एन्फाको निर्वाचन आजै सम्पन्न

anfa

भ्रष्टाचारको आखडाको रुपमा चिनिनेअखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन आज सम्पन्न भएको छ । अध्यक्षमा कर्माछिरिङ सेर्पालाई हराउँदै नरेन्द्रलाल श्रेष्ठ निर्वाचित भएका छन्। उनले कर्मा छिरिङलाई ५ मतले पराजित गरेका हुन्। नरेन्द्र श्रेष्ठले ३६ मत प्राप्त गरे भने कर्माले ३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

उपाध्यक्ष पदमा मणि कुँवर निर्वाचित भएका छन्।  उनले दुई प्रतिस्पर्धी दीपक खाती र उपेन्द्र मान सिंहलाई हराउँदै निर्वाचित भएका हुन्।

सोमबार राजधानीमा भएको निर्वाचनमा दुवै पद फिफाबाट कारबाहीमा परेका निलम्बित अध्यक्ष गणेश थापा पक्षीय उम्मेदवार विजयी भएका हुन्। कुँवरले ३४ मत पाएका हुन् भने निकट्तम प्रतिद्वन्द्धि  दीपक खातीले २५ र उपेन्द्रमान सिंहले ८ मत पाएका थिए। निलम्बित अध्यक्ष गणेश थापाले नेपाल फुटबल संघ एन्फामा ३० वर्ष रवाफ जमाएका थिए ।