भारतको नयाँ बिद्यूत खरिद नीतिले नेपाली दलाल पुँजीपतीहरुको निँद हराम

00000
फोटोः ТАРАКАНЫ ХОТЯТ МОИ ПЕЧЕНЬКИ बाट

काठमाडौं: मंसिर २७, केही दिन अघि भारतले बिद्यूत खरिद सम्झौता सम्बन्धि नयाँ कानुन ल्याएपछि नेपाली दलाल पुँजीपतीहरुको होस उडेको छ । राष्ट्रघाती पिटिए सम्झौतालाई समेत उछिन्ने गरि भारतले ५१ प्रतिशत भारतीय लगानी अर्थात शेयर नभएको बिद्यूत नकिन्ने भएपछि भारतीय एकाधिकार पुँजीपती सत्ताधारी वर्गको संरक्षणमा टिकेका कथित नेपाली नीजि क्षेत्रहरुले आफु संकटमा परेको महशुस गरेका छन् ।

सधै भारतको मात्र बिश्वास गर्ने र आत्म निरर्णय गर्न नसक्ने हुतिहाराहरुले अपर कर्णाली, अरुण तीन जस्ता महत्वका आयोजनाहरु भारतलाई सुम्पेर मोटो कमिसन खाई मोटाएका दलालहरु यस पटक भने निराश बनेका छन् । भारतको उक्त नीतिले नेपाली जनतालाई कदापी हित त गर्दैन तर दलाल पँुजीपतीहरु भने नेपालका स्रोत साधन बेच्न नपाउने भएपछि चिन्तीत भएका छन् । पिटिए सम्झौता त राष्ट्रघाती सम्झौता थियो तर भारतले यस पटकभने दलालहरुलाई समेत टाउको दुख्ने नरुीति ल्याएको छ ।

विद्युत् व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक महत्वको मुद्दा बनाउँदै भारतले नेपाल, भुटान र बंगलादेशमा भारतीय कम्पनीले उत्पादन गरेको विद्युत् आयात गर्ने बाटो खुला गरेको छ, तर सम्बन्धित तथा तेस्रो देशका कम्पनीले उत्पादन गरेको बिजुली आयात रोकेको छ ।

दलाल पँजीपतीहरुले उर्जा मन्त्रि जनार्दन शर्मालाई भारत संग वातावरण सहज पार्न भनेर दबाब दिईरहेको बझिएको छ । त्यसैगरि ऊर्जामन्त्री जनार्दन शर्माले आइतबार परराष्ट्रमन्त्री डा। प्रकाशरण महतलाई निर्देशिकाले दुई मुलुकबीच भएको विद्युत् व्यापार सम्झौता पिटिए विपरीत भएकाले यसबारेमा भारतीय पक्षसँग छलफल गर्न आग्रह गरेका छन् ।