संविधान संसोधनको छलफल बैङ्ककमा

काङ्ग्रेसले भारतलाई नेपालघुसाएको आरोप

rawकाठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आयोजित बैठकमा एमाले नेता भीम रावलले उपप्रधानमन्त्री विमलेन्द्र निधिमाथि आन्तरिक राजनीतिमा भारतलाई घुसाएको आरोप लगाएका छन ।

top leader
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधान तथा रक्षामन्त्री रावलले प्रधानमन्त्रीका विशेष दूतका रूपमा दिल्ली जाँदा निधिले संविधान संशोधनका प्रस्तावित कदमबारे विस्तृत रूपमा भारतीय पक्षसँग छलफल गरेको आरोप लगाएपछि निधिले त्यसको जबाफमा एमाले नेतृत्वको सरकारले पनि संविधानबारे विदेशीसँग छलफल गर्ने गरेको प्रत्यारोप लगाएका थिए ।

कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूबीचको छलफलमा आरोप-प्रत्यारोपले तनाव उत्पन्न भएको थियो । उपप्रधान तथा गृहमन्त्री निधिमाथि संविधान संशोधनका विषयमा भारतीय स्वार्थ भित्र्याउन खोजेको आरोप पूर्वउपप्रधानमन्त्री रावलले लगाएका थिए । एक नेताका अनुसार एमाले उपाध्यक्षसमेत रहेका रावलले नयाँदिल्लीस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा निधिले भारतीय नेताहरूसँग ‘संविधान संशोधनलगायत विषयमा छलफल’ गरेको वाक्य पढेर सुनाएपछि बीचैमा निधिले प्रतिवाद गर्न खोजेका थिए ।

विदेशीको फन्ड र एजेन्डा तपाईका ल्यापटपमा अहिले पनि सुरक्षित होलान् विमलेन्द्र निधि, उपप्रधानमन्त्री
प्रमाण देखाउनुहोस्, बिनाप्रमाण आरोप लगाउन मिल्दैन, यो आपत्तिजनक हो । भीम रावल,एमाले नेता
संविधान संशोधनमा भारतीय नेताहरूको समर्थन लिन खोजेको भन्दै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न रावलले माग गरेपछि निधिले जबाफ दिने क्रममा भनाभन भएको ती नेताले बताए । ‘संविधान निर्माण गर्ने बेलामा ल्याएको विदेशीको फन्ड र एजेन्डा तपाईंका ल्यापटपमा अहिले पनि सुरक्षित होलान्’, निधिले जबाफमा रावललाई भने । जबाफमा रावल कड्किए, ‘प्रमाण देखाउनुस्, बिनाप्रमाण यस्ता आरोप लगाउन मिल्दैन, यो आपत्तिजनक अभिव्यक्ति हो ।’ निधिले पनि आफूसँग प्रमाण रहेको दाबी गर्दै भने, ‘मसँग प्रमाण छ ।’ त्यसपछि रावल आक्रामक रूपमा प्रस्तुत भए, ‘तपाईंले अहिले नै प्रमाण देखाउनुपर्छ ।’

सोहि क्रममा प्रचण्डले  निधि ,रावललाइ साम्य पार्न खोज्दैै भने  संविधान बनाउन धेरै मुलुकले सुझाव दिए पनि संविधान नेपाली आफैंले बनाएको भनेर झगडा    सामान्यीकरण गर्ने प्रयास गरेका थिए । सत्ता गठबन्धनका प्रमुख नेता शेरबहादुर देउवा उपचारका लागि सिंगापुर र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बैंककमा भ्रमण क्रममा  रअका अधिकारी र देउवा केपी ओली बीच संविाधान संसोधनको बारेमा छलफल हुने समचार सुत्रहरुको दावी छ ।

 संविधान संशोधनको ठोस प्रस्ताव ल्याउन आग्रह गरेपछि  दाहालले संविधान संशोधनको ठोस प्रस्ताव बनाउन सत्ता पक्ष र प्रतिपक्षका बीचमा प्रारम्भिक छलफल गरिएको जानकारी गराएका थिए । 
 स्थानीय तहको नयाँ संरचनाअनुसार निर्वाचन गराउनुपर्नेमा माओवादी केन्द्र र एमाले एउटै कित्तामा उभिएका थिए भने नयाँ संरचना बनाउँदा चैतसम्म स्थानीय निर्वाचन गराउन कठिन हुनसक्ने तर्क गर्दै पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गराउनुपर्ने मत कांग्रेस नेताहरूले राखेका थिए ।