माओवादी नेता–कार्यकर्ता माथि धरपकड

सामना निवासमा प्रहरीद्धारा छापा

- जनगणताीन्त्रक अभियान संवाददाता

press bijypti१४ भाद्र,जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड अहिले सरकारको नेतृत्वमा छन् । तर उनको नेतृत्व सरकारले जनयुद्धको सहकर्मी पार्टी विप्लव माओवादीप्रति दमनको बाटो अख्तियार गरिरहेको छ ।

देशव्यापी रुपमा विप्लव माओवादीका नेता र कार्यकर्ता गिरफ्तार भइरहेका छन् । भ्रष्ट, दलाल, कमिशनखोर र माफियाहरुका विरुद्ध विप्लव माओवादीले जनकार्वाही गरेपछि प्रचण्ड नेतृत्वको सरकार दमनमा उत्रिरहेको छ ।

आज मंगलबार मात्रै राजधानीमा विप्लव माओवादीका दुई जना स्थानीय नेता गिरफ्तार भएका छन् । बालाजु निवासी आकाश अधिकारीलाई प्रहरीले उनलाई घरबाट गिरफ्तार गरेर स्यम्भुमा लगिएको छ ।

उनलाई आफ्ना आफन्तलाई समेत भेट्न दिइरहेको छैन । त्यसैगरी अर्का स्थानीय मजदुर नेता एलबी राउतलाई पनि आजै प्रहरीले गिरफ्तार गरेको छ । उनलाई बालाजु प्रहरी चौकीमा राखिएको छ ।

यसैबीच आज मंगलबारै प्रहरीले केन्द्रीय सामना कलाकारको वासस्थान रहेको लाजिम्पाटमा छापा मारेको छ ।

निवासमा रहेका सामनाका कलाकारहरुलाई अनावश्यक सोधपुछ गरेर प्रहरीले अनावश्यक दुख दिने काम गरेको सामनका एक कलाकारले बताए ।

यता आफ्ना नेता कार्यकर्तालाई अनावश्यक गिरफ्तार गरेको भन्दै विप्लव माओवादीका केन्द्रीय सदस्य एवं काठमाठौं जिल्ला सेक्रेटरी माइला लामाले प्रहरी प्रशासनद्धारा भएको दमनको तीव्र रुपमा भत्र्सना गरेका छन् ।

नेता लामाले सरकारले अनावश्यक दमनको बाटो नरोके त्यसको परिणाम अप्रिय हुन सक्ने भन्दै सरकारलाई त्यस्ता हर्कत तत्काल रोक्न माग गरे ।