सिन्धुलीमा माओवादी संगठनको उभार

- जनगणतान्त्रिक अभियान संवनददाता

376976-150623-fsc_coverage_plan_sindhuli
सिन्धुली ः कात्तिक ११, नेकपा (माओवादी) निकट राष्ट्रिय युवा जनस्वयम सेवक सिन्धुली जिल्लाले भद्रकाली गा.वि.स.मा ११ सदस्यीय युवा गा.वि.स कमिटी गठन गरेको छ ।

युवा गा.वि.स संयोजक सागरकुमार घिसिङ, सहसंयोजक विशाल तामाङ सदस्यहरुमा पवन विक, सुजन श्रेष्ठ, असिम मोक्तान, राजु तामाङ, संजीव थापा, अमा मोक्तान, गणेश मोक्तान  रेहेका छन् ।

सो कार्यक्रको प्रमुख अतिथी सिन्धुली जिल्ला सेक्रेटरी राजु कार्की अतिथीमा सिन्धुली जिल्ला विद्यार्थी नेता सविन, सिन्धुली जिल्ला राष्ट्रिय युवा जनस्वयम सेवक अध्यक्ष रोशन अधिकारी लगायत उपस्थित हुनुहुन्थ्यो ।