शहिद बेपत्ता परीबारको नरमाईलो दशै

 

download-1एकमहिन अगाडी देखि नै हो हल्ला गदै दशै मनाउने तयारी गरेको माओवादीका कार्यकताहरु घर माबली ससुरालि गर्दै दौडिएका छन् । दशै मनाउन तर त्यही पार्टीको नेतृत्वमा चलेको जनयुद्धका शहिद बेपत्ता का परीबारको भने दशैमा खासै रामाईलो बन्न सकेको छैन । 

१५ वर्ष देखि छोराको बाटो हेरी बसेका बागेश्वरी गाविस–७ फलाटेका गीता नेपालको यो पालाको दशैँ पनि नरमाईलो बनेको छ । छोरा मरेको या बाँचेको कुनै पत्तो नपाएका नेपाल परिवार अरुको घरमाझै आफ्नोमा पनि छोरा आउने हुन् की भन्ने आश बाँकी नै छ ।

नेपालमा १० वर्षसम्म चलेको द्धन्द्धले उनलाई आधा जीवन मरेतुल्य बनाएको छ । २२ वर्षको उमेरमा यीनका एक मात्र छोरा यदुनाथ नेपाल २०५८ साल पुस ११ गते बेपत्ता भएका छन् । नेपाल रोयल क्यासिनोमा काम गर्दै आएका यदुनाथ काठमाडौंको गोंगबुमा डेरागरी बस्दै आएका थिए । त्यसबेला डेराबाट केहीबेरका लागि बाहिर निस्किएका उनको आजसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

आफ्नो छोरो खोजीका लागि मानव अधिकारवादी संघसंस्था र सरकारी निकायमा गरेको हारगुहारले कुनै काम नगरेको उहाँ बताउनु हुन्छ ।

छोरा गुमनाम भएपछि बाबु टुलराज नेपालको मानसिक सन्तुलन सेमत विग्रिएको छ । परिवारका अनुसार टुलराजले छोराको खवर नपाएदेखिनै मानसिक रुपमा पुर्ण अशक्त छन् । उहाँ आजभोली मानसिक रोगको औषधि सेवन गरेर छोराको बाटो हेरिरहेका छन् । सरकारले शान्ति तथा पुनस्र्थापना मन्त्रालयबाट एक लाख रुपैयाँ राहत उपलब्ध गराएपनि यिनीहरुको पिर झन् थपिएको छ ।

अब त छोरो नआउने नै भयो सरकारले समेत राहत दिएर छोरा जिउँदो नभएको प्रमाणी गरेको परिवारको अड्कल रहेको छ ।

 

यस्तै पीडाको भुमरीमा  १५ वटा दशैँ गुजारी सकेका नर्जामण्डप गाविस–८ दमाइँडाँडाका ज्ञानबहादुर नेपालीका सिङ्गो परिवारकै ११ वटा दशैँ पनि रुञ्चेहाँसोमा टर्दै छ । ज्ञानबहादुरका माइला छोरा वीरबहादुर नेपाली र दाईको छोरा २०५८ भदौ २७ देखि बेपत्ता छन् । भतिज साधुराम नेपाली र छोरा वीरबहादुर घरबाट काठमाडौँ हिडेकोमा आजसम्म घर फिरेका छैनन् ।

एकै परिवारका दुई दाजुभाई बेपत्ता हुँदाको पिडा यि नेपाली परिवारमा कम्ता छैन । ५५ वर्षीय धनमायाँ नेपाली आफ्ना छोराहरु फर्कन्छन् की भन्ने आशमा बाटो ढुक्न छोडेकी छैनन् । द्वन्द्वको समय भएकाले राज्य पक्षका सेनाले भाईहरु बेपत्ता पारेको दाजु केशव नेपालीको ठहर छ । आफूलाई पनि सधैजसो माओवादी भन्दै दुःख दिएको स्मरण गर्दै केशव भाइहरुलाई पनि उनीहरुले नै बेपत्ता बनाएको बताउनुहुन्छ ।

bepatta-2अर्काको जग्गामा बस्दै आएका यि नेपाली परिवार खेती गरेर तीन महिनासम्म खान नपुग्ने अवस्थामा छन् । ज्यालामजदुरी गरेर पेट पाल्नुपर्ने अवस्थाका बूढाबूढीलाई छोराको सम्झनाले अझ बढी पिरोल्ने गरेको छ ।

नेपाली परिवार कोही युवक घरको आँगनमा पुग्दा छोरो आयो की भनेर झस्कने गरेका छन् । यी दुई परिवार जस्तै नुवाकोट जिल्लामा ३२ परिवार द्धन्द्धको नमिठो घाउ बोकेर बाँचेका छन् । आफन्तको कुनै खवर नपाएर पनि जिउनसक्ने हिम्मत यस्ता द्धन्द्ध पिडितहरुले जुटाएका छन् ।
नुवाकोट जिल्लामा द्धन्द्धको अवधिमा राज्य पक्षबाट ३१ जना र विद्रोही पक्षबाट १ जना बेपत्ता पारेको आइसिआरसीको प्रतिवेदनमा उल्लेख छ ।                                                                                                                                                                                

                                                                                                                                                                                                                   समरप्रतीक वाट साभार