भारतको वर्ग चरित्र अर्धसामन्ती, अर्धऔपनिवेशिक छ : बरबर राव

 

varvar-rao1(विरसम नायकबरबर राव सांस्कृतिक टोलीका संस्थापक सदस्य, भारतीय माओवादी विचारक, तेलुगुभाषी कवि राव बौद्धिक भूमिका समाज रूपान्तरणमा महत्वपूर्ण मान्छन् । सेप्टेम्बर २०१६ को समकालीन तीसरी दुनियाँबाट साभार तथा अनिल शर्माद्वारा अनुवाद गरी प्रकाशित गरिएको छ ।)
१. वर्तमान हैदराबाद र वर्तमान तेलङ्गानाको विषयमा तपाईं के सोचिरहनुभएको छ ?
तेलङ्गाना सरकार चन्द्रशेखर बाउछोराको सरकार हो । बाउचाहिँ एकातिर विकासको पुरानै अनुभवका रूपमा खेती र सिँचाइको कुरा गरिरहन्छन् र स्वर्णिम तेलङ्गना बनाउने बाचा गर्छन् । किसानहरू भने आत्महत्या गर्न बाध्य छन् र उनी लफफाजी गरेर समय खर्च गरिरहेका छन् । अर्काेतिर छोरो औद्योगिकीकरणको कुरा गरिरहन्छन् । टाटा तेलङ्गनाको व्यापारिक दूत बनिसकेको छ । हैदराबाद नजिकको छ हजार एकड जग्गा जहाज उद्योगलाई सुम्पिइसकेको छ ।

२. चन्द्रबाबु नायडु पनि त छन् नि ?
चन्द्रबाबुले त आन्ध्रप्रदेशमा अरू बढी उद्योगहरूलाई निमन्त्रणा दिने प्रयास गरेका छन् । तर सम्झनुहोला, एकपटक फेरि तेलङ्गानामा माओवादीहरू प्रवेश गर्ने तयारी गरिरहेका छन् । किनकि हाम्रो मूल नेतृत्व अझसम्म सुरक्षित र बलियो छ ।
३. गएको वर्ष तेलाङ्गाना राज्य सरकारले एउटा गोष्ठी रोकिदिएको थियो । के सरकारको वास्तविक अनुहर त्यही हो ?
हो, जसरी २१ सेप्टेम्बर २०१४ को हाम्रो सभा रोकियो त्यसले त्यही कुरालाई पुष्टि गर्छ । डा. रमानाथमको हत्यापछि पनि त्यसै भएको थियो । हैदराबादमा सारस्वत परिषद्मा एक सभा चल्दै थियो । वक्ताहरूलाई बोल्न दिइयो तर कार्यक्रम स्थलमा प्रवेश गर्न दिइएन । प्रवेशद्वारमा सशस्त्र प्रहरी तैनाथ गरियो । २१ सेप्टेम्बरको अर्काे एक कार्यक्रमबाट ७ सय जनालाई गिरÇतार गरियो । त्यसपछि तेलाङ्गाना विद्यार्थी वेदिकाको विद्यार्थीहरूको सभासम्मलाई अनुमति दिइएन । अर्कातिर विवेक, सूर्यमजस्ता व्यक्तिहरू तथा आदिवासी युवतीहरूको हत्या गरिरहेका छन् ।

४. सन् १९७० मा स्थापित भएको विप्लवी रचयिताला सङ्घम् ‘विरसम जस्ता जनसङ्गठनहरूको आज कस्तो अवस्था छ ?
‘विरसम’ले आÇनो ४५ वर्ष आयु पूरा गरेको छ । श्री, कुटुम्बा राव, रचाक्रोन्डा विश्वनाथ शास्त्री, के.बी. रमण्णा रेड्डी, ज्वालामुखी, निखिलेश्वर, चेराबन्डा राजु, चलासानी प्रसाद, कृष्णबाई र मैले विरसमको स्थापना गरेका थियौँ । पछिल्लो अवधिमा दलित समुदायका युवाहरूको आकर्षण बढेको छ ।
५. के तपाईं दाबि गर्न सक्नुहुन्छ– ‘विरसम’ एक्लो सङ्गठन हो जसले एकएक गरेर राज्यको चरित्र भण्डाफोर गरिरहेको छ ?
हो । राज्य कुनै अमूर्त चीज होइन । यसले शासक वर्गको चरित्र र उत्पादक शक्तिहरूको सङ्घर्षलाई प्रकट गर्छ । जब हामीले समाज व्यवस्थालाई अर्धसामन्ती, अर्धऔपनिवेशिक र दलाल भन्छौँ भने त्यसको अर्थ राज्य त्यो वर्गको नेतृत्व र नियन्त्रणमा हुन्छ । त्यसकारण त्यसप्रकारको राज्यले श्रमिक वर्गप्रति दमन र शोषण गर्छ ।

नक्सलबाडी विद्रोहपछि भारतमा किसान र मजदुरको नेतृत्वमा जनयुद्धहरू भएका छन् । तसर्थ जमिन र स्वतन्त्रताका लागि जनताको सङ्घर्षको अर्थ राज्यबाट अधिकार खोस्नु हो । जुन लेखकसँग संसारलाई हेर्ने माक्र्सवादी दृष्टिकोण छ उसले मात्रै राज्यको चरित्रबाट जनतालाई जागरुक बनाउन सक्छ । त्यसले जनतालाई क्रान्तिकारी विचारले ओतप्रोत गराउन सक्छ । ‘विरसम’ को घोषणापत्रमा भनिएको छ– माक्र्सवाद–लेनिनवाद–माओवाद हाम्रो विश्वदृष्टिकोण हो र त्यस विषयमा हाम्रो दृष्टिकोण सुस्पष्ट छ ।
६. आजको अवस्थाको कोणबाट हेर्दा सन् १९९१–१९९२ को आन्दोलनले दूरगामी प्रभाव छोडेको भन्ने विश्लेषण गर्नुको अर्थ के हो ?
त्यसो भन्नुका पछाडि तीन कारण छन्– सन् १९९१ पछि भारतमा नवउदारवादी शक्तिरू र हिन्दुवादी शक्तिहरूका बीचमा गठबन्धन भयो । त्यसपछि जनतान्त्रिक मूल्यहरूमा व्यापक विचलन सुरु भयो । भूमण्डलीकृत शक्तिहरूको पहिलो आक्रमण सन् १९९१ मा पहिलोपटक र सन् १९९२ मा बाबरी मस्जिद ढालेर दोस्रो आक्रमण भएको थियो । यी सबै घटनाको थालनी असीको दशकमा सन् १९८४ मा शिखहरूको नरसंहारले देखाइसकेको थियो ।

त्यसपछि त्रासदीपूर्ण भोपाल ग्याँस घटना भयो र देशलाई २१ औँ शताब्दीतिर डो¥याउनुपर्छ भन्ने राजीव गान्धीलाई नाटकीय रूपमा अधिवेशनमा प्रवेश गराइयो । तेस्रो घटना तत्कालीन पिपुल्स वार पार्टी भाकपा (माओवादी–अनु) माथि प्रतिबन्ध लगाउनुका साथै रेडिकल स्टुडेन्ट युनियन, रेडिकल युथ लिग, अलइन्डिया रिभोल्युसनरी स्टुडेन्ट फेडरेसन, रैयतु कुली सङ्घम, सिंगरेनी कार्मिक सामाख्या र दण्डकारव्य आदिवासी किसान मजदुरजस्ता क्रान्तिकारी जनसङ्गठनका विरुद्ध प्रतिबन्ध लगाउनु ।

७. तेलाङ्गाना राजयमा महिलाहरूको स्थिति कस्तो छ ? उनीहरूको अस्तित्व नै छैन होला ?
मैले जुन तीनथरी सामाजिक तप्कामाथि दमन भैरहेको कुरा गरेको छु त्यसमा महिलाहरूको सङ्ख्या आधाभन्दा बढी छ । भूमण्डलीकरणको सबैभन्दा दुष्प्रभाव महिलामाथि नै परेको छ । माओले भन्नुभएको छ “पितृसत्तात्मक शोषणको चौथो जुवा महिलाको गर्धनमा बेरिएको हुन्छ ।” यो अर्धसामन्ती, अर्धऔपनिवेशिक, दलालतन्त्रमा, ब्राह्मणवादी हिन्दुवाद र पितृसत्तात्मक राज्यको सहोदर भाइका रूपमा राज्य रहेको छ ।

राज्य स्वयम् साम्राज्यवादी भूमण्डलीकरणको दलाल बनेको छ । तसर्थ सामान्य रूपमा हेर्दा सम्पूर्ण महिला र विशिष्ट रूपले हेर्दा गरिब–श्रमिक सम्पूर्ण महिला उत्पीडनमा छन् । रक्सीबाजीको कुरा गर्ने हो भने एकजना मालिक र नोकर दुईवटा भूमिकामा रहन्छ । जब उसले घरमा हिंसा गर्छ महिलाको अगाडि घेरलु दासताबाट मुक्त हुन विद्रोहबाहेक अर्काे कुनै उपाय छैन ।
७. ती समस्याहरूलाई लिएर विरसमले कसरी काम गर्छ ?
यी सबै समस्याको जड राज्यसत्ता ठान्छौँ र कथा, कविता, नाटक तथा निबन्धको माध्यमले हामी मूल समस्याप्रति लक्षित गर्छौं । सन् २००९ को महाराष्ट्रको निर्वाचनपछि सरकारले अपरेसन ग्रिनहन्ट सुरु ग¥यो । त्यसपछि हामीले अपरेसन ग्रिनहन्टको विरोध गर्दैै आएका छौँ ।

विकासको एकपक्षीय तरिका (जहाँ कुलीन वर्गका हितहरूको मात्र रक्षा हुन्छ) विकल्प सुझाइरहेका छौँ । सङ्कटकालको समयमा मैले ‘विमुक्ति’ नाममा तेलुगुमा प्रकाशित अनुवाद ‘फानसेन’ पढेको थिएँ । त्यसै समयमा मैले नक्सलबाडीहरूले अवलम्बन गरेको नीति बुझ्न पाएको थिएँ । विरसम नक्सलबाडी र श्रीकाकुलमका सङ्घर्षका गाथाहरूबाट प्रेरणा लिएर गठन भएको हो ।
८. तेलङ्गाना राज्य बनेपछि त्यहाँका बुद्धिजीवीहरूको अवस्था कस्तो होला ?
महाराष्ट्रको जस्तै तेलाङ्गानाको अवस्था पनि चिन्ताजनक छ । सरकारले उनीहरूलाई कि समर्थक बनाएको छ कि त मुख बन्द गरिदिएको छ । क्रान्तिकारी बुद्धिजीवी वा विरसमसँग रहेका बुद्धिजीवीहरू अलगथलग भएका छन् । हैदराबादमा आमसभा र विरोध जुलुस गर्न प्रतिबन्ध लगाइएको छ । त्यसप्रकारको दमनको सुरुआत सन् १९८४ बाट गरिएको थियो । इन्दिरा गान्धीले स्वर्ण मन्दिरभित्र सेना पठाएदेखि यो सुरु भएको थियो ।

इन्दिरा गान्धीको हत्यापछि ३ हजार शिखहरूको हत्या भयो । राजीव गान्धी ‘हिन्दुस्तान गर्छ, हिन्दु शासन’ नारा लिएर सत्तामा पुगेका थिए । सन् १९८४ मा भोपाल ग्याँसकाण्ड भयो । बम्बैका मजदुरहरूले कुनै बेला उपनिवेशवादविरोधी सङ्घर्षको कर्णधार भनेका थिए । त्यही भएर राजीव गान्धीले भारतलाई २१ औँ शताब्दीमा पु¥याउने नारा लगाए । जुनबेला एन.डी. रामराव कुख्यात टाडा कानुन लिएर आएका थिए । उनीहरू आटा, माटा, पाटा बन्द गर्नुपर्ने भन्दै धम्क्याउँथे । कुनै खालको प्रदर्शन र सांस्कृतिक कार्यक्रममाथि प्रतिबन्ध लगाइयो । सन् १९८५ देखि १९८९ सम्म सम्पूर्ण जनअधिकार खोसियो । ७५ जनाभन्दा बढी मान्छेहरू बेपत्ता पारिए । १६ हजार जनालाई टाडा काुननअन्तर्गत मुद्दा चलाइयो ।

पिपल्सलाई समूहबाट मारिएका प्रहरी अधिकारी र सामन्तहरूको बदला विभिन्न राजनीतिक खेमाका व्यक्तिहरू मार्न थालियो । १८ जनवरी १९८५ मा जागित्यालमा राष्ट्रिय स्वयंसेवक सङ्घका गुन्डाहरूले गोपु राजन्नाको हत्याको साथमा यी हर्कतहरू भएका थिए । त्यसपछि यादगिरी रेड्डीको हत्यापछि बर्दीहीन प्रहरीले डा. रमानाथमलाई उनकै औषधि पसलमा हत्या गरे । सिविल लिबर्टिज समितिका नेताहरू नराप्रभाकर रेड्डी, पुरुषोत्तम, आजम अलीलाई हत्या गरे । उनीहरूलाई पनि पिपुल्स वारको कारबाहीका बदलामा मारिएको थियो ।
९. मुख्य धारा मध्यम वर्गीय बुद्धिजीवीहरूले त यति धेरै माओवादीहरू किन जेल बसेका होलान् भन्ठान्छन् नि ?

उनीहरूलाई गिरÇतार गरी जेलमा सडाउँदै गरिएको छ । किनकि उनीहरूले आन्दोलनको नेतृत्व गरिरहेका छन् । माओवादी पार्टीका २० जना केन्द्रीय सदस्य बीसौँ वर्षदेखि जेलमा सडाइएका छन् । पूर्वी, मध्य र दक्षिणी भारतका आदिवासीहरू र लाखाँै–करोडौँ जनताको अधिकारको लडाइँको नेतृत्व गरिरहेका कारण उनीहरूले जेलमा कैद हुनुपरेको हो । जंगलमा आदिवासीहरूको सच्चा र पेचिलो आन्दोलन छ र जङ्गलबाहिर किसानमजदुरको आन्दोलन छ । त्यसको उनीहरूले रक्षा गरिरहेका छन्, माओवादी आन्दोलनको मात्र होइन ।

भारतमा मोटामोटी तीन प्रकारका आन्दोलन चलिरहेका छन् ः एक, कास्मिर र पूर्वाेत्तर राज्यमा चलिरहेका राष्ट्रियताका आन्दोलन, राष्ट्रिय मुक्ति र आत्मनिर्णयको अधिकारको आन्दोलन चलिरहेको छ । जहाँ आपस्पा ९ब्ँक्एब्० कानुन लगाइएको छ । जहाँ सैनिक शासनको बलमा शासन चलिरहेको छ । जसको विरुद्ध आन्दोलन चलिरहेको छ । त्यसलाई अझ गति दिन आवश्यक छ । दुई, माओवादीको नेतृत्वमा चलिरहेको आन्दोलन छ । आदिवासी र किसानको सङ्घर्ष यसकै अङ्ग हो । तेस्रो, लोकतान्त्रिक आन्दोलन हो । नर्मदा बचाऊ यसै प्रकृतिका आन्दोलन हुन् ।
१०. प्रधानमन्त्री मोदीप्रति तपाईंहरूको दृष्टिकोण के हो ?
माओवादी पार्टीको धारणा त तपाईंलाई अवगत नै होला । उसको रणनीति हो दीर्घकालीन सशस्त्र सङ्घर्ष । जनतलाई मेरुदण्ड बनाएर नयाँ जनवादी क्रान्ति गर्नु त्यसको लक्ष्य हो । सङ्घर्षको मुख्य रूप युद्ध हुनेछ जसमा जनसङ्गठनहरूले जनआन्दोलनको नेतृत्व गर्छन् । आधारभूत सङ्घर्ष जमिनका लागि हो । ‘जमिन जोत्नेको’ एउटा आर्थिक नारा हो । जोताहालाई जमिन दिलाउनु आधारभूत आर्थिक नारा हो । जमिनदारका दलालहरूसँग र प्रहरी तथा राज्य सरकारका विरुद्ध जमिन रक्षाका लागि सशस्त्र सङ्घर्ष अनिवार्य छ । यो सङ्घर्षको सैन्य रूप हुनेछ ।

अन्तिम लक्ष्य केन्द्रीय सत्ता कब्जा हो । जसरी सोभियत सङ्घमा ‘सम्पूर्ण सत्ता सोभियत सङ्घमा’ र चीनमा कम्युनमार्फत जनतालाई हस्तान्तरण गरिएको थियो । त्यसरी नै भारतमा पनि सम्पूर्ण सत्ता जनतालाई हस्तान्तरण गरिनुपर्छ । तपाईं दण्डकारण्यको जनसत्ता हेर्नुभयो यो कस्तो खालको राजनीतिक सङ्घर्ष हो, सहजै थाहा हुन्छ । चारु मजुमदारले यसलाई निकै सुन्दर ढङ्गले भन्नुभएको छ, “आधारभूत आर्थिक सङ्घर्ष हो जमिन ! छापमार सङ्घर्ष यसको सैन्य रूप हो र राजनीतिक लक्ष्य सत्ता कब्जा गर्नु हो । यो नै पार्टीको रणनीति हो । विरसमजस्ता जनसङ्गठनका लागि हामीले कुनै रणनीति वा कार्यनीति बनाउँदैनौँ ।cpi-m-peoples-march

नयाँ जनवादी क्रान्तिलाई सहयोग पुग्नेखालका साहित्यिक–सांस्कृतिक कार्यक्रमहरू निर्माण गर्छौँ । जस्तो कि माओ त्सेतुङले भन्नुभएको थियो “हरेक क्रान्तिका लागि दुई प्रकारका सेनाको आवश्यकता पर्छ । एउटा आधारभूत सेना, जसले मुख्य सङ्घर्षको नेतृत्व गरोस् र दोस्रो सांस्कृतिक सेना जसले मुख्य मोर्चालाई सहयोग गरोस् ।” प्रसिद्ध भारतीय लेखक प्रेम चन्दले भन्नुभएको थियो, “हामी कलमका सिपाही हौँ ।” म यत्ति मात्र भन्छु ।
११. भारतीय कम्युनिस्ट आन्दोलनमा नयाँ दृश्य देखिन थालेको चर्चा छ, परम्परावादी कम्युनिस्ट र मध्यपन्थी पार्टीहरू आपसमा निकट बन्दै गइरहेका हुन् ?
हेर्नुस्, यसबेला तथाकथित वामपन्थी अथवा सीपीआई सीपीएम वा तथाकथित वाममोर्चाले आÇनो सत्ता गुमाएका छन् । त्यसकारण उनीहरूले माक्र्सवादी लेनिनवादी पार्टीहरूसँग पनि मित्रताको हात बढाउने कोसिस गरेका छन् । मध्यमार्गी पार्टीहरूसँग सहकार्य गर्ने विषयमा माओवादीहरूले कुनै धारणा सार्वजनिक गरेका छैनन् । वास्तविकता के हो भने आज कुनै पनि पार्टी मध्यमार्गी छैन । तपाईं क्षेत्रीय दलहरूलाई हेर्न सक्नुहुन्छ जसलाई मध्यमार्गी भनिन्छ ।

किनकि उनीहरूले दक्षिणपन्थी पार्टीहरूले जसरी साम्प्रदायिकतालाई प्रश्रय दिइरहेका छैनन् । तर आज यी सबै पार्टी भाजपाका पाले भएका छन् । पन्जाबको अकाली दल, आसामको आसाम गण परिषद्, तालिमनाडुमा अन्नाद्रमुक र आन्ध्रप्रदेशमा चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टी सबैको त्यही स्थिति छ । ती पार्टीहरू या भाजपा गठबन्धनमा बसेका छन् कि त त्यसलाई समर्थन गरिरहेका छन् । यत्तिसम्म कि तेलङ्गाना राष्ट्र समितिसमेत जो भाजपाको अंग होइन, लोकसभामा आदिवासीको जग्गा खोस्नका लागि ल्याइएको विधेयकको समर्थन गर्न पुगेको थियो । यद्यपि उनीहरूले त्यो विधेयकलाई भूमि अधिग्रहण विधेयक भनेका छन् । तर म त्यसलाई जमिन कब्जा गर्ने विधेयक भन्छु ।

यसको अर्थ कुनै पार्टी मध्यमार्गी छैन । आज कतिपय मध्यमार्गी दाबी नर्गेहरूले विश्व बैङ्क र भूमण्डलीकरणको विरोध गर्ने दाबी गरेका छन् । खास गरेर जब उनीहरू पश्चिमबंगाल र केरला सरकारमा पुगे तब विश्व बैङ्कको इशारामा नाच्न थालेका थिए । जब कुनै पनि संसदीय पार्टीहरू सत्तामा आउँछन्, तब उनीहरूले विश्व बैङ्कको इसारामा काम गर्छन् र भूमण्डलीकरणको नीति लागू गर्न सम्पूर्ण शक्ति खर्चिन्छन् । यो तुच्छ काम हो । नन्दीग्राम आन्दोलन, सिङ्गुर आन्दोलन वा जङ्गलमहल आन्दोलनमा विश्व बैङ्कको नीति पश्चिमबंगालमा लागू गर्न खोजेका कारण उनीहरू सरकारबाट हट्नुपरेको थियो । तृणमूल काङ्ग्रेसले त्यसको विरोध गरिरहेको हुनाले जनताले उसलाई मतदान गरे ।

तर सरकारमा पुगेपछि उसले पनि त्यही गरिहरहेको छ । त्यसैले मोदीको साम्प्रदायिकता र हिन्दुत्वको विरोधमा हामी यिनीहरूसँग मिलेर के नै गर्न सकिन्छ र ! गुजरात नरसंहारको समयमा हामीले सीपीआई र सीपीएमसँग मिलेर काम गरेका थियौँ । आज पनि हामी सहकार्य गरिरहेका छौँ । जस्तो कि जमिनको मुद्दामा सहकार्य भैरहेको छ । सरकारमा पुगेपछि यिनीहरू विश्व बैङ्कको इसारामा चल्दैनन् त ? त्यसो भन्न गाह्रो छ । त्यसैले जबसम्म उनीहरूले संसदीय बाटो परित्याग गर्दैनन्, कुनै प्रकारको एकता असम्भव छ ।
१२. परम्परावादी वामपन्थीहरू यति धेरै भ्रमित किन भैरहेका होलान् ? 

प्रश्न भ्रमित हुनु र नहुनुको होइन । प्रश्न तपाईं चुनावमार्फत सरकारको नेतृत्व गर्न चाहनुहुन्छ ? जबसम्म जोकोही यसप्रकारको संसदीय संरचनामा काम गर्छ, भ्रम रहिरहन्छ । वास्तविक सत्ता चुनावको माध्यमबाट, मतदानको माध्यमबाट आउँछ भनेर कसैले सोच्छ भने त्यो भयानक भ्रम हो । तपाईं सडकमा आएर सामन्तवाद र साम्राज्यवादसँग लड्न चाहनुहुन्छ कि हुन्न ? मूल कुरा यो हो । यो देशको अर्धसामन्ती, अर्धऔपनिवेशिक र दलाल सत्ताका विरुद्ध लड्नु छ भने स्पष्ट दृष्टिकोण हुन अवश्यक छ । यो व्यवस्था राज्य मेसिनरीद्वारा लड्न आउँछ । तपाईं त्यससँग सम्पूर्ण रूपले लड्ने कि नलड्ने ? अन्यथा तपाईंले जेलाई भ्रम भन्नुभएको छ त्यसप्रकारको भ्रम रहिरहन्छ ।