जुट्दैछ एकीकृत जनक्रन्तिको लागि असोज १५ मा दोलखाली

- ज्ञानकाजी तामाङ

ganatantrik-flex
काठमण्डौः असोज१४, ज्ञानकाजी तामाङ
नेपालको कम्युनिस्ट आन्दोलनमा बिगत लामो समयदेखि योगदान दिदै आईरहेको दोलखाबासी कम्युनिस्ट आन्दोलनको लागि पुन एकजुट हुदैछ ।

 पटक पटकको आन्दोलनमा धेरै जनाले बलिदान दिएपनि बिगतमा नेतृत्वा गर्ने नेताहरुले धोका दिएर जनताको शासन नआएको र सोहि आन्दोलनलाई माध्यम बनाएर केवल सत्तामा पूग्ने अनि जनताको मूद्धालाई भूलेर निरंकूश शासान चलाएरको कारण कम्युनिस्ट आन्दोलन पुरा नभएको काराणसहित, निरंकुश, भ्रष्टचार, दलाल, अनियमितता, कालाबजारी, कमिसनखोरी, बिदेशीदलाल र लाल गद्धार बिरुद्धको आन्दोलनमा सहभागी हूनको लागि यहि असोज १५ गते दोलखाबाट व्यापार–व्यावसाय, मजदुरी, अध्यान तथा रोजगारिको लागि उपत्यकामा बस्ने दोलखाबासीहरुको बृहत भेला हूदैछ ।

काठमाण्डौको आर आर क्याम्पसमा दिउसो ११ बजे हून गईरहेको उक्ता कार्यक्रममा उपस्थित हून सम्पूर्ण मुलुकमा परिवर्तन र जनताको शासन चाहाने, देशभक्त र क्रान्तिकारीहरुलाई भेला हुनको लागी जनागणातान्त्रिक सम्र्पक मञ्च दोलखा काठमाण्डौका अध्यक्ष पुर्ण श्रेष्ठले आग्राह गर्नुभएको छ ।

साथै अबको आन्दोलनमा पहिलेको जस्तो धोका नहुने कूरा व्यक्त गर्दै सम्पूर्ण देशभक्त
क्रान्तिकारी हरुलाई एकजूट हुन र अबको एकीकृत जनक्रान्तिमा सामेल भई सो आन्दोलनलाई सफल पारि मुलूकबाट निरंकुश, भ्रष्टचार, दलाल, कमिसनखोरीहरुको अन्त्य गर्दै जनताकै शासन र जनताकै प्रत्यक्ष सहभागितमा मूलूकलाई बिकाश र समृद्धीको बाटोमा लैजानको लागि यो अत्यआवश्यक, अन्तिम र निर्णयक आन्दोलन भएको कूरा व्यक्त गर्दै सम्र्पक मञ्चको केन्द्रीय अध्यक्ष रत्न मगरले यो निर्णयक घडिमा फेरी एकपटक साथ दिन सम्पुर्ण नेपालीलाई अनुरोध गर्दै सो दिनको बृहत दोलखाली भेला कार्यम्रमा उपस्थित हुन अनुरोध गर्नुभएको छ ।

सम्पर्क न. पुर्ण श्रेष्ठ ९८६२२५३००१
                  राजु कार्की ९८४१९४०३९४