जनयुद्धको झल्को दिनेगरी माओवादी जिल्ला सम्मेलन सम्पन्न

डडेलधुरा:  १४ पुस ,नेकपा (माओवादी) डडेल्धुराले जनयुद्धको झल्को आउने गरी दोस्रो जिल्ला सम्मेलन जंगल भित्र सम्पन्न भएको छ । सम्मेलनले अविनाशको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज शरद सिंह भण्डारीले सम्मेलनका उद्घाटन गर्दै दलाल सत्ताबिरूद्ध संघर्षलाई जिल्लामा पनि घनिभूत पार्नु पर्ने बताए ।

नयाँ जिल्ला कमिटीलाई पार्टीका केन्द्रीय सदस्य प्रतिकले बधाई दिँदै पार्टीका निर्णयलाई कार्यन्वयन जोड दिन आग्रह गरे । त्यसैगरी केन्द्रीय जनपरिषद् सदस्य मदन नेपालीलगायतले शुभकामना तथा बधाइ दिएका थिए ।