जनताले आन्दोलन गर्छन् सरकारले दमन गर्छ फेरी जनताले प्रतिरोध गर्छन् र अन्तिमा युद्ध हुन्छ : प्रकाण्ड

prabakta-1काठमाडौँ: मंसिर १४,  नेकपा (माओवादी)का स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एकपल्ट अन्तिम युद्ध हुने बताएका छन् ।

त्यस्तै उनले  नेकपा (माओवादी)को जन्मसँगै जनविरोधीहरु अत्तालिएको र जनतालाई ठग्नेहरु विस्तारै डराएर जनताका मुद्धाविरुद्ध बोल्ने अन्तिम प्रयास गरिरहेको प्रवक्ताको धारणा राखे ।

“जनजिविकाका मुद्धा उठाउँदा दलाल सरकारले दमन गर्छ गिरफ्तार गर्छ भने जनताले प्रतिरोध गर्छन् अनि राज्यले दमन गर्छ र पुनः प्रतिरोध गर्दा युद्ध हुन्छ,” । जनताले युद्ध नचाएपनि सरकारकै कारण यो मुलुकमा अन्तिम युद्ध भइछाड्ने भन्दै त्यसका लागि तयार रहन अपिल समेत गरे ।

नेकपा (माओवादी)का पोलिट्यूरो सदस्य एवं पूर्वी ताम्सालिङ व्यूरो इन्चार्ज भरत बम ‘रणविर’ले कर्णालीले धेरै रगत बगाएको र त्यसमा कालिकोट अग्रभागमा रहेकाले त्यो रगतको मुल्य जनताले चुक्ता गरिछाड्ने  बताए  ।kalikot

त्यसैगरी कर्णाली व्यूरो इन्चार्ज एटमले भने “जनयुद्ध अघिकै कथित संसदीय प्रवृतिमा रमाउन पाइन्छ भन्ने दलालहरुले सोचेका होलान् खवरदार जनताले फेरि अन्तिम धक्का दिँदैछन्”। 

माओवादी केन्द्रीय सदस्य माइला लामाले अाफ्नाे पार्टीले जनताको अन्तिम मुक्तिका लागि क्रान्ति गर्ने र दमन गरे युद्ध लड्ने बताए ।

कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी समरले गरेका थिए । र जनसभामा सामना सांस्कृतिक परिवारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।