नेकपा (माओवादी) ले एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गर्दै कम्युनिष्ट आन्दोलनको नेत्रृत्व गरिरहेको छ : सन्देश पौडेल

सन्देश पौडेल केन्द्रीय सदस्य जनकपुर व्यूरो इन्चार्ज नेकपा (माओवादी)
सन्देश पौडेल केन्द्रीय सदस्य जनकपुर व्यूरो इन्चार्ज नेकपा (माओवादी)

. नेकपा. (माओवादी केन्द्र) बाट हालसालै यहाँले विद्रोह गर्नु भयो त्यसको खाश कारण के होला ?
नेकपा (माओवादी केन्द्र) वैचारिक, राजनैतिक, सांगठनिक र कार्यशैलीका हिसाबले अन्ततः संसदवादमा पतन भयो । अब त्यो पार्टीबाट व्रmान्ति र जनताको सेवा निम्ति योगदान हुनसक्ने कुनै सम्भावना देखिन्न । त्यसकारण मैले सो पार्टीबाट विद्रोह गर्नु परेको हो ।
२. के अब नेकपा (माओवादी केन्द्र)लाई संसदवादी यात्राबाट बचाउने वा सच्याउने सम्भावना छैन ?
संसदवादमा पतन भैसकेको माओवादी केन्द्र पार्टीलाई सच्याउने अब कुनै सम्भावना नै छैन । किनकी वैचारिक रुपमा मालेमाको विकास गर्न नसक्नु सो पार्टीको कमजोरी त थियो नै राजनैतिक रुपले व्रmान्ति सम्भव छैन भनी वर्ग समन्वयको बाटो तय ग¥यो । कार्ययोजनाको हिसाबले बुर्जुवा कार्यशैली अपनायो । यी कारणले जगमा मूल नेत्रृत्व र नेत्रृत्वको टोलीको मुख्य अंशमा वर्ग परिवर्तन भएको छ । त्यसैले सो टोलीले आफू परिवर्तन भएर जहाँ पुगेको छ, त्यही वर्गका हितहरुको प्रतिनिधित्व र रक्षा गर्नु अनिवार्य छ । अतः सो पार्टीलाई सच्याउन राजनैतिक प्रष्टतासहित नेत्रृत्वको मुख्य भाग वा अंशलाई पदच्युत गर्नु पर्दछ । जुन कल्पना गर्न पनि सकिंदैन । त्यसैले माओवादी केन्द्रलाई कुनै पनि कोाबाट हेर्दा पनि सच्याउने सकिने कुनै पनि सम्भावना छैन ।
३. नेकपा (माओवादी केन्द्र) मा कहिलेदेखि अन्तरसंघर्ष शुरु गर्नु भएको थियो ? केही सन्दर्भहरु बताइदिनुस् न ।
खाशगरी २०६७ सालको ७ दिने आमहडतालको असफलतापछि तत्कालिन माओवादी केन्द्रले व्रmान्ति वा विद्रोह असम्भव छ, त्यसैले अब वर्ग समन्वयको तत्कालिन बाटो समाउनु पर्दछ भन्ने निधो ग¥यो । त्यसैले विद्रोह होइन एकथान वुर्जुवा संविधान बनाउने नीतिलाई मुख्य कार्यनीति बनायो । जुन वर्गक संघर्षको बाटो नभएर वर्ग समन्वयको बाटो थियो । वैज्ञानिक समाजवाद निर्माणको बाटो छोडेर संसदीय पुँजीवादको बाटो थियो । जनयुद्ध र जन आन्दोलनको भावना र मर्मको विरुद्ध, सहिद परिवार, वेपत्ता परिवार र घाइते योद्धाहरुको भावनाका विरुद्ध र सहिदका सपनाका विरुद्धको यात्रा थियो । त्यो उनीहरुका अपेक्षा, भावना र दायित्वप्रति भयानक, अनपेक्षित धोका थियो । सारमा माक्र्सवाद विरोधी संसदवादी संशोधनवादी बाटो थियो । त्यसैकारण त्यसपछि उनीहरुका दर्जनौं राजनैतिक निर्णयहरु व्रmान्ति विरोधी हुँदै गए । चाहे सेना समायोजन, संघीयता सम्बन्धी, सरकार सञ्चालनको तरिका, खिलराज रेग्मी र लोकमान सिंह कार्कीको नियुक्ति, भारतसँगको विप्पा सम्झौता, जन अदालत र जनसरकारले जनयुद्धकालमा गरेका जनपक्षीय निर्णयहरु उल्टाउने काम, सहिद, वेपत्ता, घाइते, जनसेनाका योद्धाप्रतिको बेवास्ता र षड्यन्त्र, जनताप्रतिको उपहास आदि आदि सबैसबै घटनाहरुले माओवादी केन्द्रको धरातल स्पष्ट पारिरहेको थियो ।
यी विभिन्न सोचहरुलाई लिएर हामीले सो पार्टीभित्र संघर्ष गर्दै आएका थियौं । तर पार्टी यस्तो हालतमा थियो कि त्यहाँ वैचारिक बहस उपहासको विषय बन्थ्यो । अथवा त्यसलाई गुटस्वार्थको रुपमा सीमित गरिन्थ्यो । बहसद्वारा नयाा संश्लेषणमा जाने, रुपान्तरण हुने विषय माओवादी केन्द्रमा ‘बोकाको मुखमा कुभिण्डो’ जस्तो मात्रै हुन्थ्यो र छ । नेत्रृत्वको चिन्तान पिछलग्गु खोज्ने, कार्यकर्तालाई खेताला अथवा भाडाका मान्छे सम्झने र थोरै पनि अन्तरविरोध राख्ने वा फरक मत राख्नेको सम्पूर्ण राजनीतिक जिवन नै समाप्त गर्न खोज्ने खालको छ । त्यसैले त्यहाँ कुनै अन्तरसंघर्ष हुन सक्ने अवश्था नै छैन । ‘यो आत्मसमर्पण या त फुट’ को अवश्था छ । अन्तरसंघर्ष अर्थात् दुईलाईन संघर्ष पार्टी जीवन हो भन्ने सिद्धान्तको कुनै पनि अंश माओवादी केन्दमा हुर्कनैै पाउँदैन ।
४. तपाईले लामो समय नारायण काजीसँग नजिक भएर काम गर्नुभयो । उहाँले विद्रोह ढोकैमा छ भन्ने गर्नु हुन्थ्यो । अहिले उहाँहरु के भन्नुहुन्छ त ?
हो मैले नारायणकाजी श्रेष्ठ (प्रकाश) सँग निकै लामो समय राजनैतिक सहकार्य गरें । उहाँसँगको सहकार्य मूलभूत रुपमा सकारात्मक र उत्साहपूर्ण नै थियो । उहाँले राजनैतिक विश्लेषण गर्ने तरिका र सरलता, आदर्शपूर्ण जीवन अहिले पनि मलाई प्रेरणाका श्रोतहरु नै बनेका हुन् । यद्यपि उहाँका पनि सीमाहरु थिए र छन् । खाश गरी एकीकृत नेकपा (माओवादी) निर्माणको बेलामा उहाँले नेपाली व्रmान्तिको सम्भावना नजिक छ र विद्रोह निकट देखिएको छ, त्यसैले व्रmान्तिकारी धु्रविकरणमा जानुपर्छ भन्नु भएको थियो । सोही अनुसार ७ दिने आम हड्ताल सम्म उहाँको विद्रोहप्रति सकारात्मक बुझाइ र पहल थियो । त्यसपछि भन्ने विचार विकास भएर गयो । विद्रोह किन हुन सकेन ? कमजोरीहरु कसरी समाधान गर्ने भन्दा पनि वहाँमा प्राप्त सीमित उपलब्धिहरुको रक्षालाई मुख्य बनाउने राजनैतिक गल्ती गर्नुभयो । केही प्राप्त उपलब्धिको रक्षा गर्ने तहसम्मका त ठिकै हुँदो हो । तर संसदीय दलाल पुँजीवादको रक्षामा राजनीति केन्द्रीत हुनथाल्यो । जसको परिणाम वहाँले राजनीतिमा लिएका कैयौं सही अडान पनि सारतः संसदीय दलाल पुँजीवादको रक्षा र त्यसमा केही कल्याणकारी सुधारभन्दा माथि उठ्न सकेन ।
विचारधारात्मक हिसाबले मालेमावादको विकासको निम्ति पहल, अध्ययन, खोज, संकल्प भन्दा राजनीतिक दैनिक तालिकाका कामबाट क. प्रकाशले आफूलाई माथी उठानै सक्नु भएन । सांगठानिक स्वार्थमा नबाझिने विषयका लागि क. प्रकाशको सल्लाहलाई पार्टी भित्र र बाहिर दुबैतिर प्रचण्डले निकै सम्मान र स्थान दिने अन्यथा क. प्रकाशलाई थाहा दिन पनि नपर्ने अवश्था त्यो पार्टीमा छ । मलाई सबैभन्दा कअचम्म लागेको विषय क. प्रकाश त्यो स्तरको उपहास, अपमान र व्रmान्ति विरोधी हर्कतका बिचमा पनि त्यहीं रहन सक्ने अवश्था कसरी आयो ? उहाँको राजनीति र अहिलेको पार्टी जीवन कुनै पनि हालतमा पटक्कै मिल्दैन । क. प्रकाशले या विद्रोहबारे सोच्न र योजना बनाउन जरुरी छ या त प्रचण्डमा जसरी नै उहाँमा पनि राजनैतिक स्वलन आएको छ भनेर बुझ्नुपर्ने हुन्छ ।
कार्यशैलीका हिसाबले वहाँले खराबका विरुद्ध विरोह गर्न र आफैंका विरुद्ध पनि बोल्न सिकाउनु भयो । त्यही कुराले उहााप्रति विस्वास पनि पैदा भएको थियो । तर पछिल्ला दिनहरुमा आलोचनाप्रति कम धैर्यवान, कार्यकर्ताबीचमा कम उठबस, आदर्श र नमुना काममा कम समय, गहन अध्ययन–अनुसन्धान प्रति योजनाविहिनता, अन्तरसंघर्षलाई दुई लाइन संघर्षमा उठाउने साहसको कमी जस्ता सीमाले उहाँले विस्तारै गाल्दै लगेको छ ।
५. तपाईलाई नारायणकाजी श्रेष्ठ (प्रकाश)ले प्रचण्डसँग मोलतोल गर्न विद्रोह गर्नलगाएको भन्ने चर्चा पनि त्यहाँभित्र चलेको सुनिन्थ्यो । त्यो प्रसङ्गबारे केही बताइदिनुहोस् न ।
त्यो कुरा गलत हो । त्यो कुनै तथ्यगत र राजनीतिक विषय पनि होइन । वहाँले त मलाई तत्काल विद्रोह नगर्न सुझाव दिइरहनु भएको थियो ।
६. के क. प्रकाश आÇनै पुरानो विचारबाट पलायन भएको अवश्था हो ?
राष्ट्रियताका प्रश्नहरुमा उहाँका अडानहरु सही नै छन् । कतिपय कार्यशैलीमा वहाँका अडानहरु उदाहरणीय पनि छन् । विद्रोहका सन्दर्भमा, समानान्तर सत्ताका सन्दर्भमा उहाँका पूर्ववत् अडानमा केही परिवर्तन पनि आएको छ । तर एउटा व्रmान्तिकारी नेत्रृत्वमा पूर्ववत् अडान मात्र पर्याप्त छैनन् । नयाँ खोज र प्रयोगद्वारा नयाँ निष्कर्ष सहित अगाडि बढ्ने साहस, दृढता र इच्छचा शक्तिको आवश्यकता पर्दछ । तर उहाँ र उहाँको टोलीमा त्यो इच्छाशक्ति व्रmमशः हराउँदै जान थालेको छ ।
७. क. प्रकाश र वहाँसँग भावनात्मक सम्बन्ध भएका सहकर्मीहरुको माओवादी केन्द्रमा वैचारिक, सांगठनिक अवश्था कस्तो छ ?
क. प्रकाशसँग भावनात्मक सम्बन्ध भएको कमरेडहरु अहिले विचित्रको मानसिकतामा हुनुहुन्छ । वहाँहरु सबैमा अहिले माओवादी केन्द्रले गरिखाँदैन भन्नेमा सहमत हुनुहुन्छ । दोश्रो, क. प्रकाशहरुले विकल्प नदिएकोमा चिन्तिन हुनुहुन्छ । तेश्रो, आफैंले पहल लिन सकिरहनु भएको छैन । त्यसैले उहाँहरु आलमलको स्थितिमा हुनुहुन्छ । यस्तो अवश्थामा नेकपा (माओवादी) ले विशेष ढङ्कले छलफल, अन्तविर्mया बढाउन आवश्यक छ । जहाँसम्म संगठनात्मक प्रश्न छ, स्वयं क. प्रकाश अपमानित भएको पार्टीमा वहाँका अरु साथीहरुको गलत सजिलै बुझ्न सकिन्छ । क. प्रकाशको पीठ पछाडि गाली गलौज गर्द लाजिम्पाट धाउने दुईचारजनाबाहेक सबै नेता कार्यकर्ता सांगठानिक रुपमा विचल्लिमा परेको अवश्था छ ।
८. बादल–गुरुङ प्रचण्डतिर विलय भैरहेको सरकारबाट लाभ लिने सम्भावना भएको समयमा तपाईले भने त्यहाँबाट विद्रोह गर्नुभयो । यो परिवशेलाई कसरी हेर्नुपर्ला ?
बादलजीले चालेको कदम प्रचण्डको दक्षिणपंथी कदमको पुरक र सहयोगी मात्रै हो । बादल र प्रचण्डको एकता न नयाँ खोज, अनुसन्धान र व्रmान्तिकारी बुझाइमा एकता हो न त जनयुद्धकालिन व्रmान्तिकारी विचारको एकता हो । त्यो खाली सांगठनिक अस्तित्वको रक्षा र स्वार्थप्रेरित गठजोड मात्रै हो । मेरो विद्रोह उहाँहरुको एकतासँग कुनै सम्बन्ध राख्दैन । त्यो संयोग मात्रै हो । अवसरवादी एकता र मेरो विद्रोह आकसिम्क संयोग मात्रै हो ।
९. नेपाली कम्युनिष्ट आन्दोलनका समस्याहरु के के हुन् ? त्यसलाई कसरी सामना गर्नुपर्ने ठान्नुहुन्छ ?
नेपाली कम्युनिष्ट आन्दोलनका धेरै समस्याहरु छन् । यहाँ सबै पक्षमा विमर्श गर्न नसकिएला । नयाँ चुनौतीहरुलाई समस्याको रुपमा लिनु उपर्युक्त होला । अर्कातिर नेपाली कम्युनिष्ट आन्दोलन स्वतन्त्र आन्दोलन नभएर विश्व कम्युनिष्ट आन्दोलनकै एउटा मोर्चा भएको नाताले विश्व कम्युनिष्ट आन्दोलनका समस्याहरु पनि गाँसिएर आउँछन् । तथापि अहिले परिस्थितिमा पाँच प्रकारका चुनौती देखिन्छन्–
(क) विचारधारात्मक समस्या – परमाणु विभाजन सम्मको विज्ञानको विकासलाई माक्र्सवादको सापेक्षतावादको सिद्धान्त र क्वाण्टम सिद्धान्तको विकासपछि र त्यसको आलोकमा भएका सामाजिक परिवर्तन मुख्यता उत्पादक शक्तिमा आएको परिवर्तनको जगमा मालेमाको विकास गर्न नसक्नु नै मुखय समस्या बनेको छ । (ख) कार्यदिशा विकासको चुनौती–विज्ञान र प्रविधिमा भएको नयाँ विकासपछि व्रmान्तिकारी सैन्य विकासमा विकास गर्नु जरुरी छ । आजसम्मका व्रmान्तिका अनुभवहरु दीर्घकालिन जनयुद्ध र अल्पकालिन सशस्त्र विद्रोह (रुसी र चिनी अनुभव) ले मात्रै अबको व्रmान्तिलाई विजयसम्म पु¥याउन सकिन्न । विचारले व्रmान्ति गर्ने हो भन्ने मान्यतालाई जडसूत्रवादी ढङ्गले समातेर मात्र हुँदैन । व्रmान्ति सधैं विचार र विज्ञानको योगफलका रुपमा सम्पन्न हुनसक्छ । जसलाई हाम्रो पार्टीले ‘एकीकृत जनव्रmान्तिको कार्यदिशा’ मार्फत अगाडि बढाउन खोजेको छ । (ग) २१ औं शताब्दिको सर्वहारा वर्गलाई लड्ने औजारको रुपमा कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त (जनवादी केन्द्रीयता) लाई विकास गर्नुपर्ने चुनौती हाम्रा सामु छ । (घ) २१ औं शताब्दिको वैज्ञानिक समाजवादी अर्थनीति र संस्कृतिका अनुभवहरु जुन पुँजीवादी अर्थनीति र संस्कृतिका विकल्पहरु हुन् । त्यसलाई विकास गर्न नसक्नु । (ङ) सत्ता र त्यसको नजिक पुगेपछि आन्दोलनका अगुवाहरुमा देखा पर्ने विचलनलाई रोक्ने संरचनागत औजारको विकास गर्ने चुनौती रहेको छ । खाशगरी महान सर्वहारा सांस्कृतिक व्रmान्तिको मूल मर्मलाई आत्मसात गर्दै पुँजीवादी शिविरको घेरावन्दी र आदतको सत्ताका विरुद्धको संघर्षलाई नयाँ र परिणाममुखी उचाइमा उठाउन नसक्नु ठूला चुनौतीहरु हुन् । जसको सामना गर्न माओत्सेतुङले भनेझैं ज्ञान चेतना प्राप्तिका प्रव्रिmयालाई व्यवहारमा लागू गर्ने प्रयास गरिरहेका छौं । यसलाई आसन्न आठौं महाधिवेशनमा एकस्तरको पूर्णता प्रदान गर्नेछौं ।
१०. एकीकृत जनव्रmान्ति कार्यदिशाको वैज्ञानिकता पुष्टि गर्ने आधारहरु के हुन् ?
माओको निधनपछि स्थापित पूर्व अनुभवको आधारमा अघि बढ्दा कहिंपनि व्रmान्ति सफल भएको छैन । पेरु र नेपाल पछिल्ला नकारात्मक अनुभवहरु हाम्रा सामु छन् । पेरुका व्रmान्तिकारीहरुले ठूलो धक्का खाए । नेपालमा प्रचण्ड –बाबुरामहरुले आत्मसमर्पैण गरेपछि क. विप्लवको नेत्रृत्वमा नेपालका व्रmान्तिकारीहरुले त्यो समस्या पत्ता लगाए । पछिल्लो समयमा कआत्मगत कमजोरी र वस्तुगत चुनौतीको सामना गर्ने मात्र नभएर नयाँ विकासको चुनौती छ । मुलतः रुस र चीनको अनुभवको आधारमा विगतमा व्रmान्तिहरु भएका थिए । तर अब त्यत्तिले सम्भव देखिन्न । २०५४ र २०५७ पनि त्यो विषय उठेको हो । तर त्यहाँ पनि के कमजोरी भयो भने कार्यदिशालाई सामान्यरुपमा जोडेर लैजाने स्तरमा सीमित हुन गयो । जसले समस्या समाधान गर्न सकेन । जुनकुरा व्यवहारतः पुष्टि भैसक्यो । अनुभव (चीनी र रुसी) को भौतिक समायोजनले मात्रै पुग्दैन । रसायनिक समायोजनले मात्रै व्रmान्तिको नयाँ नजिर बनाउन सकिन्छ । त्यो भनेको एकीकृत जनव्रmान्तिको कार्यदिशा नै हो । सोडियम र क्लोराइडको रासायनिक मिलनपछि बनेको खाने नुन जस्तै हो । यसको प्रारम्भिक आकार, प्रयोग र सफलता पनि भैसकेको छ । यसलाई अझ समृद्ध र विस्तार गर्न काममा व्रmान्तिकारीहरुले निरन्तररुपमा मेहनत गर्दै जानुपर्छ ।
यो निष्कर्ष कुनै भावनात्मक विषय मात्र नभएर प्रतिव्रmान्तिको अनुभव, विज्ञान–प्रविधिको विकास, उत्तर साम्राज्यवादको चरित्र र उत्पादन प्रणालीमा भैरहेको फेरबदल आदिको समुच्चय र अभिव्यक्ति हो ।
११. तपाई तराई÷मधेशमा कार्यरत हुनुहुन्छ । त्यहाँका समस्या के हुन् ? कसरी समाधान गर्ने सोच्नु भएको छ ?
तराई–मधेसमा धेरै समस्या भएपनि मूलतः तीनखाले समस्या छन् (क) त्यहाँका आदिवासी जनतालामो समयदेखी खस, ब्रम्ह्ण शासक वर्गबाट उत्पीडनमा परेका छन् । (ख) मधेसी उच्च जातिय सामन्त र जमिनदारबाट पीडित छन् । (ख) मधेशी उच्च जातिय सामन्त र जमिनदारबाट पीडित छन् । (ग) पछिल्लो समय नेपाली नागरिकता लिन सफल भारतीयहरु, सिमाना भन्दा पारिका गुण्डाहरु र सिमा पारिबाट व्यापारको नाममा आएका दलाल पुँजीवादबाट मधेसी जनता पीडित छन् । जसको कारण सीमानामा उत्पीडन छ । यी तीनै प्रकारको उत्पीडनको विरुद्ध हामी डटेर बडिरहेका छौं । मधेस व्रmान्तिको उर्वर भूमी हो । जयगोविन्द शाह, सूर्यनाथ यादव, रामवृक्ष यादव, ऋषी देवकोटाजस्ता व्रmान्तिकारीहरुको रगत – पसिनाले सिञ्चित यो भूमी एकीकृत जनव्रmान्तिको बालकिल्लाका रुपमा अगाडि बढ्नेछ ।
१२. अर्काे एउटा फरक प्रसङ्कमा जाऔं, दिवाकर भुसाल र रुपलाल विश्वकर्मा मूलकर्मथलो माहीबाट विकसित–उत्पादित कार्यकर्ता हुनुको वहाँहरुसँग सिक्नुपर्ने विषयहरु के थिए ?
क. रुपलाल जीवनको उत्तरार्धमा विचलित हुनुभयो । उहाँका सीमाहरु जीवन व्यवहारमा प्रकट भए । तथापि त्यस भन्दा अगाडिको र दिवाकर भुसालको सम्पूर्ण जीवनकाल मेरो लागि निकै प्रेरणापद बनेको छ । उहाँहरुबाट सिक्ने मुख्य विषय आधारभूत वर्गप्रतिको प्रतिबद्धता हो । दलित, थारु, सुकुमबासी, किसान तथा आर्थिक रुपमा कमजोर अवश्था रहेका समुदायका बिचमा काम गर्ने भावना प्रेरणादायी देख्दछु । दोश्रो, पार्टीप्रति गहिरो प्रतिबद्धता, इमानदारिता हो । तेश्रो, कार्यर्ताको माया र सम्मानजनक व्यवहार हो । क. दिवाकर भुसालको जीवन अझ उचाइमा देख्दछु । मृत्युशैयामा पुग्नु अगाडि सम्म पनि पार्टी र व्रmान्तिप्रतिको निष्ठा असाधारण थियो । सामाजिक क्षेत्रमा असाधारण योगदान, सर्वहारा करणको यात्रामा सगौरव अगाडि बढ्ने, सिङ्को परिवारलाई पार्टीकरण गर्ने, युवा कार्यकर्तालाई प्रोत्साहन विशेषता थिए । कुने पद, लाभ र सुविधालाई प्राथमिकतामा नराख्ने, पार्टी भित्र र बाहिर अवसरवादी प्रवृत्ति, झूठ बोल्ने, अनैतिक प्रवृत्तिप्रति घृणा र सम्झौताहीन संघर्षजस्ता कार्यशेली थिए ।
वहाँहरुकै पहलमा नेपालमा जुगेडी, जुटपानीजस्ता संघर्ष र पूर्तिघाट कारवाहीजस्ता जोखिमपूर्ण संघर्ष व्रmान्तिकारी युवाहरुका लागि मात्र नभै सिङ्को जनयुद्ध र व्रmान्तिकारी आन्दोलन कै प्रेरणाका श्रोतहरु हुन् । उहाँहरु व्रmान्तिकारी पार्टीले उचित मूल्याङ्गन सहित व्रmान्तिको समग्र प्रव्रिmयामा जोड्नेछ ।
१३. माओवादी केन्द्रसहित विभिन्न समूहमा छरिएर रहेका व्रmान्तिकारी कमरेडहरुप्रति केही अपिल गर्न चाहनुहुन्छ कि ?
हामी नेपाली कम्युनिष्ट आन्दोलन नयाँ उचाइसहित सम्पन्न हुने सम्भावनाको विचमा छौं । त्यसैले अब माओवादी केन्द्रलगायत सबै पार्टीभित्र रहनु भएका सम्पूर्ण व्रmान्तिकारीहरु नयाँ धु्रविकरणमा सामेल हुन आवश्यक छ । नेकपा (माओवादी) ले एकीकृत जनव्रmान्तिको कार्यदिशा विकास गर्दै कम्युनिष्ट आन्दोलनको नेत्रृत्व गरिरहेको छ । संसदवाद र विर्सजनवादको ढोका कुरिरहेका पार्टीमा अलमलिएरबस्दा व्रmान्तिकारी आनदोलनलाई क्षति हुन्छ । तसर्थ म रातो खबर साप्ताहिक पत्रिका मार्फत क. विप्लवको नेत्रृत्वको नेकपा (माओवादी) मा धु्रविकृत हुन जोडदार अपिल गर्दछु ।