ओबामा लङ्गोडो हाँस भएको रुसको दाबी

काठमाडौँ:  पुस १५, ओबामा प्रशाासनले अमेरिकास्थित रुसी कुटनीतिज्ञलाई देश निकाला गरेपछि रुसको परराष्ट्र मन्त्रालयले कडा प्रतिक्रिया दिदै बाराक ओबामालाई लङ्गडो हाँस भएको बताएको छ ।

ओबामाको पछिल्लो कदम उसकोलागि घातक हुने रुसी अधिकारीहरुले चेतावनी दिएका छन् । यसैबीच बेलायतस्थित रुसको दूतावासले सामाजिका सञ्जालमार्फत अमेरिकी राष्ट्रपति ओबामालाई ‘लेम डक’ भनेको छ ।
वाशिङ्टनस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासका कूटनीतिज्ञलाई ७२ घन्टाभित्र परिवारसहित अमेरिका छाड्न आदेश गरेपछि रुसले कडा प्रतिक्रिया दिएको छ ।

रुस सरकारले भने अमेरिकी कदमको उचित जवाफ दिने बताएको छ । पछिल्लो समय रुस अमेरीका सम्बन्ध निकै उतार चढाव देखिएको छ ।