माओवादी आधार इलाका बन्दै धनकुटा

dhankuta_district_location
धनकुटा : मंसिर १३,  केही समय यता पार्टी महाधिबेशनको तयारीमा जुटेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले महधिबेशनको तयारी संगै देशब्यापी रुपमा आक्रमक रुपले संगठन सुदृढ अभियान थालेको छ ।

धनकुटाबाट प्राप्त समाचार अनुसार पछिल्लो समय माओवादीमा ध्रुबिकृत हुने क्रम तीब्र भएको छ । यसै क्रममा धनकुटा जिल्लाको जीतपुर गाबिसका चर्चित समाजसेबी तथा सो गाबिसका बिद्यालय ब्यवस्थापन समितीकाअध्यक्ष लीलाबहादर केसीको नेतृत्वमा उमेश बिक, हिक्मत रमणेली, छत्र कार्की लगायत दर्जनबढी ध्रुबिकरण प्रक्रियामा सहभागी भएका धनकुटा जिल्ला सेक्रेटरी आकाश शर्माले बताएका छन् ।

त्यस्तै आकाश शर्मा अनुसार धनकुटाको अरु थेप्रै ठाउँमा धुर्वीकरणको तयारी भईरहेको छ ।