माओवादी ध्रुव्रीकरणको लहर ,६० भन्दा बढी माओवादीमा प्रबेश

imagesधनकुटाः मंसिर १५, माओवादी केन्द्र, एमाले, राप्रपा, नेपाली, कांग्रेसलगायतका पार्टीबाट विद्रोह गरी सोमबार धनकुटाका विभिन्न स्थानबाट पाँच दर्जन भन्दा बढी कार्यकर्ता नेकपा (माओवादी)मा प्रवेश गरेका छन् ।

जितपुर गाविसस्थित जितपुर बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् । त्यसैगरी मारेकटारे गाविसका माओवादी केन्द्रा गाविस सचिव खेम पोखरेल, मारेकटारे गाविसका उपाध्यक्ष पोखमान कटुवाल, सोही गाविस वडा नं. ६ का एमाले अध्यक्ष डिग बहादुर मगर, गाविस अध्यक्ष सल बहादुर पोख्रल, जिल्ल सदस्य टंक पोखरेललगायतका एक दर्जन कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।party_flag_since_1996-300x207-copy

त्यसैगरी नेपाली काङ्ग्रेसका गाविस सभापति जयराम पोखरेल माओवादीमा व्रवेस गरेका छन् । त्यसैगरी मुर्तिढुङ्गा गाविस माओवादी केन्द्रका रघु तामाङ र निर्मला तामाङ माओवादीमा प्रवेश गरेका छन् । त्यसैगरी माओवादी केन्द्र निकट विद्यार्थी संगठनका जिल्ला सचिव उमेश विश्वकर्मा माओवादी निकट विद्यार्थी संगठनमा प्रवेश गरेका छन् ।

पछिल्लो अवधिमा धनकुटामा माओवादी केन्द्रबाट विद्रोह गरेर माओवादीमा प्रवेश गर्ने लहर एमाले, काङग्रेस र राप्रपासम्म पुगेको छ ।