जनमुक्ति सेनाको बिघटन भएको छैन, जनताको साथमा छ : प्रकाण्ड

प्रकाण्ड

काठमाडौंः मंसिर १३, ‘ हाम्रो पार्टीले कहिल्यै जनमुक्ति सेनाको बिघटन गरेका छैन जनमुक्ति सेना अहिले पनि जनताको साथमा रहेको छ ’ यो भनाई   नेकपा (माओवादी)का स्थायी समिति सदस्य तथा प्रबक्ता प्रकाण्डको हो ।

त्यस्तै उनले तत्कालिन एमाओवादीले जनमुक्ति सेनाको विघटन गरेको तर आफ्नो पार्टीले विघटन नगरी जनताबीच पठाएको बताएका छन् ।

पार्टीले आयोजना गरेको जनसभामा भाग लिन कालिकोटको मान्मा पुगेका प्रकाण्डले जनतमाथि थुपारेको अन्याय–अत्याचारविरुद्ध जनमुक्ति सेना परिचालन गर्ने बताए ।

सोमबार मान्मामा क्रान्तिकारी पत्रकार संगठन कालिकोट शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रबक्ता प्रकाण्डले आफ्नो पार्टीले संविधानलाई खारेजी गरेको बताए । उनले संविधान संशोधन र कार्यान्वयन दुबै नहुने बताए ।