ब्रम्हलुट गरी पुँजी पलायन गर्ने एनसेल

- गुणराज लोहनी

gunrajगुणराज लोहनी
भूमिका 

नेपालमा कार्यरत मोवाइल सेवाप्रदाय एनसेन संस्था अहिले विभिन्न कारणले चर्चामा छ । मलेसिया सरकारको सरकारी कोषबाट लगानी रहेको टेलिकम कम्पनी एक्जियटाले एनसेलको स्वामित्व ग्रहण गर्ने टेलियासोनेराको स्वामित्वमा रहेका विदेशि कम्पनीको पुरै सेयर खरिद गरेको छ । यसरी दुईवटा संस्था बिच

किनबेच गर्दा राज्यलाई तिर्नु पर्ने लगभग ५३ अर्ब बराबरको कर नतिरेको तथ्य सार्वजनिक भएपछि त्यसका विरुद्ध विभिन्न क्रियाप्रतिक्रिया आएका थिए । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम्युनिकेसनको तुलनामा एनसेलले दिएको सुविधा २ सय प्रतिशतसम्म महंगो छ । मंहगो सेवा प्रदाय र आर्थिक एवं नीतिगत भ्रष्टाचार गरेकाले उक्त संस्थामाथि कार्वाही गर्नुपर्छ भन्ने धेरै नै गुनासो र सुझावका आधारमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको आव्हानमा गत जेठ २९ गतेको दिन एनसेलमाथि कार्वाही भएपछि अहिले सर्वाधिक चर्चामा छ ।
एनसेलको सामान्य परिचय
२०५८ असार ७ गते यो कम्पनी दर्ता भएको थियो । यसको ८० प्रतिशत सेयर होल्ड गर्न सेन्ट किट्स एण्ड नेभिसमा रेनल्ड होल्डिङ स्थापना गरिएको थियो । ४ जुलाई २००१ मा नेभिस बिजनेश कर्पोरेशन अर्डिनेन्स जुन १९८४मा एनभिसिओ अन्तर्गत दर्ता भएको यो कम्पनीसँग प्रति एक डलर मूल्यका एक लाख एक हजार कित्ता सेयर थियो । रेनल्ड होल्डिङसको १०० प्रतिशत सेयर टेलियासोनेरा नर्वे नेपालले होल्ड गथ्र्यो । त्यसको पनि १०० प्रतिशत सेयर नेदरल्याण्डको टेलियासोनेर एसिया होल्ड गथ्र्र्यो । त्यसको शेयर दुईवटा कम्पनीमा विभाजित थिए । पहिलो टेलियासोनेरा युटिए कम्पनी र दोस्रो एसइए टेलिकम इन्भेष्टमेन्ट कम्पनी थियो । टेलियासोनेरा युटिएसँग टेलियासोनेरा एसियाको ७५.५ तथा एसइए टेलिकम इन्भेष्टमेन्टसँग २४.५ प्रतिशत सेयर थियो । टेलियासोनेरा युटिए टेलियासोनेराको शतप्रतिशत लगानी भएको कम्पनी हो भने, एसइए टेलिकम इन्भेष्टमेन्ट कजाख कम्पनी भाइजर समूहको लगानी भएको कम्पनी हो । भाइजर समूहमार्फत एसइएमा निजी व्यक्तिको लगानी थियो ।
सेन्ट किट्स एण्ड नेभिसमा दर्ता भएको रेनल्ड होल्डिङ्ससँग एनसेलको सय रुपैयाँ दरका १० लाख कित्ता सेयरमध्ये आठ लाख कित्ता सेयर थियो । यो हिसावमा एनसेलमा टेलियासोनेराको ६०.४ तथा एसइए टेलिकमको १९.६ प्रतिशत सेयर हुन्थ्यो । पौष ६ को विज्ञप्ति अनुसार मलेसियाको एक्जियटाले सोझै एनसेल किन्ने नभई वेलायतको एक्जियटा ईन्भेस्टमेन्ट यूके लिमिटेड मार्फत टेलियासोनेरा एसिया होल्डिग्ससँग एनसेलको ८० प्रतिशत स्वामित्व होल्ड गर्ने टेलियासोनेरा नेपाल नर्वेको शेयर खरिद गर्ने थियो । यसरी कारोवार गर्दा रेनल्ड होल्डिग्सको स्वामित्व एक्जियटा युकेमा सरेको छ । प्यारेन्ट कम्पनी किनेपश्चात एनसेल उसैको हुन्छ । तर यस्तो कारोवार नेपालमा भएन  
सेयर खरिद विक्रि सम्झौता(एसपिए)
एनसेलको सेयर विक्रिका लागि पाँच पार्टी टेलियासोनेरा युटिए होल्डिङ, एसइए टेलिकम इन्भेष्टमेन्ट, निरज गोविन्द श्रेष्ठ, एक्जियटा र सुनिभेरा भेञ्चर क्यापिटलका तर्फबाट भावना सिंह श्रेष्ठबीच सेयर खरिद विक्रि सम्झौता(एसपिए) समेत भयो । यो सम्झौताअनुसार एनसेलका लागि एक्जियटा र भावना सिंह श्रेष्ठले बाँकी तीन पार्टीलाई एक अर्व ४१ करोड डलर अर्थात एक खर्व ४१ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । एसपिए अनुसार शेयर खरिद विक्रि समग्र निम्नानुसार भएको छः–
विक्रेता शेयर प्रतिशत खरिद कर्ता रकम डलर
टेलियासोनेरा ६०।४ एक्जियटा १ अर्ब ३ करोड डलर
भाईजर ग्रुप १९।६ एक्जियटा ३३ करोड ५१ लाख डलर
निरज गोविन्द श्रेष्ठ २० भावना सिह श्रेष्ठ ४ करोड ८० लाख डलर
जम्मा १०० १ अर्व ४१ करोड
स्रोत प्रेस विज्ञप्ति टेलियासोनेरा
सेयर खरिद विक्रि सम्झौता(एसपिए)को विवरणात्मक अवस्था ईन्फोग्रफिक्सबाट स्पष्ट भएको छ । एक्जियटाले एनसेलमा ८० प्रतिशत स्वामित्व होल्ड गर्ने रेनल्ड होल्डिङ्सको शत प्रतिशत स्वामित्व लिन एक अर्ब ३६ करोड ५१ लाख डलर अर्थात एक खर्व ३६ अर्ब रुपैयाँभन्दा बढी रकम तिरेको छ । कम्पनीले तिरेको रकममध्ये एनसेलको ६०.४ प्रतिशत अप्रत्यक्ष सेयरका लागि टेलियासोनेरा युटिए होल्डिङलाई एक अर्ब तीन करोड डलर तिरेको छ । त्यसैगरी १९.४ प्रतिशत सेयरका लागि एक्जियटाले एसइए टेलिकम इन्भेष्टमेन्टलाई ३३ करोड ५१ लाख डलर तिरेको छ । तर यो रकम एक्जियटाले नेपालमार्फत राउट भने गरेको छैन । यसका लागि एक्जियटाले एक्जियटा इन्भेष्टमेन्ट युके नामको अर्को कम्पनी बेलायतमा खडा गरेको छ । एक्जियटाले यो रकम एक्जियटा युकेलाई दिएको छ । एक्जियटा युकेले रेनल्ड होल्डिङका दुई प्यारेन्ट कम्पनी नर्वेमा दर्ता भएका टेलियासोनेरा युटिए होल्डिङ र एसइए टेलिकम इन्भेष्टमेन्टलाई दिएको छ । यसवापत एक्जियटा युकेसँग रेनल्ड होल्डिङ्सको शत प्रतिशत स्वामित्व आएको छ । त्यही आधारमा एक्जियटा एनसेलको लगानीकर्ताको रुपमा एनसेल सम्हाल्न नेपाल आएको छ ।
अहिले एनसेलले राज्यलाई कर नतिरेको कुरा व्यापक उठेको छ । यो पनि एउटा बदमासी त हो । तर त्यो भन्दा मुख्य बदमासी उसले असुल्ने गरेको मंहगो सेवा शुल्क हो । जसलाई राज्यपक्ष, संम्बन्धित संस्था र सञ्चार माध्यमहरुले पूर्णरुपले लुकाएका छन् ।
क्र.सं. सञ्चार माध्यमको नाम जीसएम दर कैफियतncell
१ नेपाल टेलिकम १३४६२९०७ रु.१÷मिनेट सीडीएम सहित
२ एनसेल १३४३४०३१ रु.१ं९९÷मिनेट एनसेल टु अदर्स रु.२.५३ देखि रु.२.८३ सम्म

क्र.सं. सञ्चार माध्यमको नाम डाटा दर कैफियत
१ नेपाल टेलिकम ७२३४३८८ रु.१÷एमबी
२ एनसेल ५२८३०८६ रु.१देखिरु.३÷एमबी
नेपाल टेलिकम र एनसेलका ट्यारिफ रेटलाई अध्ययन गर्ने हो भनें मोवाइल सेवा वा डाटा सेवा दुवैमा लगभग ३ गुना फरक परेको देखिन्छ । नेपाल टेलिकम टु नेपाल टेलिकम र अन्यमा प्रतिकल केवल रु.१ मात्र पर्छ । देश भित्र कुनै पनि स्थानमा यसमा रोमिङ छैन । तर एनसेलबाट एनसेनको प्रतिकल रु.१ं९९ छ । अझ एनसेलबाट अन्यमा एकदमै फरक छ । एनसेल टु एनटीसीमा रु.२.५३ लाग्छ । युटिएलमा रु.२.८३ लाग्छ । साथै एनसेलमा प्रत्येक जिल्ला र अञ्चलमा रोमिङ लगाइएको छ । एनटीसीबाट एनसेल वा एनसेलबाट एनटीसीमा क्रमशः १ करोड ३४ लाख ६२ हजार ९०७ र १ करोड ३४ लाख ३४ हजार ३१ जना ग्राहकहरुले कम्तिमा दिनमा ५ पटक मात्र फोन गरे भनेपनि एनटीसीको ट्यारिफ रेटको तुलनमामा एनसेलले २ करोड बढि कमाउँछ । यसलाई ब्रम्हलुट नभनेर के भन्ने ?
त्यस्तै एनसेलले प्याकेजका नाममा झनै ब्रम्हलुट गरेको छ । उसले एक दिने, सात दिने र एक महिने(तीस दिने) प्याकेज ल्याएको छ । एक दिने प्याकेजलाई २४ घण्टाभित्र सक्नु पर्छ । अन्यथा कोल्याप्स हुन्छ । यी प्याकेजहरुलाई वैकल्पिक प्रयोगलाई पूर्णरुपमा बन्देज गरिएको छ । फेस बुक भए भ्वाइस कल हुँदैन । एसएमएस भए अर्को हुँदैन । जसले ग्राहकले प्याकेज खरिदको पूर्ण रकम खर्च हुँदैन । त्यसले गर्दा ग्राहकको ठूलो रकम एनसेलले लुट्ने गरेको छ । डाटा चलाउँदा र प्याकेज कोल्याप्सबाट एक दिनमा १० करोड बराबरमा लुट गरेको छ । यसरी एक दिनमा २० करोड बराबरको लुटलाई यहाँका राज्य सञ्चालकले लुकाइदिएका छन् ।
यिनै कारणले गर्दा एनसेलले मंहगो मात्र नभएर ब्रम्हलुट पनि मचाएको छ । यसरी ब्रम्हलुट गरेको अकुत पुँजी विदेशी कम्पनीले नेपालबाट लिएर विदेश पुग्दछ । यसै कारणले आजभन्दा १५ वर्ष अगाडि केही करोड मात्र पुँजी लगानी गरेको उक्त संस्थाको पुँजी नेपालको वार्षिक बजेटको दुई अंकको प्रतिशतमा रहेको छ ।
नीति गत भ्रष्टाचार र जामिङ
नेपाल टेलिकमले कुनै उपकरण किन्नु प¥यो भनें अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछि लाग्छ । किन्न दिँदैन भने पनि हुन्छ । तर एनसेलले खरिद बिक्री गर्दा कुनै चासो राखिँदैन । त्यसले गर्दा एनसेलको सेवा सुचारु हुन पुग्दछ । गत भूईचलो गएको बेलामा एनसेलले उपकरण ल्याउने नाममा कैयौं सामग्री ल्याएको थियो । एनटीसीबाट फोन गर्दा एनसेलले कल जाम गरिदिने गरेको छ । जुन अन्तर्राष्ट्रिय कानून विपरित हो । यस्तो अवस्थामा क्षतिपुर्ति दिनुका साथै कानूनी कार्वाही भोग्नु पर्ने हुन्छ । यसलाई दूरसञ्चार प्राधिकरण र राज्य पक्षले पूरै नजरअन्दाज गरिरहेको छ ।
.राज्य र राजनीतिक पार्टीमा आर्थिक चलखेल
एनसेलको कर र बिक्री प्रकरणका क्रममा उसले कर छल्नका लागि र बिक्रीलाई सहज बनाउनका लागि मुख्य संसदीय पार्टीका नेताहरुलाई चुस्त रकम दिएको खबर आएको छ । उनीहरुले एनसेललाई कर नतिर्न भनेको कुरा बाहिर आएका छन् । साथै केही राजनीतिक पार्टीका नेताहरुको लगानी वा सेयर रहेको कुरा आएको छ । यथार्थ पनि हो । अहिले एनसेलमाथिको कार्वाही पछि केही राजनैतिक पार्टीका माथिल्लो तहका नेताहरुले कार्वाही ठीक भएन भनिराखेका छन् । यहाँका सञ्चार माध्यमहरुलाई पनि एनसेलले खरिद गरिदिएको छ ।
नेपाल टेलिकममाथिको दुस्प्रभाव
नेपालमा राज्यद्वारा सञ्चालित सञ्चार संस्था छ नेपाल दूर सञ्चार संस्थान । अहिले पनि यसले नेपालको ४८ प्रतिशत स्थान ओगटेको छ । तर यसको सेवा अन्य संस्थाहरुको तुलनामा राम्रो, सस्तो र उपयोगी हुँदै आएको छ । तर एनसेलले उक्त संस्थाको सेवामा प्रभाव पार्नकालागि विभिन्न तिकडम गर्दै आएको छ । पहिलो, नेपाल दूर सञ्चार प्राधिकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल सरकारको माथिल्लो निकाय, संसदीय राजनैतिक पार्टीका माथिल्लोतहका नेताहरुलाई प्रभाव पार्ने गरेको छ । गएको फगुन, चैत, वैशाख र जेठमा एनटीसीको रिचार्जमा समस्या देखा प¥यो । इन्टरनेट सेवा, भ्वाइस कलमा समस्या अहिले पनि छ । यसको मुख्यकारण एनसेलले त्यहाँ कार्यरत उच्च पदस्थ कर्मचारी, प्राविधिक हरुलाई पैसाद्वारा भ्रष्ट पारिरहेका छन् । कल जामिङ गरिदिन्छन् । यसमा अर्बौं खर्च गर्दछ । यसले टेलिकमको सेवामा दुस्प्रभाव परेकाकारण सेवाग्राहीलाई अनिवार्य एनसेल किन्नु पर्ने बाध्यता पारिदिएको छ ।
अस्वभाविक वित्तीय अवस्था
आर्थिक बर्ष २०७१र७२ एनसेललको कूल आय रु ५७ अर्ब र कर योग्य आय करिब रु. २८ अर्ब रहेको छ भने कम्पनीले आयकरको रुपमा यस आर्थिक वर्षमा झण्डै रु. ७ अर्ब दाखिला गरेको देखिन्छ । कम्पनीको जगेडा कोषमा करिब रु ५८ अर्ब मौज्दात रहेको देखिन्छ । जगेडा कोषमा रहेको मौज्दात कम्पनीले आफ्नो व्यापार बिबिधिकरण र विस्तारमा प्रयोग गरेको वित्तिय बिबरणबाट देखिन्छ ।
एनसेलको विगत ३ बर्षको आर्थिक परिसुचकहरु निम्नानुसार रहेको छ ।
विवरण २०६९।७० २०७०।७१ २०७१।७२ कैफियत
शेयर पूजी १० करोड १० करोड १० करोड
जगेडा कोष २२ अर्ब ४० अर्ब ५८ अर्ब शेयर पूँजीको ५८० गुणा
कारोवार ३९ अर्ब ४८ अर्ब ५६ अर्ब शेयर पूजीको ५६० गुणा
कर अघिको नाफा १८ अर्ब २४ अर्ब २५ अर्ब शेयर पुजीको २५० गुणा
कर पश्चातको नाफा १३ अर्ब १८ अर्ब १८ अर्ब शेयर पुजीको १८० गुणा
प्रतिशेयर मुल्य २२ हजार ४० हजार ५८ हजार
स्थापनाको १५ वर्षमा दश करोड रुपैयाँ पुँजी लगानी भएको कम्पनी एनसेलको मुल्यांकन एक खर्व ४० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । कम्पनीसंग मुनाफा बाड्नका लागि सेयर होल्डर्स फण्डमा ५७ अर्व ८८ करोड रुपमा सञ्चित छ । १० अर्ब लाभांश घोषणा गरिएको अवस्था छ । कम्पनीसँग गत आर्थिक वर्षसम्मको हिसावमा ४२ अर्ब रुपैयाँ बराबरको स्थिर सम्पत्ति, प्लान्ट र मेशिनरी उपकरण छन् । कम्पनीले तीन अर्ब रुपैयाँ बराबरको सम्पत्ति पुँजीकरण गरिसकेको छ । शेयर पुँजीको तुलनामा कर्पोरेट जगतमा अस्वभाविक लाग्ने सुचकहरु देखिएको छ । नेपालको नियामक निकायको कमजोर अनुगमनका साथै कानुनी अपर्याप्तता यसको कारक तत्व हुन् ।
कम्पनीको शेयर १० करोड मात्र रहेको उक्त संस्थाले अवौ ऋण देखाउन सक्नुलाई उसको खुवी भन्ने कि नेपाल र नेपालीलाई ठग्ने क्षमता भन्ने । उसले लिएको ऋण पनि चर्को व्याजदर ११ देखि १३ प्रतिशतसम्म देखाएको छ । युरोपबाट ५ अर्ब ऋण लिएको कम्पनी वित्तिय विवरणबाट खुल्न आउएको छ । विगतको २ शताब्दिमा युरोपको ऋण २ देखि ३ प्रतिशतको हाराहारीमा रहेको छ । यसप्रकार ५ देखि ९ प्रतिशतसम्म रकम व्याजवापत पुँजी पलायन भएको र त्यसको २५ प्रतिशत आयकर र ५ प्रतिशत लाभांश समेत गुमेको शंका गर्ने पर्याप्त ठाँउ रहेकोले छानविन गर्नुपर्ने हो ।
समावधि  रकम londan interbank offer rate खर्च
२००८ देखि २०१२ सम्म ५ करोड ५० लाख डलर १ प्रतिशतको हाराहारी १ करोड ३४ लाख डलर
नेपाल राष्ट्र बैकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरको गाईडलाईनमा २०६९।१०।९ को निर्णयअनुसार विदेशबाट ऋण प्राप्त गर्ने चाहने नेपाली कम्पनीले विदेशबाट लिने ऋणको व्याज निर्धारण गर्दा बढीमा प्रचलित वार्षिक ीष्दयच चबतभ मा मनासिव प्रिमियम थप गरी व्याजदर कायम भएको हुनुपर्ने व्यवस्था छ । त्यसैगरी ३०७१।१।२३ को थप व्यवस्था अनुसार ऋणको व्याजदर इलभ थभबच बिदयच चबतभ ं गउतय छ.छ५ भित्र हुनुपर्ने उल्लेख गरिएको छ । विगत ४ देखि ५ बर्षको ीयलमयल क्ष्लतभचदबलप इााभच च्बतभ १ प्रतिशत हाराहारीमा रहेको देखिन्छ । तर कम्पनीले औसत ११ प्रतिशत व्याजदर दावि गरेको छ । यसबाट एनसेलले २५ लाख डलर भन्दा वढी व्याज दावि गरेको अवस्थामा कर प्रशासनले रु ७ करोड राजश्व तथा त्यतिकै रकम लांभास कर गुमाएको छ । त्यसबाहेक गैरबासिन्दा व्यक्तिलाई व्याज भुक्तानि गर्दा कट्टा गर्नुपर्ने अग्रिम कर सञ्चालन अवधिदेखि कट्टा गरेको छैन । कर प्रशासनको यस विषयप्रति ध्यान पुग्न नसक्दा ठुलो कराधारको संरक्षण हुन सकेको छैन ।
नेपालको कम्पनी ऐन तथा अन्य कानुनहरुमा म्भदत भ्त्रगष्तथ च्बतष्य लगायत अन्य वित्तिय सुचकका सीमाहरु निर्धारण नभएको हुँदा १० करोड चुक्ता पुँजी रहेको कम्पनीमा पूँजीको ५५ गुणा बढीसम्मको ऋण दायित्व विगतको वित्तिय प्रतिवेदनबाट देखिएको छ । १७ अर्ब रुपैयाँ अधिकृत पुँजी भएको कम्पनीले अहिलेसम्म जम्मा दश करोड रुपैयाँ मात्रै चुक्ता पुँजीका रुपमा लगानी गरेको छ । बाँकी रकम कम्पनीले ऋणका रुपमा लिएर लगानी गरेको थियो । सन् २००८देखि २०१२ को अवधिमा कम्पनीले पाँच करोड ५० लाख डलर ऋण लिएर काम गर्यो र त्यो ऋणसहित त्यसको व्याजका रुपमा एक करोड ३४ लाख डलर समेत कम्पनीले फिर्ता गरिसकेको थियो । यसको अर्थ कम्पनी अहिले पूरै ऋण मुक्त छ ।
स्वामित्व परिवर्तनको श्रृखंला
२०५८ असार ७ मा १० करोड लगानीमा स्पाईस नेपाल प्रा लिको रुपमा स्थापित भएको पछिल्लो स्वामित्व परिवर्तन १२ औ पटक हो । ११ औ पटकको कारोवारमा डाल्टो ट्रेडले आफ्नो २० प्रतिशत शेयर रु ६ करोड ४० लाख ५६ हजार ७ सयमा रेनल्ड होल्डिग्स र उपेन्द्र महतोले आफ्नो २० प्रतिशत शेयर रु २ करोड ७० लाखमा निरजगोविन्द श्रेष्ठलाई बिक्री गरेको कम्पनी रजिष्ट्रार कार्यालयको विवरणले देखाएको छ ।
विगतको पूँजीगत लाभ कर
२०५८ असार ७ मा स्पाईस नेपाल प्रालिको नामबाट नेपालमा स्थापना भएको निजी तथा वैदेशिक लगानी रहेको कम्पनी को हालसम्म ११ पटक परिवर्तन हुँदा जम्मा तीन पटक पुँजीगत लाभकर तिरेको थियो । २०५८ सालमा स्पाइस नेपाल प्रालिको नामबाट सुरु भएको कम्पनी २०६७ सालदेखि एनसेल प्रालिमा परिवर्तन भएको थियो । ११ पटक स्वामित्व परिवर्तन हुँदा तीन पटक मात्र कर तिरेको अभिलेख कर कार्यालयसँग छ । आठ पटक स्वामित्व परिवर्तन हुँदा भने सेयर मूल्य एउटै राखिएका कारण पुँजीगत लाभकर नलागेको देखिन्छ । वर्तमान राज्यको कर कानुनअनुसार स्वामित्व परिवर्तन हुँदा सेयर मूल्य एउटै वा कम रकममा खरिदबिक्री भएमा पुँजीगत लाभकर लाग्दैन । स्थापना हँदा ६० प्रतिशत वैदेशिक र ४० प्रतिशत स्वदेशी लगानी रहेको यस कम्पनी २०६५ साउन १ मा रेनोल्डले एनसेलमा भएको स्वामित्व ६० प्रतिशतबाट ८० परिवर्तन पु¥याउँदा डाल्टो ट्रेडसँग २० प्रतिशत स्वामित्व खरिद भएको छ । यसमा ६ करोड ४० लाख ५६ हजार सात सय रुपैयाँ पुँजीगत लाभकर तिरेको देखिन्छ ।
समय विक्रेता शेयर प्रतिशत क्रेता लाभ कर
२०६५ साउन १ डाल्टो ट्रेडिगं २० प्रतिशत रेनोल्ड होल्डिग्स ६ करोड ४१ लाख
२०६८ चैत १६ उपेन्द्र महतो २० प्रतिशत निरजगोविन्द श्रेष्ठ ५० लाख
२०६८ चैत्र ७ सिनर्जी नेपाल २० प्रतिशत उपेन्द्र महतो २ करोड ७० लाख
जम्मा ९ करोड १६ लाख
हालसम्मको शेयर कारोवारमा लाभ क
यस्तै अहिलेको स्थानीय स्वामित्व रहेका निरजगोविन्द श्रेष्ठले २० प्रतिशत एनसेलको सेयर उपेन्द्र महतोबाट खरिद गरेका थिए । यसमा ५० लाख रुपैयाँ लाभकर तिरेका थिए । यस्तै उपेन्द्र महतोले २० प्रतिशत स्वामित्व सिनर्जी नेपालबाट खरिद गरेका थिए । त्यस पटक दुई करोड ७० लाख रुपैयाँ कर तिरेका थिए । ११ कारोवार मध्ये ३ कारोवारमा रु ९ करोड १६ लाख लाभ कर प्राप्त भएपनि अन्य ८ कारोबार सोही मूल्यमा भएको देखिँदा पुँजीगत लाभकर प्राप्त हुन नसकेको हो । यद्यपि वास्तविक कारोबार एकिन गर्ने कर प्रशासनको अनुसन्धानको विषय भएको छ ।
यसरी माथि प्रस्तुत गरिएका नेपालको दूर सञ्चार माध्यम र एनसेलको रवैयाले गर्दा नेपालमा जनताले प्राप्त गर्ने सूचना, सञ्चारको अधिकारबाट जनता बञ्चित हुनु परेको छ । अथवा असाध्यै मंहगोमा उपयोग गर्न पुगेका छन् । सूचना, सञ्चार जीवनसँग जोडिएको र सस्तो भैराखेको अवस्थामा यसरी चलाइउको ब्रम्हलुटबाट नेपाली जनता मुक्त हुनु पर्छ । यसकालागि या त एनसेलले उसले दिँदै आएको सेवा र सुविधालाई सहज, सरल, सुलभ र सस्तो बनाउनु पर्छ । यहाँबाट गरेको आम्दानी वा पुँजीलाई विदेश पलायन हुन दिनु हुँदैन । नेपाल सरकार, उ अन्तर्गतको दूरसञ्चार प्राधिकरणले एनसेललाई नीतगत भ्रष्टाचारमा प्रोत्साहन गरेकाले उसले गर्न पाएको ब्रम्हलुट, विगतका अर्थमन्त्री रामशरण महत र सूतना तथा सञ्चार मनत्री मिनेनद्र रिजालकाकारण विदेश पलायन हुन पुगेको नेपाली खर्बौं रुपिायाँलाई जोगाउने जिम्मा नेपाली जनतामा आएको छ । यसलाई कसैले नियन्त्रण वा रोक्ने प्रयत्न गरिराखेका छैनन् । त्यसैले एनसेल जस्ता ब्रम्हलुट गर्ने र नेपाली पुँजी विदेश पलायन गर्ने संस्थाका बारेमा यहाँका जनताले सोच्ने गरेका छन् । त्यस अवस्थामा जनताको पक्षमा संघर्षले पक्षले जनताको सोचलाई सम्बोधन गर्नु पर्ने हुन्छ ।
२०७३ असार ११ गते