संसदीय ब्यवस्था भनेको दासत्व प्रवृति हो : विप्लव

काठमाडौं: पुस १०, नेकपा (माओवादी)का महासचिव नेत्र बिक्रम चन्द विप्लवले शनिबार नेवा मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै संसदीय ब्यवस्था भनेको दासत्व प्रवृति भएको बताएका छन् ।

संसदीय ब्यवस्थाले जनतालाई नयाँ तरिकाबाट दास बनाउने गरेको छ । यसको विरुद्धमा संघर्ष गरेर अगाडी जानु पर्ने बताएका छन् । हामीले हिजो संसदीय ब्यवस्थाले जनताको भलो गर्दैन भनेका थियौ आज त्यही भयो ।

संसदीय ब्यवस्थाले सत्तामा पुरानै बर्गलाई ब्युताएको छ । केही समय पुराने वर्ग र नयाँ वर्गबिच सत्ता संघर्ष चल्यो अन्तः सत्तामा पुरानै वर्ग हाबी छ ।

नेवाः हरु जातीय हिसाबले उत्पीडनमा हुनुहुन्छ यसको सामाधान बर्गिय मुक्तिबाट मात्र संभव छ । संसदीय ब्यवस्थाले कदाबि समाधान गर्न सक्दैन ।