माओवादीको जनसभालाई बिद्यार्थी देख्ने एमालेले बन्दमा टायर बाल्न बिद्यार्थी प्रयोग गर्यो !

emaleफोटो रातोपाटी अनलाईनबाट

काठमाडौँ:  मंसिर १६, प्रचण्डले मधेशी मनाउने नाममा संबिधान संसोधनको प्रस्ताव ल्याएसंगै एमालेको अनुकुल भएको निर्वाचन क्षेत्र टुक्रिने भएपछि एमाले सडकमा ओर्लिएको छ ।

माओवादीले जनसभामा बिद्यार्थी प्रयोग गर्यो भन्ने र  बिद्यालय शान्ति क्षेत्र घोषणा गर्न भनेर ठूलो स्वरले कराउने एमालेले आज पश्चिम नेपालका जिल्लाहरु दाङ,प्युठान,रुपन्देही लगायतका ठाउँहरुमा टायर बाल्न ब्यापक बिद्यार्थी बालबालिका प्रयोग गरेको देखिएको छ ।

केही दिन अगाडिदेखि शुरु भएको आन्दोलनकै क्रममा आज यातायात, व्यापार व्यवसाय, उद्योग धन्दा, शैक्षिक संस्था लगायत सम्पू र्ण कार्यालयहरु पूर्ण रुपले बन्द गरेका हुन् । ५ नम्बर प्रदेश टुक्र्याउने गरी दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ ।