
पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस गठबन्धन नेतृत्वकाे सरकारले भारतसंग अर्को राष्ट्रघाती सम्झाैता विरूद्ध विप्लव माअावादीले राजधानीमा बृहत् सभा गर्न लागेकाे हाे ।
कांग्रेसकाे अाडमा बनेकाे प्रचण्ड नेतृत्वकाे सरकारले साे भ्रमणमा माथिल्लाे कर्णाली, अरूण तेस्राे, नाैमुरे, चिसापानी, कालपानीलगायत जलस्राेतका क्षेत्रमा असमान सम्झाैता गर्न सक्ने अाशंका भइरहेकाे बेला विप्लव माअाेवादीले यस्ताे प्रदर्शन गर्न लागेकाे हाे ।
विप्लव माअाेवादीकाे भर्खरै सम्पन्न केन्द्रीय समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
प्रधानमन्त्री प्रचण्ड यही असाेज २९ गतेतिर भारत भ्रमणमा जाने भएका छन् ।
प्रचण्ड नेतृत्व सरकार भारतकाे अाडमा बनेकाे भन्ने विपक्षी दलहरूले अाराेप लगाइरहेकाे बेला विप्लव माअाेवादीले याे सरकारलार्इ राष्ट्रका विरूद्धमा कुनै पनि कदम नउठाअाेस भन्ने मनसायका साथ गर्न लागिरहेकाे याे विशाल प्रदर्शनकाे ठूलाे अर्थ रहने विप्लव माअाेवादीका एक केन्द्रीय नेता बताए ।