प्रचण्डको भारतीय चाकडीको प्रस्तावमा लतारिए अरु मन्त्रिहरु

Nepalese Unified Communist Party of Nepal (Maoist) chairman Pushpa Kamal Dahal, known better as Prachanda, addresses supporters of the 30-party alliance led by the Unified Communist Party of Nepal (Maoist)  during mass-demonstrations in Kathmandu on February 28, 2015.  Nepalese police February 28 fired teargas and water cannon at thousands of opposition supporters who converged on the capital to protest controversial plans to vote on a disputed new national constitution. AFP PHOTO / PRAKASH MATHEMA        (Photo credit should read PRAKASH MATHEMA/AFP/Getty Images)

 

 काठमाडौं ।  भारतका राष्ट्रपति प्रणव मुखर्जी  नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने  प्रस्ताव प्रचण्डले गरेको बुझिएको छ ।भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने तयारी गरिरहेका बेला मन्त्रिपरिषदको बिहीबारको बैठकले सार्वजनिक विदाको निर्णय गरेको हो । जसको  सामाजिक संजालमा सर्वत्र भत्सना भैरहेको छ ।

 

मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबारको बैठकमा भारतका राष्ट्र प्रमुख आउँदा सार्वजनिक विदा दिने प्रस्ताव प्रधानमन्त्री प्रचण्ड स्वयंमले गरेका थिए ।यस्तो प्रचलन विभिन्न देशमा रहेको तथा भारत र चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमण धेरै वर्षमा हुन भएकाले सार्वजनिक विदा दिनु पर्ने उनको प्रस्ताव थियो । नेपालको ट्राफिक व्यवस्थापन पनि राम्रो नभएको उनको तर्क थियो ।

प्रधानमन्त्रीको यस्तो प्रस्ताव सुनेपछि एक मन्त्रीले अमेरिकातर्फ संकेत गर्दै अलि परेको ठूलो देश आए के गर्ने नि भनेर प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले यसबारे त्यसबेला नै सोचौंला भने र विदाको निर्णय पास गराएका थिए ।एक जना मन्त्री भन्छन्, ‘देशभरि विदा नदिएको भए पनि हुन्थ्यो होला । यसबारे हामीले पनि धेरै सोचेनौं ।’अरु देशमा यस्तो भ्रमण हुँदा कार्यालय समय ढिलो चाँडो गर्ने वा केही घन्टा गाडी चलाउन रोक्ने प्रचलन नभएको होइन । तर, यसरी सार्वजनिक विदा नै दिएको भने कमै पाइन्छ ।

उसो त नेपाल सरकारले सार्क सम्मेलनका क्रममा पनि सार्वजनिक विदा दिएको थियो । तर, त्यसबेला ८ देशका प्रधानमन्त्री तथा राष्ट्राध्यक्ष नेपालमा आएका थिए र सुरक्षा व्यवस्थापन लगायतमा एकहदसम्म चुनौती थियो ।