मजदुर मारा कान्तिपुर , संयुक्त संघर्ष समितिको कान्तिपुर मिडिया ग्रुपलाई ७ दिने अल्टिमेटम

kan

काठमाण्डौ: मंसिर १३, कान्तिपुर मिडिया ग्रुपले श्रमजीवि पत्रकार ऐन लागु नगरेको भन्दै कान्तिपुर पब्लिकेशन्स कर्मचारी संयुक्त संघर्ष समितिले कान्तिपुर मिडिया ग्रुपलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बि सं २०७२ चैत्र २९ गते ब्यवस्थापन पक्ष र कान्तिपुर पब्लिकेशन्स कर्मचारी संयुक्त संघर्ष समिति बिच ९ बँदे सहमति भएको थियो । उक्त सहमति अनुसार मजदुरहरुलाई न्यनतम पारिश्रमिक १४,४०० दिने सहमति भएपनि अहिलेसम्म लागु नगरिएको भन्दै मजदुर आन्दोलित भएका छन् ।

कुमार लामा, अर्जुन पाठक र श्रीराम वाग्लेद्धारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ सो सम्झौता लागु नगरिए  संघर्ष समिति कडा आन्दोलनमा उत्रिने छ ।