पाकिस्तानलाई सुकाउने योजनामा भारत

सिन्धु नदी थुन्ने तयारी गर्दै

modi
असोज १०, सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जलस्रोत मन्त्रालयका अधिकारीहरु संग भेट–घाट गरेका छन् । भारतीय मिडीया अनुसार सन् १९६० मा भएको पाकिस्तान–भारत बिचको सिन्धु जल सम्झौता एक तर्फी रुपले तोड्ने बिषयमा छलफल गरेको बताएका छन् । सन् १९४८ मा भारत र पाकिस्तान बिच तिक्तता बढेपछि भारतले सिन्धु नदीको पानी बन्द गरेको थियो ।

बिगत लामो समय देखि भारत–पाकिस्तान सम्बन्धमा चिसोपन आएको छ । केही दिन अघि काश्मिरमा १७ जना भारतीय सैनिक पृथकतावादी आक्रमणमा मारीए पछि सो आक्रमणकारी समुहलाई पाकिस्तानले सघाएको भनी भारतले पाकिस्तानलाई आरोप लगाउदै आएको छ । सिन्धु नदी जम्मु र काश्मिर भएर पाकिस्तान तिर बग्ने गर्दछ । सिन्धु नदीको पानीेले पाकिस्तानको ठूलो कृषि क्षेत्रमा सिचाँइ गरिन्छ । river