अयोग्य लडाकु मीरा गोदावरी रनिङमा पनि प्रथम

- जनगणतान्त्रिक अभियान संवाददाता

MIRA RAI  काठमाडौँ। केही महिनाअघि फ्रान्समा आयोजना भएको अल्ट्रा म्याराथनकी विश्व च्याम्पियन मीरा राईले दोस्रो गोदावरी रनिङ फेस्टिबल दौड प्रतियोगितामा पनि पहिलो स्थान हात पारेकी छिन् ।

गोदावरीमा आज भएको महिलातर्फको २० किमी दौडको स्पर्धामा भोजपुर निवासी माओवादी अयोग्य लडाकु रहेकी मीराले पहिलो स्थान हात पार्न दुई घन्टा ३० मिनेटको समय खर्चेकी थिइन् ।

सोही समूहमा ललितपुरकी साक्षी राई र सासा प्रधानले क्रमशः दोस्रो र तेस्रोमा चित्त बुझाए । ‘बेसक्याम्प आउटडोर लाइफ स्टाइल’को आयोजनामा भएको पुरुषतर्फको
२० किमी दौडमा निर्धारित समय दुई घन्टा चार मिनेटमा पूरा गरेका ललितपुरका दिनेश महर्जन पहिलो भए ।MIRA  RAI1

सोही समूहमा काठमाडौँका राज प्रधान दोस्रो तथा सिन्धुपाल्चोकका माने तामाङ तेस्रो भए । दौड गोदावरी पार्कबाट सुरु भएर बिशङ्खु नारायण, कोर्ड डाँडा, चापाखर्क हुँदै पुनः गोदावरी पार्क आएर सम्पन्न भएको थियो । विजेताले सिल्ड, पदक, प्रमाणपत्र तथा पुरस्कार प्राप्त गरेका छन्