नेता र कार्यकर्ताले मात्र गरिने क्रान्ति होइन, आम जनताले गर्ने क्रान्ति हाे : विप्लव

- जनगणतान्त्रिक अभियान संवाददाता

Maoist leader Netra Bikram Chand. THT file photo.

कात्तिक १३, काठमाडौंः नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अबकाे क्रान्तिमा पार्टी नेता-कार्यकर्तामात्र नभएर अाम जनताकाे सहभागीता हुने बताएका छन् ।
 

 पार्टीकाे नारायणी ब्यूराेलकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै विप्लवले ‘एकीकृत जनक्रान्ति भनेकाे नेता र कार्यकर्ताले मात्र गरिने क्रान्ति होइन, आम जनताले गर्ने क्रान्ति हाे’ विप्लवले भने ।  गणतन्त्रले पनि लाखाैं युवाहरुलाई विदेश पलायन गराइरहेकाे भन्दै युवाहरुलाई स्वदेशमै पसिना बगाउने वातावरणकाे लागि पनि क्रान्ति गर्नु अनिवार्य भएकाे बताउनु भयो ।
 
 महासचिव विप्लवले आजसम्मका सबै राजनीतिक आन्दोलनमा नेपाली जनतालाई धोका मात्र भएको बताउँदै अाफ्नाे पार्टीले गद्दारीकाे इतिहासलाई मुक्ति र परिवर्तनमा परिणत गर्न चाहेको बताए ।