जनगणतान्त्रिक सम्पर्क मञ्चको संक्षिप्त इतिहास

- झनक श्रेष्ठ

final ganatantrik logo (1)हामी मालेमावादी सिद्धान्तलाई नेपालको परिवेशमा लागु गर्न एकीकृत क्रान्तिको कार्यदिशा मार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादमा जाने लक्ष्यनुरुप अगाडि बढेको नेकपा माओवादीको नीति निर्देशनलाई लागु गर्न अगाडि बढेका छौ । यसै क्रममा हामीले विगतमा भोगेका राजनीतिक घटना क्रमहरु हाम्रा निम्ति शिक्षाप्रद बनेका छन् ।
महान् जनयुद्ध शुरु हुनु पूर्व संयुक्त जनमोर्चा नेपाल सम्पर्क समिति बनेको पाइन्छ । जसको नेतृत्व स्वयम् असारे काकाले गर्नु भएको थियो ।

करिब ४५÷५० जिल्लाका सम्पर्क समितिहरु विशेष उल्लेखनीय रहेको पनि देखिन्छ । पछि जब १० वर्षको जनयुद्धको क्रममा यसको भूमिका ओझेलमा प¥यो तर परिवर्तनको आकांक्षा बोकेका देशभक्त, वामपन्थीहरुले आफ्नो भुमिका उजागर गर्न पाए जति बेला १० वर्षको महान् जनयुद्धको राप र तापमा ऐतिहासिक ०६२÷०६३ सालको जन आन्दोलन भयो । जनआन्दोलनको बेला सडकमा उर्लेको उभारलाई समेट्न यो संगठन सफल नै रहेको छ ।

देशै भरिबाट राजधानीमा आई स्थायी वा अस्थायी बसोबास गर्ने विभिन्न पेशा व्यवसायहरुमा क्रियाशील सच्चा राष्ट्रवादी र गणतन्त्रका पक्षधर जनसमुदाय जो गणतान्त्रिक मञ्चमा आबद्ध थिए, उहाँहरुले जिल्ला र गाउँमा फर्केर संविधान सभा निर्वाचनका बेला खेलेको भूमिका ऐतिहासिक रह्यो । गाउँका गणतन्त्रवादी जनसमुदायहरुमा वा गाउँमा रहेका जनसमुदायमा ठूलो प्रभाव पार्ने काम भयो ।

संविधान सभा चुनावको लगत्तै भएको यसको राष्ट्रिय भेलामा देखिएको सहभागिता पनि आफैमा ऐतिहासिक रहेको देखिन्छ । त्यसपछि पार्टीमा देखिएको दुई लाइन संघर्ष त्यो खरिपार्टीको विस्थारित बैठक होस् या लाइन संघर्ष झाँगिदै गएर बसेको पालुङटार विस्थापित बैठक यस संगठनका अधिकांश नेतृत्वले लिएको नव संशोधनवादी, सुधारवादी लाइनका कारण यो संगठनमा पनि सिथिलता पैदा हुन थाल्यो । यति मात्रै भएन सम्पर्क मञ्चमा त क्रान्तिकारी लाइनको बहस समेत गराउन नदिने षडयन्त्र रच्न थालियो । यसका इन्चार्ज क. असारे काकालाई कार्यालय प्रवेश गर्नसम्म नदिने जस्ता फासिण्ट हर्कत हुन थाले तर क्रान्तिकारीहरुको वेग रोकिएन बरु पिकनिकको बहाना गरि क्रान्तिकारी कमरेडहरुले विचारको बहस चलाए र क्रान्तिकारी कमरेडहरुलाई संगठित गर्ने काम गरे । यसैको जगमा क. विप्लवको प्रमुख उपस्थितिमा सुन्धारामा बसेको बैठकले क्रान्तिकारीहरुलाई संगठित गर्ने र समानान्तर संगठन बनाएर अगाडि बढ्ने निर्णय ग¥यो ।

शुरुमा युवा जनस्वय्मसेवकको सम्पर्क मञ्च बनाएर शुरु गरिएको संगठनपछि जनगणतान्त्रिक सम्पर्क मञ्च बनाउन मद्दत पुग्यो । यो ७२ वटै जिल्लामा फैलियो पनि । यहि योजनाले एमाओवादीभित्र चलेको दुई लाइन संघर्षको बेला क्रान्तिकारीहरुले दिएको एउटा ठूलो धक्का त्यही बेलाको माओ दिवस बन्यो । ठमेलको लाल झुपडीबाट राता जकेट लगाएर माओको फोटोसहित आएको जुलुशले साम्राज्यवाद र भारतीय विस्तारवादलाई मात्र होइन, नव संशोधनवादी नेतृत्वलाई समेत ठूलो खबरदारी ग¥यो । यहि बेलादेखि ठमेलको लालझुपडीबाट ‘‘कि त बहस ठमेलमा कि त पेरिस डाँडामा’ भन्ने नारालाई स्थापित ग¥यो । ठमेलका क्रान्तिकारीहरु चुप लागेर बसेनन् उनीहरुले त्यहि बेलामा आफ्नो मुखपत्र जनगणतान्त्रिक अभियान प्रकाशन गरे ।  जसले पुनः एउटा धक्का दियो । संगठनका क्षेत्रमा त संशोधनवादी कित्तामा त ठूलै भूकम्प ल्याइदियो त्यो बेला गणतान्त्रिक मञ्च हेर्न पार्टीबाट खटाएकी क. ओनसरी घर्तीले पिडाबोधका साथ ‘नेता जति यता कार्यकर्ता जति उता’ भनेर आफ्ना पक्षकालाई हकारिन । ठमेलमा क्रान्तिकारी देशभक्त र परिवर्तनका पक्षधर कलाकारहरुको पनि ठूलो केन्द्रिकरण भयो कलाकारहरुले क्रान्तिकारी कार्यक्रमहरु राष्ट्रिय नाचघरदेखि सडकसम्म चलाउने र जनचेतना फैलाउने काम गरे भने उनीहरुले प्रगतिशील फिल्म देखि गिती क्यासेट निर्माण गर्नेसम्मका काम गरे । यो संगठनले ठमेलमा सशुल्क पार्किङ चलाएर नमुना उत्पादन शुरु ग¥यो, जसले संगठनलाई आत्मनिर्भर गराउन ठूलै भूमिका खेल्यो ।  

Flag
समानान्तर संगठन बनेको करिब १ वर्ष पछाडि पार्टीको ऐतिहासिक बौद्ध भेला भयो । भेलाको व्यवस्थापनमा जनगणतान्त्रिक सम्पर्क मञ्चले ठूलो सहयोग ग¥यो । भेला पश्चात् बनेको ने.क.पा. – माओवादीले लिएको कार्यदिशालाई निशर्त स्वीकार गर्ने निर्णय जनगणतान्त्रिक सम्पर्क मञ्चले ग¥यो । ने.क.पा. माओवादी बनि सकेपछि सम्पर्क जिल्लाले नेवा राज्यमा ठूलो मात्रामा संगठन विस्तार गर्ने काम ग¥यो । नेवाःका इन्चार्जले यो नै १ नं. को संगठन हो भन्दै हिड्ने अवस्था बन्यो ।

विडम्वना यो पार्टी निर्माण भएको २ वर्ष भइ सक्दा पनि फुटको औचित्य सावित गर्न सकेन पार्टी अध्यक्षले वर्ग संघर्षलाई भन्दा पनि आत्मगत अवस्था कमजोर छ भन्दै अन्तर संघर्ष प्रधान बनाउनतिर अगाडि बढे । एउटा अवसर थियो नयाँ पहलकदमी लिने दोस्रो कथित संविधान सभाको निर्वाचन । त्यहि बेलामा पार्टीको पोखरा बैठक आफैमा ऐतिहासिक रह्यो पोखरा बैठकले लिएको कार्ययोजना ‘तिन स’को नीति र संगठनको केन्द्रीकृत परिचालनले कार्यकर्तामा निकै नै उत्साह थपेको थियो भने दुस्मनको कित्तामा भुकम्प गएको थियो । निर्वाचनको १ हप्ता अगाडिसम्म पनि चुनाव हुने र नहुनेमा जनता विश्वस्त हुन सकेका थिएनन् स्वयम् दलाल शासकहरु पनि । तर हाम्रो नेतृत्व आफ्नो आन्तरिक तयारी गर्नु त कता हो कता डेरा छोडेर विज्ञप्ती फ्याक्दै बुद्धनगर कार्यालयमा बस्न थाले । आफ्ना कार्यकर्ता बम र बारुदसँग खेल्ने उनीहरुलाई अज्ञात समूह बनाउने विज्ञप्ती त प्रसारित गरे नै निर्वाचनको अघिल्लो दिनमा त कांग्रेस एमालेसँग पैसा खाने र भोट हाल्न निर्देशन समेत दिन थाले ।

जसका कारण बम बोक्ने आफ्ना अंग गुमाउने कार्यकर्ता र पोखरा बैठकको मुख्य उद्देश्य माथि चिसो पानी खन्याउने काम मूल नेतृत्वबाट नै भयो । जसरी ६ दिने आम हड्ताल असफल भएपछिको नेवाः ताम्सालिङको प्रशिक्षण कार्यक्रममा प्रचण्डले मूल नेतृत्वको दिमाखमा नै विद्रोह थिएन कसरी सफल हुन्थ्यो भन्दै लज्जास्पद, घृणित संश्लेषण गरेका थिए त्यस्तै भयो निर्वाचन बहिष्कार पनि । मूल नेतृत्वका कारण ठूलो धक्का खान पुग्यो जनताले पछि हामी फिल्डमा जाँदा नेकपा कांग्रेससम्म भन्न भ्याए ।

नेतृत्वको असक्षमताका कारण पार्टीभित्र लाइन संघर्ष मौलाइ रहेको आभास हुन्थ्यो । जतिबेला बम बोक्ने, अंग भंग गुमाउनेको नेतृत्वकर्ताहरुलाई कार्वाहीको दिशातिर उन्मूख पार्टी नेतृत्व देखिँदै गयो ।
नेतृत्व त्यहाँसम्म रोकिएन उसले बम बोक्ने चुनावमा पैसा खानेको विरोध गर्ने संगठनहरु नै विघटन गर्ने योजना ल्यायो । जसको सिकार यो जनगणतान्त्रिक सम्पर्क मञ्च पनि बन्न पुग्यो । विघटन भएको थाहा पाएपछि यसका सम्पूर्ण क्रान्तिकारी नेताहरुले क. किरण उपस्थित केन्द्रीय प्रशिक्षण बहिष्कार गर्ने कार्य ग¥यो । यो आफैमा नयाँ ऐतिहासिक कदम थियो ।
प्रशिक्षण बहिष्कार मात्रै गरेन क. किरणलाई १८ बुँदे माग पत्र पेश गरेर आफ्नो अस्तित्वको लडाइँ आन्तरिक रुपमा लड्यो । उक्त बेलामा क. किरणले तपाईहरुका माग पि.वि.को बैठकले पुर्नविचार गर्नेछ भन्नुभयो तर विघटित जिल्ला ब्युँतिएन त्यहिबेला देखि हाम्रो लडाइ जारी नै रह्यो । लडाइँलाई हामी अनुशासित तरिकाले लड्दा आफ्नो समस्या माथिल्लो कमिटीमा राख्ने तर तल नलैजाँदा तलका कमरेडहरुलाई जानकारी विहिन राख्ने काम भयो यो हाम्रो कमजोरी रह्यो ।
गैह्र भौगोलिक जिल्लाहरु विघटन भइसकेपछि सबै करमेडहरुलाई भुगोलमा पठाउने काम भयो तर भूगोलको नेतृत्वबाट पार्टी नवीकरण फर्म भर्न पनि निकै कन्जुस्याई गर्ने काम भयो भने अधिकांश कमरेडहरु नविकरण फर्म समेत भर्नबाट बञ्चित गराए । जसका कारण धेरै साथीहरु तितरवितर हुनुभयो । त्यसले संगठनलाई निकै नै कमजोर बनायो छुटेका कमरेडहरुलाई कसरी, कुन पद्धतिबाट जोड्ने चित्ता निकै नै थियो जुन चिन्ता क. विप्लवको नेतृत्वमा बनेको ने.क.पा. माओवादीले साकार पारिदियो । आज हामी पुनः आजाद भएका छौ ।

हुन त २ लाइन संघर्ष बौद्ध भेलादेखि नै रहेछ त्यो कुरा धेरैपछि हामीले व्यवहारत थाहा पायौं । गुल्मीका कमरेडहरु क. पम्फालाई भेट्न जाँदा सम्पर्कलाई कस्तो प्रशिक्षण दिइएको छ सबै विप्लवका पछि लाग्छन् भन्थिन रे त्यसैको राम्रो सवक सिकाउन उहाँ निरन्तर तल्लिन रहनुभयो । हामीले पछि सुन्यौ पनि क. विप्लवलाई नेवाः ताम्सालिङ र तमुवान राज्यमा टेक्नै नदिने षड्यन्त्र उनीहरुले गरेका रहेछन् तर उहाँहरु काठमाडौंमा नै अल्पमतमा परेर निदहराम भयो । यो निदहराम पार्न सक्ने तागत सम्पर्क मञ्चको जगका कारण भएको हो । त्यसैले यो अवसरमा हामी सगौरव भन्न सक्तछौ सम्पर्क मञ्च जहिले पनि क्रान्तिकै पक्षमा , परिवर्तनकै पक्षमा , अग्रगमनकै पक्षमा रह्यो । त्यसैले यो संगठन आफैमा गौरवशाली गाथा बोकेको विशिष्ट संगठन हो ।