कोलम्बियाको शान्ति सम्झौतको औचित्य के ?

 माइकल डी. येट्स
पुँजीवादको स्थानमा एउटा जनतान्त्रिक र समतावादी उत्पादन प्रणालीको स्थापना गुर्नछ भने त्यहाँ आधारभूत रूपमा के प्रश्न उठ्छ भने पुँजीवादबाट त्यसप्रकारको नयाँ उत्पादन र वितरण प्रणालीमा सङ्क्रमण कुन प्रकारले हुन्छ ? पुँजीवादी अर्थव्यवस्थाभित्र वैकल्पिक अर्थव्यवस्था निर्माण गर्दै गएर त्यसको दबाबमा पुँजीवादलाई कमजोर बनाउँदै लगेर त्यसलाई निषेध गर्न सम्भव छ ? मजदुर वर्गमा आधारित क्रान्तिकारी राजनीतिक पार्टीहरूले चुनाव जितेर शान्तिपूर्ण सङ्क्रमणका लागि (शान्तिपूर्ण क्रान्तिका लागि– अनुवादक) राज्य संयन्त्रलाई प्रयोग गर्नसक्ने सम्भावना छ ? अथवा हिंसात्मक बल प्रयोगको माध्यमबाहेक अरू कुनै तरिकाले पुँजीवादको अन्त्य गर्न सकिन्न ? आजसम्मका सामाजिक रूपान्तरणका अनुभवहरू हेर्दा क्रान्तिकारी आन्दोलनको माध्यमले मात्र सामाजिक रूपान्तरण सम्भव भएको देखिन्छ । त्यसप्रकारको पहिलो रूपान्तरण रुसमा, त्यसपछि चीनमा, क्युबामा, भियतनाममा तथा अन्य केही देशमा देखिएका छन् । निजी सम्पत्तिमा जबरजस्ती कब्जा गरेपछि मात्र उत्पादनका साधनहरूलाई सामाजिकीकरण गर्न सम्भव भएको छ । कतिपय मुद्दामा त बर्साैंसम्म सशस्त्र सङ्घर्षको प्रक्रियाबाट गुज्रनुपरेको छ ।

अर्थव्यवस्थाको रूपान्तरण सधैँ गरिब देशमा मात्र हुँदै आएको छ । कुनै पनि सम्पन्न देशमा आजसम्म समाजवादी क्रान्ति भएको छैन । क्युबाली क्रान्ति अन्तिम सफल क्रान्ति थियो । जुन सशस्त्र बल प्रयोगको माध्यमले भएको थियो । चे गुभाराको बोलिभियामा मृत्यु भएपछि र निकारागुवा तथा एलसाल्भाडोरमा क्युबाबाट प्रेरित क्रान्ति कमजोर भएपछि सैनिक बलद्वारा पुँजीवादलाई परास्त गर्न सकिन्छ भन्ने धारणा कमजोर भएर गएको छ । सोभियत सङ्घ र उसका सहयोगी सत्ताको पतनपछि त्यसप्रकारको धारणामा जबरजस्त झट्का लागेको छ । पूर्वसमाजवादी अर्थव्यवस्थाको पतन र चीनको पुँजीवादतिर झुकाव बढ्दै गएपछि पुँजीवादको विकल्पमै प्रश्न उठ्न थालेको छ । त्यत्ति हँदाहुँदै पनि शान्तिपूर्ण राजनीतिक साधनको माध्यमले पुँजीवादलाई परास्त गर्ने चिलीको जनतान्त्रिक चुनावद्वारा स्थापित ओल्यान्डे सरकारलाई सैन्य कूद्वारा विस्थापित गरेपछि त्यसप्रकारको धारणामा पनि गम्भीर आघात पु¥याएको थियो । उत्पादनका साधनहरूलाई सामाजिकीकरण गर्न ओल्यान्डे सरकारले चिलीमा योजनाबद्ध प्रयास गरेको थियो । तर उनी र उनको सरकारले पराजयको सामना गर्नुप¥यो । चिलीको सेनाले अमेरिकाको सहयोगमा राष्ट्रप्रमुखको हत्या ग¥यो । फासिस्ट हिंसाको सूत्रपात गरेका जनरल पिनोसेको झलक अमेरिकामा पनि देखिएको थियो । अल्यान्डे सरकारका एकजना मन्त्री लान्दोले तेरियरलाई एउटा कारबम विस्फोटको माध्यमले अमेरिका भ्रमणकै अवसरमा मारिएको थियो । ऐतिहासिक परिप्रेक्षअनुसार धनी देश अमेरिकालाई शान्तिपूर्ण तरिकाद्वारा सामाजिक रूपान्तरण पनि कुनै हालतमा स्विकार्य छैन भन्ने प्रस्ट हुन्छ ।

farc-founder-manuel-marulanda-velez

साम्राज्यवादको समग्र ऐतिहासिक तथ्यहरूको अध्ययन गर्दा थाहा के हुन्छ भने सुधारवादी राजनीतिसम्म अमेरिका र उसका सहयोगी देशहरूले दबाएका छन् । शान्तिपूर्ण तरिकाले समाज रूपान्तरणको सम्पूर्ण प्रयास असफल भएको र सोभियत सङ्घको पतन भएको अवस्थामा सम्पूर्ण वाम आन्दोलनमा हतोत्साह पैदा भएको अवस्थामा त्यसलाई चिर्दै विश्वमा दुई स्थानमा पुँजीवादलाई सैन्य बलद्वारा परास्त गर्ने प्रयास भएका थिए– दक्षिण अमेरिकाको कोलम्बिया र एसियाको सानो देश नेपालमा । यी दुवै क्रान्तिका विरुद्ध विश्वभरिका घरानावाला सञ्चारले जुन प्रकारको निन्दा अभियान चलाए त्यसकारण यी दुई आन्दोलनका विषयमा वस्तुपरक चित्र प्रस्तुत गर्नु आवश्यक छ ।
कोलम्बिया सन् १८१० मा स्पेनको उपनिवेशबाट मुक्त भएको थियो । ल्याटिन अमेरिकाका अधिकांश देशसरह कोलम्बियाले पनि न आर्थिक समृद्धि प्राप्त गर्न सक्यो, न त शान्ति । स्वतन्त्रताको लगत्तै जमिनमाथि नियनत्रणका लागि सङ्घर्ष सुरु भयो । १९ औँ शताब्दीको मध्यसम्ममा घरेलु राजनीति र अधिकांश जमिनमाथि मुठीभर कुलीन वर्गको नियन्त्रण कायम भैसकेको थियो । यहाँको मुख्य परम्परावादी दुई राजनीतिक दलहरूको स्थापना भयो । यस किसिमका आन्दोलनहरू खास गरेर गाउँमा भूमिपतिहरूका विरुद्धको विद्रोहसँग कुनै न कुनै रूपले जोडिँदै आएको थियो । २० औँ शताब्दीको दोस्रो दशक आउँदा नआउँदै सहर र कफी बगैँचाहरूमा मजदुर वर्गको उदय भैसकेको थियो । उनीहरू सङ्गठित हुन थालिसकेका थिए । त्यसपछि त्यहाँ कम्युनिस्टसहित क्रान्तिकारी पार्टीहरू स्थापना हुन थाले । मजदुर हडताल र किसान विद्रोहलाई सरकारले बर्बर हिंसात्मक दमन गर्न थाल्यो । सन् १९२८ मा त ‘युनाइटेड फ्रुट कम्पनी’ का हडताली मजदुरहरूलाई सरकारी सीमाले भयानक नरसंहार ग¥यो ।  सन् १९३० देखि सन् १९४६ को बीचमा लिबरल पार्टीको शासन थियो । उसले सुरु गरेको भूमि सुधारका कारण परम्परावादी पार्टीको समर्थनमा ठूलो असन्तुष्टि पैदा ग¥यो ।

mapas-con-sus-descripciones-28-728

सन् १९४६ मा फेरि परम्परावादी पार्टी सत्तामा आयो र उसले उदारवादी पार्टीको शासनकालमा गरेको सम्पूर्ण भूमिसुधार कार्यक्रमलाई उल्ट्याइदियो । सन् १९४८ मा उदारवादी पार्टीको नतो होथे गाइतान्नलाई परम्परावादी पार्टीका दलालहरूले हत्या गरे । त्यसपछि शुरुभएको गृहयुुद्ध १० वर्षसम्म जारि रह्यो । ‘ला वायले सिया’ नामले चर्चित उक्त गृहयुद्धका कारण ३ लाख नागरिक मारिए । त्यसै समयमा सशस्त्र किसान छापामार दलहरू गठन भए । जुन ‘फार्क विद्रोही’ स्थापनाको आधार थियो । त्यसै समयका एकजना छापामार नेता मैनुअल मारुलान्दा वेलेस आज फार्कका मुख्य नेता छन् । एक शताब्दीसम्म अमेरिका गहिरोसँग जोडिँदै आएको प्रसङ्ग नबुझीकन कोलम्बियाको वर्गसङ्घर्ष बुझ्न सकिन्न । सन् १९०३ मा पनामा कोलम्बियाबाट पृथक हुँदा अमेरिकाको महत्वपूर्ण भूमिका थियो । त्यसमा पनामा नहर नियन्त्रण गर्नु उसको मुख्य स्वार्थ थियो । सन् १९५० मा विद्रोहीबाट मुक्तिका लागि सरकारी सेनालाई तालिम दिन सुरु ग¥यो । सन् १९५५ मा अमेरिकाले कोलम्बियाको सैनिक तानाशाह गुस्तागो रोजास पिनिला (जो सन् १९३३ को सैनिक कूबाट सत्तारूढ भएका थिए) लाई १७ करोड डलर ऋण दियो । त्यो रकम छापामारविरुद्ध युद्ध छेड्नका लागि प्रदान गरिएको थियो । लिबरल पार्टी र कन्जरभेटिभ पार्टीका बीचमा भएको एउटा सम्झौताअनुसार रोजास पिनिलालाई पदबाट हटाइयो र छापामारहरूले बाध्य भएर आर्थिक स्वशासनका आधारमा ‘स्वतन्त्र गणराज्यहरू’ को स्थापना गरे । सन् १९६४ मा विद्रोहीहरूका आधार क्षेत्रहरूमा सेनाले भयानक आक्रमण ग¥यो । अवस्था यस्तो बन्न गयो कि छापामारहरू दक्षिण–पश्चिमका पहाडतिर पलायन हुन बाध्य भए ।

त्यसै वर्ष फार्कको स्थापना भयो र स्थापनाको लगत्तै सशस्त्र सङ्घर्षको घोषणा भयो । चाहे लिबरल पार्टीको सरकार होस् अथवा कन्जरभेटिभ पार्टीको दुवैले फार्क तथा सन् १९६० सन् १९७० को दशकमा बनेका अनेकौँ सशस्त्र समूहहरूलाई दमन गर्ने नीतिमै रहे । गाउँमा पुँजीवादी शासन बलियो बनाउने नीति उनीहरूले अवलम्बन गरे । जुन प्रक्रियामा गाउँबाट ठूलो सङ्ख्यामा किसानहरू जमिनबाट विस्थापित गरिए । किसानहरूले त्यसका विरुद्ध विद्रोह त गरे तर सफल हुन सकेनन् । त्यसपछि उनीहरू सहरतिर विस्थापित भए । त्यस प्रक्रियामा किसानहरू फार्क विद्रोहीको सम्पर्कमा पुगे । त्यसमध्ये ठूलो सङ्ख्या फार्क छापामार दलमा समावेश हुन थाले ।
अमेरिकाले फार्क विद्रोहीलाई लागूपदार्थको व्यापारबाट रकम जम्मा गरिरहेको आरोप लगातार लगायो । यसको आधारमा हतियार खरिद गरिन्छ । तर अमेरिकालाई कोलम्बियामा समाजवाद स्थापना होला कि भन्ने त्रास थियो । सन् १९८० पछि सरकारलाई फार्कको बढ्दो शक्ति स्वीकार्ने बाध्यता आइप¥यो । किनकि देशको ठूलो भागमा उनीहरूको नियन्त्रण कायम भैसकेको थियो । तस्कहरूसँग किनेर र सरकारी सेनाको हतियार खोसेर उनीहरूले हतियारको ठूलो भण्डारण गरिसकेका थिए । सरकारी पूर्वाधार र तेलको पाइप नष्ट गर्नु, राजनीतिककर्मी र व्यापारिक अपहरण गर्नु तथा सरकारसँग साँठगाँठ गरेर आफूमाथि क्षति पु¥याउनेलाई हत्या गर्नु फार्कको मुख्य कार्यनीति थियो । फार्कको शक्ति तीव्र गतिमा विस्तार भयो । त्यसो हुनुमा दुई मुख्य कारण थिए– पहिलो, सरकारी घोषणाको विपरीत जनतामा व्यापक गरिबी थियो, आधा जनसङ्ख्या सरकारी तथ्याङ्कमै गरिबीको रेखाभन्दा तल थिए । प्रतिपक्षी दलहरूमाथि सरकारी दमन तीव्र थियो । मजदुर आन्दोलनका नेताहरू जति कोलम्बियामा मारिए, त्यति अन्य कतै मारिएका थिएनन् । फार्कलाई बालसेना भर्ना गरेको आरोप लगायो । छापामारका रूपमा बच्चाहरूलाई भर्ती गर्नु हुन्न भन्ने कुरा सही हो । तर बच्चाहरू सहरका गल्लीमा लागूपदार्थ बेचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार कोलम्बियामा ४१ प्रतिशत बच्चाहरू रहेका छन् जसमा ६५ प्रतिशत गरिबी र अभावमा बाँचेका छन् । त्यसमध्ये १२ लाख त निरपेक्ष गरिबीमा छन् । ३० हजार सडक बालकका रूपमा रहेका छन् । ४७ प्रतिशत बच्चाहरू उनका आमाबाबुद्वारा गराउनै नहुने श्रम गर्न बाध्य छन् । २५ प्रतिशत बच्चा जोखिमपूर्ण श्रम गर्न बाध्य छन् । त्यस्ता बच्चाहरू छापमारहरूको सम्पर्कमा पुग्छन् । जसका आमा, बाबु वा दुवै सेनाद्वारा मारिएका हुन्छन् । उनीहरू छापमारसँग जान चाहन्छन् ।

१५ वर्षभन्दा कम उमेरका कुनै पनि व्यक्तिलाई सेनामा भर्ती नगर्ने नियम उनीहरू पालना गर्छन् ।
फार्कको नियन्त्रण भएका इलाकामा किसानसँग राम्रो व्यवहार गरिन्छ । कफी व्यापारी र कफीको ठूलो खेती गर्ने धनी किसानमाथि कर लगाउँछन् । त्यसबाट प्राप्त आम्दानी हतियार सङ्गठन सञ्चालन मात्र होइन विकास निर्माणमा पनि खर्च गर्छन् । फार्कको सैनिक सफलताले गरिबहरू प्रोत्साहित हुन्छन् । आफ्नो उत्पीडकहरूलाई दण्डित गर्न सकिन्छ भन्ने ठान्छन् । आधार क्षेत्रमा विद्यालय स्थापना गर्नु, घर बनाउनु, न्याय दिलाउनु, महिलालाई महत्वपूर्ण जिम्मेवारी दिनु फार्कका सकारात्मक पक्षहरू हुन् । कोलम्बियाको कम्युनिस्ट पार्टीमा पनि फार्कको गहिरो प्रभाव परेको छ । फार्क सत्तामा आए भने उनीहरू कम्युनिस्टसँग कस्तो व्यवहार गर्लान् भन्ने अनुमान गर्न गाह्रो छैन ।

कोलम्बियाको सरकार र सेनालाई ‘कोलम्बिया योजना’ अन्तर्गत अमेरिकाले ठूलो मद्दत गरेको छ । त्यसबाट बुझ्न सकिन्छ दक्षिण अमेरिकाको यो सामरिक महत्वको देशमा फार्क पुँजीवादका लागि ठूलो खतरा हो । फार्कले लागूऔषधको मात्र व्यापार गथ्र्याे भने अमेरिकाका लागि कुनै चिन्ताको विषय हुँदैनथ्यो ।
कोलम्बियामा लागू औषध विरोधी अभियान अ‍ेमरिकी नाटक मात्र हो । त्यसको आडमा उसले कम्युनिस्टमाथि दमन गर्छ । ल्याटिन अमेरिका उथलपुथलको प्रक्रियाबाट गुज्रिरहेको छ । तपाईंले गम्भीरतापूर्वक हेर्नुभयो भने भेनेजुयला, एक्बाडोर, अर्जेन्टिना, ब्राजिल तथा अधिकांश देशहरूमा पुँजीवादविरोधी भावना बलियो बन्दै गएको देख्नुहुनेछ । कोलम्बियामा क्रान्तिकारी शक्तिहरूको विजयलाई नियम पुँजीवादको आपाकालमा रूपमा हेरिएको छ । फार्कलाई कोलम्बियाली सरकारको मात्र मुकाबिला गर्नु परेको भए ठूलो कुरा हुँदैनथ्यो । तर संसारका सबै साम्राज्यवादी शक्तिहरू फार्कका विरुद्ध एकजुट भएका छ्न् जसले गर्दा उनीहरूको लडाइँलाई एकदमै कठिन बनाइदिएको छ ।