रातो ब्यानरको वालबाट एक साहित्यिक यात्रा : सरोज न्यौपाने

 

71788_137812389604986_1876334_n-1
एलएल. वि प्रथम र द्धितिय वर्षमा करिव करिव दुई तीन पटक जति नजिकैबाट देखेको त्यो केटा, देख्दा खान्दानी लागेको थियो । कालो कालो वर्णको, गहुँगोरो देख्दा झट्ट हेर्दा निक्कै गम्भीर लाग्ने तर हँसिलो हँसिलो मान्छे । वोलचाल र गफगाफले पढेलेखेको लाग्ने, बाँकी थाहाँ थिएन । सेक्सन छुट्टयाएर व्यवस्थित गराईएपनि, तिन वर्षको अवधिभर सबैले एकैनास, एकैसाथ सिटमा बसेर पढ्न पाएको थाहै भएन ।

 भविष्यका होनाहार, वकिल जन्माउने क्याम्पसले कतै न्यायाधीस र वकिल भन्दा बढी नेतै जन्माउला जस्तो भन्ने मेरो आसंका निरपेक्ष पुष्टि भयो । आजकाल नेता हुन त्यति ठुलो पृष्ठभूमि चाहिने पनि रहेनछ, त्यति ठुलो योग्यता र अनुभव पनि, पावर र प्रोपर्टी माथि थोरै थोरै प्रोब्लमहरु, शैक्षिक विषयवस्तु भनेर मिसाईदिए भईहाल्ने अनि, आफैले कुल्चेर फड्को हानेको इतिहास भोली आफैले भुल्ने गर्ने, दुर्भाग्यपुर्ण, विडम्बना पूर्ण अनि उदेकलाग्दो अध्याय स्ववियूका पछिल्ला नेताहरु देखेर मनभरी रिसै रिस र द्यृर्णै द्यृणा भरिईसकेको थियो । एक दुई वर्ष त्यतिकै वितिसकेछ । लाग्छ थाहै भएन ।

परिक्षा दिने समय आईरहँदा, आफू परेको केन्दमा उसलाई मैले कहिल्यै देखिन । विशेषत नामको अल्फावेटसंग आफ्नो अर्डर नमिलेर पनि होला, कि त सिम्बोल नम्बर फरक भएर पनि हुनसक्छ, कक्षा कोठामा मूटकोर्ट र इन्टर्नसीप क्लास भए पश्चात उसलाई मैले कहिल्यै भेटिन । कहिले काही ऊ जस्तै लाग्ने कुनै अरु केटाहरु समय र परिस्थिति अनुसार एकाएक गायव हुदै जाँदा लाग्ने गर्दथ्यो, पढाई छाडेको होला । त्यसो त मान्छे न हो विदेश गयो होला एवं पारिवारिक कारणले कहिँ कतै जव सवमा अल्झीयो होला , तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशीत हुँदा केह ी समय चर्चाको विषय बनेको झै लागेको थियो ।
भूकम्प अधिको होलीको समय ताका, एक दिनको कुरा हो, फेसबुकको वालबाट एउटा रातो व्यानर सहित एउटा फ्रेन्ड रिक्वेस्ट फुत्त तल झ¥यो ।

सोचेर, चाहेर यो कुनै योजनाबद्ध आफैले अकसेप्ट नगरी, फेसबुक लगअन गर्नासाथ झुण्डिरहेको एउटा प्रोफाइल यसरी अघि बढ्यो , जो आज पर्यन्त फ्रेण्ड लिस्टमा उभीइरहेको देखिन्छ । मानौ सेल्टर खोज्दै बटुवा धैर्यता र व्यध्र आत्मप्रतिक्षा पश्चात कुनै शीतल चौतारी भेटेर टक्क बसेको जस्तै । अथवा ठूलो झ्रयाम्म परेको रुखदेखि हुरी बतास र हावाको झोक्का सहँदै आत्मविद्रोहको प्रथम प्रतिनिधि बनेर जमिनमा पात खसेझै, अथवा आफ्नो दिक्दारलाग्दो जीवन दैनिकी देखि आदीम विद्रोह गर्दै अमेरिकामा मार्क जुकरवर्गले इमेल इन्टरनेटको क्षेत्रमा कैयौं मेसेन्जर सञ्जाल विरुद्ध समस्त यूवा जगतलाई सहज हुने गरी फेसबुकको आविष्कार गरिदिएर हात हातमा उपस्थित हुन पुगेझै , केही दिन आश्चर्य र आक्रोशपूर्ण सन्नाटा धैर्यताको गर्भमा साँच्दै मनलाई युटर्न डाइभर्ट गरिदिएँ । त्यस अपरिचित, अस्वभाविक फ्रैण्ड रिक्वेष्टका बारेमा साथीहरु संग सोधखोज गरिरहे , चाहिने जति जानकारी प्रोफाइल र टाइम लाइनबाट खिच्दै पनि गरे ।

सय जनाको टाउका सहितको फ्रेण्ड लिष्ट बोकेको, विद्यार्थी पृष्ठभूमीको, गाँउले युवक केटा, खुब जोसिलो, रातो, तातो जूझारु लडाकु बताउने उसले ठूलै सबूतहरु जुटाएको झूण्डयाएको पाएँ । केटी खोज्नैका लागि आज कैयौं दिलजलेहरुले पल पल दन्त्यकथाका पात्र प्रवृतिलाई टपक्कै प्रोफाइलमा उतार्ने सक्ने जमानामा त्यसको वाटो विल्कुल पृथक थियो। जहाँ त्यसको पढाई लेखाई र दौडधुप देखियो, त्यो मेरै वरपर, उत्तिसारो अपरिचित अब रहेन त्यो ।

एउटा रातो व्यानरमा लेखिएको थियो, ठीक त्यसकै छेउ छुनेगरी उसको आकृति जोडिएको थियो, त्यहाँ लेखिएको थियो—संसारका मजदुर एक होऔं । बाँयातिर । माक्र्सवाद लेनीनवाद माओवाद जिन्दाबाद ! ठीक उही लाइन र उही कुनामा माथितिर दाँयातिर मध्यपृष्ठमा राष्ट्रिय स्वाधिनमा कायम गरौं—लगभग यस्तै यस्तै, यसबाहेक ध्यान दिन मन लागेन । अचानक मेरो मानसपटलमा धेरै समय पहिलेको झसंग झसंग हुने गरी ऐतिहासिक परिघटना पुनरावृति, पुन मूर्त भयो । सानदार पुनस्मरण भएझै झस्काईदियो, रातो भित्ताको ठीक दाँयातिर मसिना मसिना तीन—चार टुक्रा शब्दावली मन्तिर लस्कर उभ्याईएझै टाँसिएका पाँच फरक मुखाकृतिहरुले, जसमध्य मैले राम्ररी बुझेको फोटो, कालो बाक्लो दाह्री भएको, ठूलो फराकिलो निधार भएको अनि झुम्म परको पछाडी मुन्टिएको सेतोे कपालले आधा जति तालु ढाक्नै नसकेको ; एउटा फोटो, बाबाले म सानो छँदा सम्झाई बुभाmई बताउनुभएको थियो ।

त्यही मानिस जसलाई आजभर कार्ल माक्र्सको नामले चिन्ने गरिन्छ । दोस्रो पटकको फेसबुक अपरेशन पश्चात आँखा चिम्लीएरै वके गरिदिएँ, त्यो फ्रेण्ड रिक्वेष्ट लाग्यो, काल माक्र्सको त्यो कठोर संघर्ष र त्याग पूर्ण जीवन स्वीकार्य छ, त मलाई फ्रेण्ड स्वीकार्य छ, अनि फेरी पनि लाग्यो अ फ्रेण्ड इन नीड अल्वेज द फ्रेण्ड इनडीड—मैले मेरो कोमल, निर्दोष, निष्कपटतापूर्ण चञ्चल बालापन मै स्वीकार गरिसकेको जीवन व्यक्तित्व एवं बाबाका अनुसार आफू दुःख सहेर समस्त दुखीको उपर जीवनभर दया सागर अर्थात कार्लमाक्स । समय वितिरहँदा पत्तै भएन फेरी के—के भयो ।

यसपटकको होली मनाईयो । राजधानीको व्यस्तताबाट टाढा टाढा ककनीको ठूलो पहाड तिर । बाक्लो जंगल, चिसो चिसो मौसमको न्यानो काखमा; ककनीको एैतिहासिक महत्व र गरिबमाथि हाम्रो उपस्थिति, प्राकृतिक रमणियता माथिको अप्रतिम शौन्दर्यतालाई चञ्चल मौरीको नियमित रसास्वादन अभियान हुन पुग्यो, चिया, खाना र खानाका विचविचमा रंगहरुसंग खेल्दै रमाउँदै दिन वितिगयो । होली खेलेरै वितेको त्यो दिनलाई फर्कदा स्टयाटस बनाँए ।

आजको दिन होली खेलेरै बित्यो भने पनि हुन्छ । विभिन्न रंगहरुको समिश्रण भित्र रंगहरुको आ—आफ्नो स्वतन्त्र विविधता । आपसी धनीष्ठ सहाकार्य र सुक्ष्म संघर्ष । यसरी रंगहरु बिचको आत्मियता, लाग्थ्यो कुनै परापूर्व इतिहास देखिको गौरवपूर्ण एकता जेहोस्, आफूलाई यस प्रफुल्लतामाय रंगिन विविधता देखि भिन्न भिन्न अभिन्न नराखी सुखै थिएन । समाज, समाज विज्ञान र ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण प्रति पूर्ण स्वीकारोक्ति र समर्थनको एकनासे सोचमा रमाउँदै रमाँउदै आज भन्दा तीन सय चौसाठ्ठी दिन यता पून ः प्राप्त हुन नसक्ने यस महत्वपूर्ण परिवेशलाई छीट्टै वैज्ञानिक समाजवादी समाज व्यवस्थाको फराकिलो कभरभित्र देख्ने, हेर्ने र रमाई रमाई दिन विताउने सोच निर्माणको अटुट विश्वास माथि सपथ खाँदै घर प’गिसकएिछ , साँझमा रात्रीकालिन अभिवादन गर्दै, छुट्टिदै र विदा हुँदै, सफलिभूत अभिलाषाको दिवा सेवाबाट ।

वावा ! डाक्टर अंकलको कपाल किन सेतो ? अनि हजूरबाको कपाल किन त्यसो भएन ? हा.हा.हा बाबाले हाँसेर बस्नु भयो, जवाफै दिनुभएन । आफ्नो बालहठ्लाई पुन ः निरन्तरता दिँदै फेरी सोधिहाले, बाबा ! कपाल सेतो भएको मान्छेको दाह्री किन कालो भएको, (अनि) हस्पिटलमा बसिरह्यो भने हाम्रो पनि कपाल सेतो, दाह्री पनि ……….हो?……..।
यत्तिका सवालहरु गरिसकेपछि ,कुराहरु सोधिसकेपछि, हस्पिटलबाट निस्कदै खेरी बाबाले भन्नुभयो, यसो होइन, नानी, यो त मान्छेको कामप्रतिको लगनशीलता, निरन्तरता अनि, आफू र आफ्रनो दाह्री कपाल प्रतिको उतिस्राहो,कम वास्ता हो, डाक्टर अंकल महान हुनुहुन्छ, महान डाक्टर, महान विचारका व्यक्ति, कार्ल माक्र्स जस्तै, जसले आफ्नो जीवन यापन संगको कठोर संघर्षलाई चुनौती दिए, तर मुक्त गरे संसार भरका शोषित पीडित श्रमीक, सर्वहारालाई दासतापूर्ण जूवाभूमि गोरुलाई झै नारिएको सांग्लो फुकाईदिएर ।

बाबा, डाक्टर अंकलको बाबाको पनि कपाल सेतो थियो ? डाक्टर अंकलको कोठामा भित्तामा झूण्डाइएको फोटो मा त त्यस्तो केही थिएन । फेरि सोधी हाले, डाक्टर अंकलको बाबा फोटो मा त कपाल पनि कालो थियो……………वावा यसपटक केही वोल्नुभएको थिएन । करीब सात आठ वर्षको हुदाँ, बाबाको नसासम्बन्धी रोगका कारण भर्ना हुनुप¥यो हस्पिटलमा ! बाबाको हेरविचार गर्न आमा हुनुहुन्थ्यो, कहिलेकाही दाई र दिदीहरु पनि बस्नुहुन्थ्यो, घरको सानो उमेरको सदस्य भएको नाताले मेरो उपस्थिति बाबासंग अलि बढि नै हुने गर्दथ्यो । जति आमा बाबाले दिदीको अनि मलाई अलि बढी नै माया गरेको जस्तो लाग्छ ।

त्यसैले पनि होला, बाबाले भनेको अखवार ल्याइदिने , बाबाको औषधि, मुसाले नकाट्ने गरी सिरनामा राखिदिने, भनेको वेला औषधि खुवाउने बाहेक अरु मेरो केही काम थिएन, हस्पिटल भित्र । करिब करिब महिनौं विताई सक्दा, बाबाले एक दिन अब हस्पिटल डिस्चार्ज हुनु पर्ने थियो, थाहा पाउनासाथ, मनमा खुशी भरिदै गयो । हस्पिटलको अन्तिम रिपोर्ट र जाँच पछि, डाक्टरसावले हामीलाई हस्पिटल भित्रै एउटा छुट्टै कोठामा लग्नुभयो । बाबाको जस्तै गरी बोल्ने र हाँसिरहने, डाक्टरसाव संगै बाबाको पुरानै चिनजान थियो, सरकारी जागीरका शीलशीलामा, त्यसैले होला बाबाले विश्वास जितीसक्नु भएको डाक्टर साप, डाक्टर अंकल हुनुभएको । डाक्टर अंकल ।

लगभग आधा घण्टा जतिको गोप्य छलफल गरीसकेर फर्कदा मेरो आँखा डाक्टर अंकलको त्यस कोठाको भित्तामा ठोक्किन पुग्यो । रातो कपडाको वीच भाग देखी बाँया कर्नर उत्रदै गरेको सेतो हँसिया जस्तै अनि हँसिया संग, काठको डल्लेठो जस्तो जोडेर राखेको औजार जस्तो लाग्ने, थाहाँ भएन, यस्तो झण्डा पहिले कल्यिै देखिएन, छेउमा एउटा ठूलो फोटो थियो झुण्डयाएर किलामा उनीएको कालो कोट लगाएको बुढो मान्छेको फोटो, तर मुख टाउको र धाँटीमुनी आधा जति मात्र छातीको आकृति देख्दै डरलाग्दो कालो कालो, मुखै ढाक्ने गरेर उम्रको लामो, लामो बाक्लो दाह्री भएको, टाउकातिर आधाजति तालूलाई छोप्न नसकेर पछाडी लत्रिएको लामो कपाल भएको, निक्कै गम्भीर र चिन्तित मानिसको डरलाग्दो एउटा फोटो, घरमा हजूरबाको देहान्त पछि, यस्तै फोटो झुण्डयाएको थियो । बाबाको कोठामा एक्लै पस्दा कहिलेकाही डरडर लाग्ने गथ्र्यो । यता डाक्टर अंकलको बाबाको फोटो होला, मनमनै निर्णयमा पुग्दै, डाक्टर अंकलसंग छुट्टियो, घर जाने गरेर ।

घर पुग्नासाथ, बाबाको विश्रामका निमित्त, आमाले कोठामा ओछ्यान मिलाउनुभयो । डाक्टर अंकलले यसअघि हस्पिटलमा उद्घाटन गराउनुभएको एक टुक्रा खुसीको उज्यालो यसपटक घरमै आएर फैलियो । बाबाको स्वास्थ्यमा सोचेभन्दा छीट्टै सुधार भयो । गाउँले, पुरानो शैलीको तीन तले माटोको घर । अनि त्यस घरको बीच तलामा खानदानी परम्परा झल्कने भण्डार कोठा, भण्डार कोठामा प्राय बाबा सुत्ने र महत्वपूर्ण बस्तुहरु राखिने गरिन्थ्यो, दाजु र बाबा आमा बाहेक प्राय मेरा दिदीहरुलाई र भाउजूलाई त्यहाँ पस्ने अनुमति थिएन जस्तो लाग्छ । कोठाको भित्तामा लस्करै फोटाहरु झुण्डयाइएका हुन्थे, मलाई त्यति खोजी र चासोको विषय कहिल्यै लागेको थिएन। तर यसपठक क्रमभंग हुन पुग्यो । बाल चंचलता भीत्रको निष्कपट जिज्ञासाले यसपटक खोल्न नहुने कन्तुर खोलेरै छाडिदियो ।

बाबाको काखैनिर बसेर सोधेः “हजूरबाको फोटो किन भित्तामा टाँस्नुपरेको ?” नानी, हाम्रो खानदानको आदरणीय व्यक्ति जसको सम्मान यसरी गरिने गरिन्छ, जो पछि सम्म रहीरहन्छ । बुझिनु, के भन्नुभो, केवल हाउभाउ र भावले बुझेझैं फेरी सोधे — डाक्टर अंकलको पनि बाबा हुनुहुन्छ? । उहाँको मायाँ र प्रेरणालाई शिरोधार्य गर्दै, आज डाक्टर अंकल, लाखौं रोगी र दुखीका निम्ति डाक्टर हुन सकेका छन्, नानी , तिमीले, हामीले र डाक्टर अंकलले उहाँको सम्मान मात्र गर्नु हुन्न बरु श्रद्धा गर्नु पर्छ । एकजना निष्काम समाज सेवी, प्रगतिशिल विचारका धनी, माक्र्सवादी विचारका समर्थक, साम्यवादी सोचका मानिस उनी ।

यसपटक पनि बाबाले बोलिरहँदा, मैले भाव मै चित्त बुझाउनु पर्ने भो, यत्ती हो की डाक्टर अंकलले पनि बाबाको सम्मान गर्नुहुन्छ जसरी बाबाले अनि हामीले पनि किनकि डाक्टर अंकल झै वहाँ पनि राम्रो विचारको हुनुहुन्थ्यो अनि…….बाबाले अन्त्यमा भन्नुभएको…….. माक्र्सवादी………..र साम्यवादी ???

बाबाको खुशीको मनोवैज्ञानिकताको मौका छोप्दै फेरी सोधे—बाबा डाक्टर अंकलले नी—त्यही भएर बाबाको फोटो हस्पिटलमा झुण्डयाउनु परेको हो ? होइन नानी, जसरी डा. अंकलको बाबा सम्माननीय र श्रद्धाका व्यक्ति हुनुहुन्छ, त्यसैगरी वहाँ र हामी सबैको पनि विशेष सम्मान र श्रद्धाको व्यक्ति, जसको फोटो आज डा. अंकलले आफ्नो अफिसको बैठक कोठामा झुण्डयाउनु भएको छ । हामीले मन वचन र मुटुमा राखेका छौ अनि सबै सबै श्रमजीवी, मेहनतकस वर्गले आफ्नो ढुकढुकी मा जस्ताको तस्तै झुण्डयाइरहेका छन्, त्यो अमर अमर र श्रद्धाको नाम हो कार्ल माक्र्स । उनको जन्म जर्मनीको ट्रयर सहरमा भएको थियो । उनी अमर रहने छन् । यति भनिसक्दा नसक्दा बाबाले औषधि खानु पर्ने समय भईसकेको थियो ।

आमाले हतनपत्त ढोकाबाट बाबुछोरीको हाम्रो धारावाहिक कुराकानीलाई जर्वजस्ती इन्टरभलमा झै कट गरिदिनु भयो । मनमा रहेको अधुरो जिज्ञासा केही हदसम्म सान्त भएको महसुस गर्दै त्यस दिन यता भेटे सम्म र सकेसम्म त्यो अनुहार संग अनुत्तरित कैयौं प्रश्नहरु खोज्दै रहे । पछि पछि उनको जीवन उनको संघर्ष, उनको विचार, आफ्नो चिन्तन संग जोडिइरह्यो जोडिइरह्यो, इतिहास जस्ते सोच्दा लाग्ने गहन परिघटना बनेर । आजपनि समृतीपटमा ताजै छ, जस्ताको तस्तै —माक्र्सवाद एक विज्ञान, कालजयी विज्ञान भन्ने एक विश्वस्त स्वीकारोक्ती बनेर । कहाँदेखि कहाँसम्म । थाहै थिएन ।

आजभोली दैनिक पत्रपत्रिका पढ्ने ठुलो इच्छा र आवश्यकता हुँदा हुँदै पनि, देश विदेश र विविध क्षेत्रका क्षणभरका तथ्य घटनाहरुप्रति उत्तिकै चासो रहेपनि , दिनको एक पटक केही न केही नविनतमघटना परिघटनाहरु सहित फूत्त झरिरहेझै, बेलाबेलामा सोचेभन्दा पहिल्यै हेर्न र मनन गर्न सक्ने गरि, सेयर भए झै झसंग झसंग लागिरहने गर्दछ । उही जोसिलो, रातो व्यानर सहित , माक्र्स—लेनिन र ………..माओका आकृतियुक्त प्रोफाइलबाट …….फेसबुकको वालबाट जसरी धेरै पहिले, एउटा अपरिचित युवकको फ्रेण्ड रिक्वेष्ट फुत्त झरेको थियो। फेसबुकको वालमाथि, जोशीलो, फुर्तिलो र शानदार उपस्थिति लिएर, याद आइरहने गरेको छ , फेसबुकको वालबाट…..।