उत्तरकोरियामा समाजवाद छैन : अनिल शर्मा

 

Anil-Sharma-310x400तत्कालिन सोभियत संघ र चीनका विचमा जोसेफ स्टालिनको देहान्त पछि वैचारिक विवाद उत्कर्षमा पुगेको थियो । सन् ….मा सो बहस सार्वजनिक भयो । त्यसबेला विश्वमा १६ वटा देशहरुमा समाजवादी सत्ताहरु स्थापना भएका थिए ।

चीन र रुसका बिचमा महान् बहस Gread debate हुँदा सम्बन्धित देशहरुमा क्रान्ति सम्पन्न कसरी, कुन परिवेश र प्रव्रियाले भएको थियो, समाजवादी सत्ता कसरी स्थापना भएको थियो भन्ने सन्दर्भले महान् बहसमा उनीहरुको पक्ष धरता प्रकट भएको थियो ।

सो बहसमा चीनका नेता माओचतोङ र अल्वानियाका अनवर होक्जा एकातिर र उत्तरकोरिया सहित केही देशहरु विचमा वा तटस्थ बसेभने बाँकी देशहरु तत्कालिन सोभियत संघको पक्षमा उभिएका थिए । त्यसका पछाडि खाश कारणहरु थिए ।

क्युवामा क्रान्ति सम्पन्न भैसकेपछि मात्र अमेरिकाले एउटा सानो टापु विचार र कर्मका दृष्टिले आफ्नो विपक्षमा उभिएको थाहा पाएको थियो । क्रान्ति सम्पन्न भएपछि मात्र त्यहाँ कम्युनिष्ट पार्टी गठन गरियो । यद्यपि फिडेल र चेगु भारा दुवैजना माक्र्सवादबाट दीक्षित थिए ।

उत्तरकोरिया क्युवा बन्ने सम्भावना कमजोर देखिन्छ । बन्द  समाजमा षडयन्त्रपूर्व राज्यपलटको खतरा सधैं रहन्छ । जसमा अमेरिका सम्पूर्णरुपमा लागेको छ । किमइल सुङ र किमजोङ  इल (बाबु–छोरा) गृहयुद्ध र राष्ट्रिय मुक्ति युद्धबाट आएका  अनुभवि नेता थिए । त्यसो त अरु थिएनन् ? गर्दागर्दै ३० वर्षनै नपुगेका, अनुभवहिन नातीलाईसमेत राष्ट्र प्रमुख बनाउनु कतैबाट तार्किक देखिन्न । त्यहाँ ‘रातो राजतन्त्र’ स्थापना गर्न खोजिएको छ । वरिष्ठता, क्षमता, जनवादी केन्द्रीयता त्यहाँ कतै लागू भएको छैन । त्यसैले त्यहाँ समाजवाद छैन ।

अमेरिकी हस्तक्षेप बढ्दै गएपछि क्युवा सोभियत गठबन्धनमा समावेश भएको थियो । पूर्वि युरोपका देशहरुमा लामो गृहयुद्धकोप्रव्रिmयाबाट आफूलाई समेत परिपक्व बनाउँदै गएर क्रान्ति भएको थिएन । युरोपमा पेरिस कम्युन आसपासदेखी नै कम्युनिष्ट पार्टीहरु थिए । तर ती गृहयुद्धको प्रव्रिmयामा थिएनन् । सामान्य अर्थवादी तथा राजनीतिक आन्दोलन,दमन, प्रतिरोधसम्म भैरहन्थे ।

सोभियत संघमा हिटलर पराजित भएपछि लालसेनाले बर्लिनको बिचसम्म लखेट्दै गयो । जहाँसम्म लालसेना पुग्यो । त्यहाँसम्म समाजवादी सत्ता स्थापना गरियो । सोभियत संघको प्रभाव रहेका देशहरुमा
पनि समाजवादी सत्ता स्थापना भयो ।कार्ल माक्र्सले पेरिस कम्युनको विश्लेषण गर्दै मजदुर वर्ग संघर्ष र गृहयुद्धको लामो प्रव्रिmयामा आफूलाई सत्ता चलाउन सक्ने अनुभव र चेतनाले समृद्ध हुनेछ भन्नु भएको थियो । तर पूर्वि युरोपमा सोभियतसंघले क्रान्ति निर्यात गरेको थियो । खु्रश्चोभको उदयपछिपूर्वि युरोपको निर्यातति व्रन्ति कखु्रश्चोभसँगै ‘आयात’ वा ‘फिर्ता’ भयो ।

चीन र रुसका बीच्मो भएको महान् बहसबाट सबैभन्दा बढी चेपुवामा परेको देश उत्तरकोरिया हो । त्यसबेला चीन तथा रुसको समर्थन तथा लालसेनाको नियन्त्रण भएको क्षेत्रमा समाजवादी सत्ता र अमेरिकी समर्थन र प्रतिव्रियावादी सत्ताद्वारा नियन्त्रित क्षेत्रमा प्रतिव्रियावादी सत्ता स्थापना गरियो । देश नै टुव्रिmएर दुईवटा हुन गए ।दक्षिण कोरियामा अमेरिकी सैन्य अखडा बनाइयो । जुन सेना उत्तरकोरिया र चीनका विरुद्ध तथा कोरिाली एकता एवं पुनरएकीकरणको विरुद्ध थियो । त्यस्तो अवश्थामा लामो सीमा जोडिएका चीन र सोभियत संघको सहयोग नभइकन उत्तरकोरिया टिक्न सक्दैनथ्यो ।

तर चीन र रुसका बीचमा शत्रुता चरमस्तरमा पुगेको थियो ।चीनमा कार्यरत सम्पूर्ण रुसी प्राविधिकहरु फिर्ता गरिए । ऋण सहयोग फिर्ता गर्न दबाव दिइयो । यत्तिसम्मकी भारतलाई उचालेर चीनका विरुद्ध आव्रमण गरियो । नेहरुले ख्रुश्चो भको सहयोगमा चीनका विरुद्ध युद्ध थोपुेका थिए ।त्यस्तो कठिन समयमा उत्तरकोरियाका नेता किम इल सुङले जुछे विचार अगाडि सारे । चीन र रुसको बहसमा तटस्थ बसे । चीनको बाध्यता के थियो भने उत्तराकोरियामा अमेरिकी समर्थक सत्ता चीनको विरुद्ध हुन्थ्यो । त्यसैले चीनले उत्तरकोरियाको वैचारिक स्खलन टुलुटुलु हेरेर बस्नुको विकल्प थिएन ।उत्तरकोरियामा रुस वा अ‍ेमिरकी पिछलग्गु सरकार वा सत्ता चीनको सार्वभौमिक अखण्डता कै विपक्षमा हुन्थ्यो ।north-korea

सन् १९६६ मा चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न भयो । त्यसको पनि संसार भरिका क्रान्तिकारीहरुको समर्थन गरे र संशोधनवादीहरुले विरोध गरे । चीनको महान सर्वहारा सांस्कृतिक क्रान्तिसंशोधनवादी र क्रान्तिकारी पक्षका बिचको लक्ष्मण रेखा (डिमार्केसन) बन्न गएको छ । त्यसलाई पनि किम इल सुङले समर्थन गरेनन् । माक्र्सवादको आधारभूत मान्यतामध्ये ‘अन्तर्राष्ट्रिय सर्वहारावाद’ पनि हो ।

यो विषयमा किम इल सुङ तटस्थ बसे अथवा अन्तर्राष्ट्रिय सर्वहारावादको विपक्षमा उभिए । चीनमा प्रतिव्रmान्तिसँगै संशोधनवादी चीन र संशोधनवादी उत्तरकोरिया तथा रुसका बीचमा सम्बन्ध प्रगाढ बन्दै गयो । विचारधारात्मक प्रश्नमा तटस्थता आफैमा दक्षिणपंथी विचार हो । देशका आ आफ्नो मौलिकता हुन्छन् ।तर त्यो मौलिकता सार्वभौमिकताको विपक्षमा हुँदैन । विशिष्टता वा मौलिकतालाई सार्वभौमिकताका विपक्षमा उभ्याउनु आफैंमा वैचारिक स्खलन हो । त्यसैले चीनमा प्रतिक्रान्ति हुनासाथ तत्कालिन चौथो महाधिवेशनले तिसको दशकमै विश्वको कुनै देशमा पनि अब समाजवादी सत्ता छैन भन्ने निर्णय गरेको थियो ।

तत्कालिन चौथो महाधिवेशन र पुष्पलाल धारा (मशाल, मसाल, चौम, रुपलाल, सोनाम साथी आदि) समूहहरु जनयुद्धसम्म पुगे भने चीन तथा उत्तर कोरियामा समाजवादी सत्ता देख्ने तत्कालिन माले, मनमोहन,टि.एल.वि.एल. समूह कहाँ पुगे भनिरहनु पर्दैन । उत्तरकोरिया साम्राज्यवादका विरुद्ध लडिरहेको छ कि छैन छलफल गर्नुपर्छ । तर उ अमेरिकासँग उसका दलला छिमेकीसँग भने दह्रोसँग लडिरहेको छ । अमेरिकासँग लड्नु नै समाजवादी हुनु हो भन्ने कतिपयलार्य लागेको वा भ्रम परेको हुन सक्छ । त्यसरी सोच्ने दुईथरी छन्–एकथरीमा वैचारिक रुपमा न्यून चेतना, वैचारिक समस्या छ भने अर्काेथरी दललाी गरिरहेका स्वार्थ लम्पट छन् । उनीहरु स्पष्ट दृष्टिकोण राख्न गोडा कमाउँछन् ।

हाम्रो कतर्फबाट कतिपय अवश्थामा आसवधानीवश कमजोरीहरु भएका छन् । म एकदिन एकजना साथीको घरमा थिएँ । टेलीभिजनमा सद्धाम हुसैनले अमेरिकाका विरुद्ध बोलेको समाचार प्रशारण भैरहेको थियो । हामीसँगै टेलिभिजन हेरिरहेकी साथीकी बुढी आमाले “बाबु यो दाह्रीवाल कम्युनिस्ट हो ?” भन्नु भयो । मैले किन र आमा भनेपछि “अमेरिकाको विरोध गरेको छ त” भन्नु भएको  थियो । अमेरिकासँग लड्दैमा ती बुढी आमाले जस्तै धारबा बनाउने बबुरालाई के भन्ने । अमेरिकाका विरद्ध त लिबिया
पनि लडेकै हो । सिरिया, इरान लडेकै छन् । n-k-2

भौतिक विकासमा उत्तरकोरियाले उल्लेख्य विकास गरेको छ । भौतिक विकास नै समाजवादको मानक
होइन । भौतिक विकास र लोककल्याणकारी समाज व्यवश्था त उत्तरकोरियाभन्दा युरोप धेरै माथी छ । उत्तरकोरियाको विकास र अमेरिका विरोधी हर्कतको पृष्ठ भागमा चीन बलियो खम्बा बनेर उभिएको छ । इजरायललाई अमेरिकाले झैँ चीनले उत्तरकोरियालाई ढाइडस दिएको छ ।

त्यसैले कतिपय भन्छन् ‘चीन भएन भने उत्तरकोरिया एक दिन टिक्दैन’ । उत्तरकोरियाको मुख्य बजेट हतियार र सेनामा खर्च गरिन्छ तर भारतले गहूँ सहयोग पठाउँछ । राजनीतिक अधिकार कुण्ठित छन् ।
बन्द समाज छ । नागरिकहरु आदेशपालक छन्, निर्णयकर्ता होइन । अमेरिका विरोधी जनमत जो गृहयुद्ध कालदेखी सुदृढ हुँदै गएको छ र चीनको सहयोगमा भौतिक विकास यी दुई अनुकूलतामा त्यहाँको व्यवश्था चलिरहेको छ ।

सोभियत संघको अमेरिका विरोध र भोतिक विकास हेरेर जे भनिन्थ्यो,सोचिन्थ्यो, आज चीनलाई त्यसरी नै हेरिन्छ, सोचिन्छ । उत्तरकोरिायको विषयमा पनि त्यही सत्य हो । चीन कता पुग्ला अहिले नै भन्न सकिन्न । तर चीनको यात्रा दक्षिणपन्थतिरै छ ।त्यसले निश्चित विन्दुमा विष्फोट उत्तरकोरियामा कस्ता पर्ला?

उत्तरकोरिया क्युवा बन्ने सम्भावना कमजोर देखिन्छ । बन्द  समाजमा षडयन्त्रपूर्व राज्यपलटको खतरा सधैं रहन्छ । जसमा अमेरिका सम्पूर्णरुपमा लागेको छ । किमइल सुङ र किमजोङ  इल (बाबु–छोरा) गृहयुद्ध र राष्ट्रिय मुक्ति युद्धबाट आएका  अनुभवि नेता थिए । त्यसो त अरु थिएनन् ? गर्दागर्दै ३० वर्षनै नपुगेका, अनुभवहिन नातीलाईसमेत राष्ट्र प्रमुख बनाउनु कतैबाट तार्किक देखिन्न । त्यहाँ ‘रातो राजतन्त्र’ स्थापना गर्न खोजिएको छ । वरिष्ठता, क्षमता, जनवादी केन्द्रीयता त्यहाँ कतै लागू भएको छैन । त्यसैले त्यहाँ समाजवाद छैन ।यो माओवादी धाराको पुरानै अडान हो ।