भारतीय दलालको दबावमा पोल्ट्री फर्म

group-2

काठमाडौंः मंसिर १४, पक्षीजन्य उपभोग्य पदार्थको क्षेत्रमा निजी तवरको प्रयासका कारण नेपाल झन्डै आत्मनिर्भर स्थितिमा छ । तर भारतीय ठूलो पुँजी र बिचौलियाका कारण ठूलो दबाब झेल्नुपरेको छ । राष्ट्रिय पुँजीको रक्षा गर्ने सरकारसँग न कुनै नीति तथा कार्यक्रम छ, न त राष्ट्रिय पुँजीको रक्षा गर्नुपर्ने धारणा राख्ने पार्टीहरूसँग कुनै हस्तक्षेपकारी कार्यक्रम तथा कार्यक्रम छ । जसका कारण पोल्ट्री व्यवसाय धरापमा परेको छ ।

भारतीय पुँजीपतिसँग ठूलो पुँजी छ । त्यहाँ ब्याजदर नेपालको भन्दा कम छ । ऊर्जा सस्तो र भरपर्दाे छ । ढुवानी खर्च सस्तो छ । कच्चा पदार्थ देशभित्रै उपलब्ध छ । नेपालको पोल्ट्री व्यवसायलाई आधुनिकीकरण गर्नुपर्ने र ठूलो पुँजी लगानी गरेर लागत छुटाउनका लागि भारतीय लगानी र मझौला व्यवसायी भने भारतको ठूलो पुँजीसँग नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्ने र त्यसो गर्नु दीर्घकालीन राष्ट्रिय हितअनुकूल मर्ज गरेर पुँजी र प्रविधिको समस्या समाधान गर्न सकिने उनीहरूको जिकिर छ । राज्यले संरक्षणकारी नीति र कार्यक्रम बनाउनुपर्ने उनीहरूका धारणा छ ।

भारतीय पुँजी भित्र्याउने कि नभिœयाउने भन्ने दुई विपरीत धारामा समग्र पोल्ट्री व्यवसाय विभाजित छ । बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्मा एकथरी व्यवसायीले एकतर्फी भारतीय पुँजी भिœयाउनका लागि पेस गरिएको प्रस्तावित विधेयक साना र मझौला व्यवसायीको चर्काे विरोधका कारण सदनमा लामो समयदेखि मुल्तवीय छ । त्यसैले चोर बाटोबाट भारतीय लगानी ओइरिरहेको छ । जसका कारण नेपाली साना र मझौला व्यवसायी चिन्तित छन् ।

नेपाली पोल्ट्री उत्पादन भारत निर्यात गर्दा गुणस्तर अथवा क्वारेन्टाइन जाँच गर्दै भारतले १५ दिन लगाउँछ जसको कारण निर्यात सम्भव नै छैन । तर भारतीय उत्पादनको क्वारेन्टाइन जाँच नै नहुने अथवा औपचारिकता सीमित हुने भएका कारण नेपाली व्यवसायी मर्कामा परेको गुनासो गर्छन्– उद्योग वाणिज्य सङ्घ रत्नगरका अध्यक्ष ज्ञानु विश्रुवाल । भारतीय बजारमा ‘ए, बी, सी’ तीन गुणस्तरका आफ्नै देशका चल्ला उत्पादन गरिन्छन् । नेपालमा ‘बी’ र ‘सी’ श्रेणीका चल्ला मात्र भारतले निर्यात गर्छ । जसको कारण गुणस्तर र उत्पादकत्व दुवै कमजोर हुन्छ । पोल्ट्री व्यवसायको अर्काे क्षेत्र दाना उद्योग हो । विधेयक मुल्तवीमा रहेकै अवस्थामा स्काई लार्कनामक भारतीय बहुराष्ट्रिय कम्पनीको ५१ प्रतिशत नेपालका केही दलाल व्यवसायीको ४९ प्रतिशत लगानीमा चितवनमा स्काई लार्कको उद्योग स्थापना गरिएको छ । नेपालको पोल्ट्री उद्योग (मूलतः दाना उद्योग) मा चिनियाँ लगानीसमेत भित्रिएको छ । नेपालको दानाले नै माग पूरा गर्न सक्षम रहेकाले भारतीय एकाधिकार कायम गर्ने मनसायले आएको विदेशी लगानीमा अङ्कुश लगाउनुपर्ने एकथरीको धारणा छ ।

भारतमा उत्पादित अन्डा सेतो रङको हुन्छ भने नेपालमा उत्पादित अन्डाको रङ रातो हुन्छ । अन्डाको भारतीय व्रिड ग्रेण्ड प्यारेण्ट (न्ए) आफ्नै देशको विकास हो । नेपालमा उत्पादन हुने रातो रङको अन्डा जर्मनी र अमेरिकी प्रविधि हो । यो अन्डा भारतीय सेतोभन्दा गुणस्तरीय मानिन्छ । लेयर्स (अन्डा दिने कुखुरा) को ग्रेन्ड प्यारेन्ट्स जर्मन र अमेरिकी उत्पादन हो । जो भारतमा प्रचलनमा छैन । लोमेन नामको हो । कृषि तथा पशु विकास मन्त्रालयले अन्डामा नेपाल आत्मनिर्भर भैसकेको दाबी गरेको पनि दुई वर्ष बितिसकेको छ । महेशपुर, कृष्णपुर, भैरहवा, कोइलाबास, रौतहट, त्रिवेणी आदि नाकाबाट अवैध ढङ्गले क्षेत्रका दाना उद्योगले नेपाली लोगो (ट्याग) टाँसेर भारतीय न्यून छ । जनताको दैनिक जीवनव्यवहारका समस्यासँग नजोडिएको आन्दोलन वा नाराले जनताको वास्तविक समर्थन प्राप्त गर्न सक्दैन । सीमा, सामरिक प्रश्न र राजनीतिक प्रश्न मात्रै राष्ट्रवादी आन्दोलन होइन । वास्तविक देशभक्तिको आन्दोलन भनेको एकाधिकार पुँजीवादविरोधी आन्दोलन हो । जनपक्षीय तथा क्रान्तिकारी शक्तिको ध्यान त्यतातिर जान आवश्यक छ ।