लोकमान कार्कीको संसदवादीहरुलाई महाघुर्की

lokman-singh-karki

 

मंसिर १, २०७३- लोकमान कार्कीले फेरी भारतको आडलिएर ससंसदवादी दलहरुलाई खुलेआम चुनौति दिन थालेका छन् । त्यति मात्र होइन उनी आफैले पुजा गर्ने सर्बोच्च अदालतलाइ समेत ठाडो चुनौतिका साथ प्रश्न गरिरहेका छन् । कहिले अदालतले पठाएको म्याद टाँस्ने टोलिलाइ फिर्ता पठाएर चर्चामा आए भने कहिले जनआन्दोलनलाई दमन गरेर । नचाहेरै पनि ससंसदवादी दलहरु लोकमान कार्कीलाई महत्वपुर्ण स्थान दिन बाध्य छन् । त्यसको जलन्त उदाहरण लोकमानको नियुक्ति हो ।

संसदमा महाअभियोग प्रस्ताव दर्तापछि निलम्बित लोकमानसिंह कार्कीले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बहालवाला प्रमुख आयुक्त भएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा मंगलबार उपस्थित भएर जवाफ पेस गर्ने क्रममा कार्कीले आफूलाई ‘बहालवाला प्रमुख आयुक्त’ का रूपमा प्रस्तुत गरेका हुन् ।

कार्कीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफ्नो परिचय प्रस्तुत गर्नेक्रममै बहालवाला प्रमुख आयुक्त भनी उल्लेख गरेका छन् । लिखित जवाफको दोस्रो बुँदामा पनि उनले आफूलाई पूर्वमुख्य सचिवका रूपमा मात्रै सम्बोधन गरिएकोमा आपत्ति जनाउँदै आफू अख्तियार प्रमुखसमेत रहेको दाबी गरेका छन् । ‘मेरो पदीय हैसियत विपक्षीले उल्लेख गरेजस्तो नेपाल सरकारको पूर्वमुख्य सचिव मात्र नभई संवैधानिक परिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट नियुक्त अख्तियारको बहालवाला प्रमुख आयुक्त ’  ‘म सो पदमा २०७० वैशाख २५ गतेदेखि ६ वर्षका लागि नियुक्त भएको हु ।’

उनले आफूलाई मुख्य सचिव मात्रै भनी अधिवक्ता ओमप्रकाश अर्यालले गरेको सम्बोधनलाई ‘पूर्वाग्रहग्रसित’ भनेका छन ।अदालतले न्यायिक कार्यसम्पादनका क्रममा अपनाउने कार्यशैलीमाथि पनि कार्कीले प्रश्न उठाएका छन् ।

आफू नेपालमा नभएको अवस्थामा ३ वर्षदेखि भाडामा दिएको निवासमा गरिएको म्याद तामेली प्रक्रियामा पनि उनले प्रश्न गरेका छन् ।‘किन, कसरी र कुन उद्देश्यले म्याद तामेल गर्न लागियो भन्नेमा म स्वयं आश्चर्यमा परेको छु,’ उनको जवाफमा उल्लेख छ ।