्यक्ष रुपमा देखिएको बैदेशिक हस्तक्षेप सबैका अघि स्पष्ट भएकाले राजनीतिक दलहरुले बेलामै आफ्नो देशको रक्षाका लागि एक हुन नसके त्यसको प्रभाव भोलीको पीडिले भोग्नु पर्ने भन्दै ज्ञवालीले भन्नु भयो राजनीतिक द्वन्द्व निम्ताउँदै लाभ लिनेहरुका अघि नेपालकै राजनीतिक दलहरु सजग हुन सके कसैले केही गर्न सक्ने छैनन् ।