संसदमा गाईजात्रा , प्रचण्डलाई बौलाहा कुकुरले टोक्यो : सिपी मैनाली

cp-mainali

काठमाडौं : मंसिर १७, संसदमा संसदवादी दलहरुको गाईजात्रा सधैजसो चलिरहन्छ । आजपनि दिउँसो त्यस्तै संसदभवनको गाईजात्राको प्रतक्ष्य प्रसारण गर्ने टेलिभिजनका पर्दाले दर्शकहरुका कोठाहरु गाईजात्रेमय भएका छन् ।  सन्दर्भ हो  नेकपा मालेका महासचिव सीपी मैनालीले प्रधानमन्त्री प्रचण्डलाई बहुला कुकुरले टोकेको आरोप लगाएपछि संसदमा होहल्ला भएको छ।

 समय लिएर संसद बैठकको सुरुमै बोलेका मैनालीले जनताले माग नै नगरेको सीमाङ्कन हेरफेर गर्ने संसोधन प्रस्ताव आएको भन्दै ‘कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन’ भनेपछि सत्तारुढ दलका सांसदहरुले गाईजात्रा मनाएका छन् ।

प्रधानमन्त्रीमाथिको आरोप संसदीय मर्यादा विपरित भएको भन्दै कांग्रेस सांसद रामहरी खतिवडाले नियमापत्ति जनाएपछि मैनालीले आफूले कसैलाइ त्यसो नभनेको जिकिर गर्दै आफ्नो टिप्पणिको बचाउ गरे। ‘मैले कसैलाई भनेको होइन बास्तविक कुकुरलाइ भनेको हो’, मैनालीले भने ‘बहुलाह कुकुरले टोक्यो भने त म पनि बहुलाउँछु नि।’