सडमा ओर्लियो अखिल (क्रान्तिकारी), प्रकाश शाही र चन्द्र बुढालाई तत्काल रिहा गर्न माग

काठमाडौं: पुस १४, नेकपा (माओवादी)निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (क्रान्तिकारी)ले आज काठमाडौंमा भ्रष्टाचार र महङ्गीका बिरुद्ध संघर्ष गर्ने क्रममा पक्राउ परेका बिद्यार्थी नेता रिहाको माग गर्दै प्रर्दशन गरेको छ ।

पक्राउ परेका दुबै प्रकाश शाही र चन्द्र बुढा अखिल (क्रान्तिकारी) का नेता हुन् । उनीहरुले राज्यले पनि कारवाही गर्न नसकेका महाभ्रष्ट लोकमान सिह कार्कीलाई सर्बोच्चो अदालत परिसरमै जनकारबाही स्वरुप कालोमोसो दलेका थिए ।

पक्राउ परेपछि दुबैले पार्टीको योजना अनुरुप कार्कीलाई कालोमोसो दलेको बताएका थिए । कार्यक्रमलाई बिद्यार्थी केन्द्रीय सचिब रामबहादुर बिश्वकर्माले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन बिद्यार्थी उपत्यका ईन्चार्ज लोकेश बिश्वकर्माले बताएका छन् ।