यसरी नेपाल सरकारलाई हस्तक्षेप गर्दै विश्व बैंक, अमेरीका र जापान

काठमाडौँ:  पुस ११, बिसं २०४६ को आन्दोलन पछि नेपाल भित्रेको सारमा साम्राज्यवादी अर्थतन्त्र र रुपमा बैदेशिक सहायताले नेपालको अर्थतन्त्र ब्यवस्थालाई पुर्णरुपले परनिर्भर बनाई सकेको छ ।

नेपालका आर्थिक नीति तर्जुमा संरचानागत समायोजनले अप्रतक्ष तरिकाले गर्ने गर्दछ । त्यसैको निरन्तरता स्वरुप विश्व बैंक, अमेरिकी संस्था अमेरिकी सहयोग नियोग (युएसएड) र जापान सहयोग नियोग (जाइका)ले नेपाल सरकारमाथि हरुतक्षेप गर्ने खालको अभिब्यक्ति दिएका छन् ।

भूकम्पपीडितलाई घर बनाउन सरकारले दिन भनेको तीन लाख रुपैयाँ घटाएर दुई लाखमा झार्न विभिन्न बिदेशी संस्थाहरुले दबाब दिएका छन् । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते को बैठकले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकम दुईबाट बढाएर तीन लाख रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।

आफूहरुसँग छलफल नै नगरी सरकारले अनुदान रकम बढाउने निर्णय लिएको र विगतको सम्झौतामा पीडितलाई घर बनाउन दुई लाख रुपैयाँमात्र दिने निर्णय भएको भन्दै थप एक लाख कटौती गर्न सरकारलाई निर्देशन दिएका छन् । बढी दबाब विश्व बैंक, अमेरिकी सहयोग नियोग (युएसएड) र जापान सहयोग नियोग (जाइका)ले दिदै आएका छन् ।