विप्लवको बारेमा मिथ्या प्रचार गर्ने अनलाईनलाइ भौतिक कारवाही गर्छौ पोलिट ब्युरो सदस्य विकास

netra

काठमाडौँः मंसिर १४,  केहि दिनअघि फुर्सद न्यज डटकमले नेकपा (माओवादी) माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लवको पारिवारीक बिषयमा मिथ्या समाचार लेख्यो । जसको दावी यो थियो कि विप्लवले चन्दाको पैसाले आफ्नो छोरालाई ५० लाखको मोटर साईकल किनीदिए । यथार्थ के हो ? के प्रकाश चन्द पचास लाखको बाईकमा चढ्छन् त ? त्यसको जवाफ नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले दिएका छन् । यस्तो छ उनको जवाफ ।   विप्लवले सो मिथ्या समाचारको समान्य प्रतिक्रिया दिए पनि पोलिट ब्युरो सदस्य पदम राईले भने फुर्सद न्यज डटकमको घाँटी कन्याई दिने चेतावनी दिएका छन् ।

padam

त्यस्तै विप्लव पुत्र प्रकाश चन्दले 3. दियो पोष्ट अनलाईनले सोधेको प्रश्नमा उनले भनेका छन् । मेरो भेनाजु र म जाउलाखेल इमालयन इन्डस्ट्रीमा भेनाजुको व्यक्तिगत कामले गएका थियौं  ।

बाहिर पार्कीङमा एउटा बाइक देखियो त्यस्तो बाइक देखेपछि मलाई एकपटक चढेर फोटो खिचौँ–खिचौँ लाग्यो । त्यसपछि मैले बाइक चढेँ । मेरो भेनाजुले फोटो खिच्दिनुभयो, आइतबार उक्त फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेँ ।

फेसबुकमा पोस्ट गरेको केही समय भित्रै एक अनलाइनमा समाचार पो आएछ– चन्दा लिएको पैसाले मैले उक्त बाइक किनेँ भनेर । मैले सुने अनुसार कसैको केही समाचार लेख्दा सम्बन्धित व्यक्तिलाई एक पटक सोध्नु पर्छ रे तर, हामीले उक्त समाचार आएपछि त्यो अनलाईन कहाँबाट चल्छ भन्ने समेत पत्तो पाएको छैनौँ ।

फुर्सद न्यज डटकमले आफ्नै विवेकले समाचार लेखेको हो वा होईन त्यो एउटा कुरा तर फुर्सद न्यज डटकमलाई कसैले हतियारको रुपमा प्रयोग गर्दैछ । कसैको हतियार बन्ने वा नबन्ने सम्पुर्ण जिम्मा फुर्सद न्यज डटकमलाई नै छ ।