नेकपा (माओवादी) निकट जनसांस्कृतिक महासङ्घको गण्डक ब्युरो गठन

ब्युरोस्तरीय चुनु–शिल्पा सांस्कृतिक परिवारको पनि घोषणा

15283979_1483635888327995_7818675884533012084_nपोखरा : नेकपा (माओवादी) निकट सांस्कृतिक मोर्चाको अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, गण्डक ब्युरो गठन भएको छ । ब्युरोस्तरीय ७ सदस्यीय समितिमा संयोजक महासङ्घका केन्द्रीय सदस्य करुणा गाहा मगर हुनुहुन्छ भने सदस्यहरूमा फणिन्द्र अकिञ्चन, राम आले, दीपक, चीनकाजी रसाइली र काजी गुरुङ रहेका छन् ।

सोही अवसरमा जनसांस्कृतिक महासङ्घअन्तर्गत ११ सदस्यीय चुनु–शिल्पा सांस्कृतिक परिवारको पनि घोषणा गरिएको छ । करुणा मगरको संयोजकत्वमा दीपक, बादल, अस्मिता नेपाली, कुसुम थापा, मेनुका, जीवन विक, दुर्गा विक, इनिता राई, रुपा आले, खुश्बु आदि रहेका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलिया हुनुहुन्थ्यो भने विशेष आथित्यता नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज कमरेड आस्थाले गर्नुभएको थियो ।15241329_1483634258328158_1832384347249357773_n

महासचिव खेम थपलिया भेलालाई सम्बोधन गर्दै   “अब देशैभरि सङ्गठनात्मक तथा आन्दोलनात्मक दुवै हिसाबले सांस्कृतिक आन्दोलनलाई तीब्र बनाइनेछ ।

पार्टी मूल राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्तिलाई सफल बनाउनुको कुनै विकल्प छैन । एकीकृत जनक्रान्तिको सफलता नै सांस्कृतिक क्षेत्र पनि सफलता हो ।”

सोही कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै विशेष अतिथि कमरेड आस्थाले संस्कृति पनि वर्गीय हुने भएकोले माक्र्सवादी लेखक तथा कलाकारहरूले जनताका पक्षमा आफूलाई क्रियाशील बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

15350516_1483633881661529_2104785142828179165_n
जनयुद्धकालमा गण्डक क्षेत्रमा सांस्कृतिक मोर्चाले पु¥याएको योगदान विशिष्ट र ऐतिहासिक थियो । साथै, महान् सांस्कृतिक सहिद चुनु गुरुङ र शिल्पा गुरुङको बलिदानलाई जीवन्त राख्ने उद्देश्यबाट बनाइएको चुनु–शिल्पा सांस्कृतिक परिवार माओवादी पार्टीको तत्कालीन मूल नेतृत्व प्रचण्डमा आएको भयानक विचलन तथा धोकाधडी र पार्टीको टुटफुट र विभाजनले विघटन हुन पुगेको थियो ।

ऐतिहासिक र बलिदानी महत्व बोकेको जनसांस्कृतिक महासङ्घ र चुनु–शिल्पा सांस्कृतिक परिवारको पुनर्गठनबाट यस क्षेत्रका जनकलाकारहरू अत्यन्त उत्साहित बनेका छन् ।