बाबुरामको बाटोमा एमाले महासचिव इश्वर पोखरेल

ishwor-pokhrel

 

काठमाडौँ – एउटा चियापान कार्यक्रममा  बोल्दै एमाले महासचिव पोखरेलले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोडका छन् ।  सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको कथन छ ।

एमालेले सरकार छाडेपछि मोर्चा बदलिएको छ तर राष्ट्र निर्माणको मिसन बदलिएको छैन । उनले सामाजिक सद्भाव र मेलमिलापलाई भड्काउने विभिन्न प्रयास गरिए पनि मुलुकका राष्ट्रिय भावना समृद्ध बनाउने काम भएको र चाड पर्वले त्यस भावनालाई अझ मजबुत बनाएको बिचार व्यक्त गरे ।