क्रान्तिकारीको बाटो अर्को छ : सरोज न्यौपाने

71788_137812389604986_1876334_n-1

 

कानुन बिषयमा स्नातक सम्म अध्ययन गरेका प्रगतिवादी स्रष्टा दोलखा निवासी सरोज न्यौपाने लामो समय देखि क्रान्तिकारी आन्दोलनमा सक्रिय हुनुहून्छ । उहाँ कबिता र गजल जस्ता बिधामा दख्खल राख्नु हुन्छ । प्रस्तुत छ उहाँको गजल ।

बिचारत हिड्नु पर्ने बाटो अर्को छ ।
क्रान्तिकारी कार्यभारको पाटो अर्को छ ।।

निशेध हुन्छ यो बाटोमा , बूट बन्दुकको दमन युद्द ।
बोल्दैपिच्छे कटबाँसको भाटो अर्को छ ।।
नीति बिधि कानून भन्दै अधिकारै खोस्छौ तर,
तिमीले घेर्ने हामीले फेर्ने साटो अर्को छ ।

तिम्रो सेतो आतङ्कमा पुरै सत्ता बन्दुक भए ।
यो निधारमा तिम्ले लाको टाटो अर्को छ ।।
त्यसैले त हिड्दा हिड्दै बाटै अलग भएपछि ।
सहकार्य पिच्छे आज फाटो अर्को छ ।।

 

बिचारत हिड्नु पर्ने बाटो अर्को छ ।
क्रान्तिकारी कार्यभारको पाटो अर्को छ ।।