आतङ्कवादले चुनौति दिँदै चीनलाई, कम्युनिस्ट पार्टी कार्यलयमै हमला ५ जनाको मृत्यु

बेइजिङ: पुस १४, विश्व कै सबभन्दा ठूलो पार्टी कम्युनिष्ट पार्टीको भवनमा आतंकवादी हमला भएको छ । सो कार्यलय चीनको सेन्ज्याङ प्रान्तमा रहेको चिनिया संचार माध्यमहरुले बताएका छन् ।

त्यस्तै चिनियाँ प्रहरीका अनुसार घटनामा संलग्न चार जना प्रहरी कारवाहीमा मारिएका छन् । काराकाक्स काउन्टीमा रहेको उक्त भवनमा चारजना व्यक्तिले गाडी ठोक्काउँदै विस्फोट गराएका थिए ।

उक्त विस्फोटमा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको बताइएको छ । मुस्लिम उइघिुर समुदायको बसोबास रहेको उक्त क्षेत्रमा लामो समयदेखि तनाव रहेको छ ।

चीनको सबैभन्दा ठूलो प्रान्त सेन्ज्याङ स्वायत्त राज्य रहेको छ । उइघुर टर्किक मुस्लिमहरु हुन् । उनीहरुको ४५ प्रतिशत जनसंख्या सेन्ज्याङमा रहेको बताईन्छ । अरु ठाउँमा बहुमत रहेको हान जातिहरु भने सो प्रान्तमा ४० प्रतिशतमात्र रहेका छन् ।