विप्लवको प्रश्न दलालहरुलाई कसले दियो चन्द्रागिरी डाँडा कब्जा गर्ने अधिकार ?

काठमाडौं:  पुस २ , नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले आज बिहान सगरमाथा टेलीभिजन संगको अन्तरवार्तामा प्रचण्ड बावुरामले धुलो पल्टाएको क्रान्तिलाई नेकपा (माओवादी)ले टकटक्याउदै सफा गरि सकेको बताएका छन् ।

त्यस्तै अर्को प्रश्नको जवाफ दिदै नेपालको जलस्रोत बाट वनेको बिजुली नेपाललाई अध्यारोमा राखेर भारतमा बेच्न नदिने बताए । उपर कर्णाली, अरुण तीन जस्ता राष्ट्रघाती सम्झौतालाई नेकपा (माओवादी)ले कार्यन्वयन हुन नदिने बताएका छन् ।

केबलकार संचालनको नाममा स्थानिय जनताको अधिकार हनन गरेर दुई तीन जना दलालहरुले चन्द्रागिरी डाँडामाथि कब्जा जमाएका छन् उनले अगाडी भन्नुभयो त्यो अधिकार कसले दियो ? स्रोत साधन दोहन गर्ने अधिकार कसैलाई अधिकार छैन ।