महान चार्ड–पर्बलाइ लक्षित गरी भारी छुट दिदै

 

nepal_telecom-57c82280448377-27235115-400x300 १३ असोज, काठमाडौं :  नेपाल टेलिकमले यही असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ सम्म सय एमबीको डाटा पचास रुपैयाँ र २ सय ५० एमबीको डाटा सय रुपैयाँमा उलब्ध गराउने जनाएको हो। बिहीबार विज्ञप्ति  जारी गर्दै टेलिकमले  सय  एमबी डाटा अवधि ५ दिनसम्म तथा २५० एमबी डाटाअवधि १० दिनसम्म रहने जनाएको हो।  टेलिकमका अनुसार सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन्।

 उक्त योजना अनुसार राति १० बजेदेखि बिहान ६ बजेसम्म  ४० रुपैयाँमा ५ सय एमबी र  ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ। डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ। नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ।nepal-telicom

 टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ। सो योजना अनुसार प्रिपेड मोबाइलबाटप्रति मिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेड मोबाइलबाटप्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ।  सो असोज २२ देखि असोज २९सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने  टेलिकमले जनाएको छ ।जीएसएम तथा सीडीएमए मोबाइलमा एसएमएस शुल्क  १ भएकोमा असोज २२ देखि २९ सम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने टेलिकमले जनाएको छ।