भारतले विराटनगरमा राखेको कार्यलय हटाउने संघर्षमा सहभागी हुन तीन पार्टीको आह्वान

काठमाडौ: पुस १५, नेकपा(माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) ले भारतले नेपालमाथि लादेका राष्ट्रघाती जलबिद्यूत सम्झौैता र बिराटनगरमा राखेको अबैधानिक कन्सुलर साँखा हटाउन जनतालाई संघर्षमा उत्रिन आह्वान गरेका छन् ।

तीनवटा पार्टीलृ ब्क्तब्य जारी गरी संघर्षको कार्यक्रम पनि सार्बजनिक गरेका छन् । बक्तब्यमा भनिएको छ , माथिल्लो कर्णली, अरुण तीन जलविद्युत आयोजना नेपालको हित विरुद्ध छन् भन्दै गिरिजाकै पालादेखि जनताले संघर्ष गर्दै आएका छन् ।

परन्तु प्रतिक्रियावादी राज्यसत्ता र यतिबेला प्रचण्ड सरकारले त्यो राष्ट्रघाती सम्झौता खारेज गर्नाको साटो भारतीय विस्तारवादको पक्षमा लागु गर्नेतिर गएको छ । यसका बिरुद्ध तीब्र संघर्षको गर्नु जरुरी छ ।

तीन पार्टीले अघि सारेका कार्यक्रम यस प्रकार छन् ।

१) पुस १६ गते काठमाडौंमा अन्तरक्रिया

२) पुस २२ गते सुर्खेतमा बिशाल जनप्रर्दशन र सभा

३) पुस २५ गते संखुवासभामा जनप्रर्दशन र सभा

४) पुस २९ गते विराटनगरमा जनप्रर्दशन र सभा