पत्रकार सम्मेलन गरिरहेका माओवादी नेता पक्राउ

 

167272_137446339651518_609678_n

काठमाडौँ: मंसिर १६, विप्लव नेतृत्वको नेकपा (माओवादी) को लोकप्रियता र बढिरहेको सांगठनिक शक्तिबाट अत्तालिएको सरकारले (माओवादी) नेता तथा कार्यकर्तालाई निरन्तर धरपकड गर्ने क्रम बढाउदै लगेको छ ।

आज दिउँसो सिन्धुलीमा पत्रकार सम्मेलन गरिरहेका (माओवादी) जिल्ला सेक्रेटरी राजु कार्कीलाई बिना कारण प्रहरीले पक्राउ गरेको  नेकपा माओवादी केन्द्रीय कार्यलय सचिव गुणराज लोहनीले बताएका छन् ।