माओवादी कमाण्डर र प्रहरी एआईजी एकसाथ सरसफाइमा

yuwa
काठमाण्डौ मंसिर १३, राष्ट्रिय युवा जनस्वयम्सेवकले राष्ट्रको लागी युवा अभियान संचालन गरिरहेको छ । कार्तिक २६ गतेबाट सुरु भएको अभियान माघ २८ गतेसम्म संचालन हुने संगठनका केन्द्रीय सचिव किरण पोखरेलले बताएका छन् ।

अभियान काठमाण्डौ उपत्यका लगायत देशका मुख्य शहरहरुमा संचालन भईरहेको बताइएको छ । अभियान अन्तर्गत सरसफाई, ट्राफिक जाम हटाउने, फुटपाथ ब्यवस्थित गर्ने , जनसेवाको काम गर्ने, बैदेशिक रोजगार पिडित युवाहरुलाई न्याय दिलाउने कार्य भईरहेको छ । अभियानको क्रममा धोबी खोला सरसफाई कार्यक्रममा युवा संगठनको केन्द्रीय अध्यक्ष झकबहादुर मल्लको नेतृत्वमा रहेको युवा संगठनका कार्यकर्ता र प्रहरी संगठनका ए आईजी विज्ञानराज शर्माको कमाण्ड रहको प्रहरी टोली एकसाथ भई सरसफाई गरेका छन ।

jhak-bahadurयसअघि युवाहरुले बीर अस्पताल परिसरको सरसफाई गरिसकेका छन् । सरसफाई क्रर्यक्रममा नेकपा (माओवादी)का स्थायी समिति सदस्य प्रकाण्डको उपस्थिती रहेको थियो । त्यस्तै भक्तपुर र ललितपुरमा पनि सरसफाई र जनसेवाका कार्यक्रम संचालन भईरहेका छन् । अभियानले बाहिरी कार्यक्रमसंगै संगठन निर्माण अन्र्तक्रिया, बहस ,प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ ।

त्यसैगरी भित्तेलेखनको क्रममा शुक्रबार उपत्यकाबाट ४ जना कार्यकर्ता पक्राउ गरेको उपत्यका संयोजक प्रखर लामाले बताएका छन् । अन्य समयका अभियानहरु आन्तरीक पक्षलाई सुदृढ गर्ने गरिएता पनि यो पटकको अभियानमा सामाजिक संघ संस्था सरोकारवाला पक्ष स्थानिय वासिन्दा प्रहरी प्रशासनसंग सहकार्य गर्दै जनसम्बन्धलाइ पनि सुदृढ गर्न खोजिएको छ । photoma