एमालेको गुण्डागर्दी शैली, पार्किङ गरेको गाडीमा आगजनी

काठमाडौं: पुष १५, युवा संघका कार्यकर्ताले नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी गरेको छ । बानेश्वरको अल्फाबिटा अगाडि शुक्रबार दिउँसो बा २ झ १३९२ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो ।

बानेश्वर प्रहरीका अनुसार पार्किङ गरिएर सरकारी स्कर्पियो गाडीमा युवा संघका कार्यकर्ताहरुद्वारा आगजनी गरेका हुन् ।

युवा संघका प्रवक्ता प्रभात विक्रम कटुवालले भने आफूहरुले आगजनी नगरेको बताए । ‘हाम्रो विरोध कार्यक्रम थियो, तर आगजनी गर्ने कुनै कार्यक्रम थिएन ।

युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि कोहलपुरमा बिहिबार साँझ खुकुरी प्रहार भएको विरोधमा संगठनले विरोध र्यालीको आयोजना गरेको थियो ।

बर्ग समन्वयवादमा फसेको एमालेले निकेता खुस्चेबको बाटो अपनाएको करिब ३० बर्षको हाराहरी भएको छ । खुस्चेबको शान्तिपुर्ण सह अस्तीत्वको नारा र एमालेको जबज एउटै हो । माओवादीले समान्य आन्दोलन गर्दा आतङ्कारी देख्ने एमालेको भातृ संगठन युवा संघले बानेश्वरमा दिँउसै गाडीमा आगजनि गरेको छ ।

एमाले लामो समयदेखि नेपालको राजनीतिमा ढुलमुले चरित्र देखाउँदै आएको छ । अरुलाई आतङ्कारी देख्ने एमाले आफु भने भ्रष्टाचार गुण्डा गर्दीले पार्टी चलाउँदै आएको छ ।

जे बानेश्वरमा देखियो त्यो एमालेको गुण्डागर्दी चरित्रको पराकाष्टा मात्र हो । कुनै आन्दोलनको स्वरुप जनता पक्षमा हुनु र नहुनुले आन्दोलन हो वा होईन भनेर निर्धारण हुने गर्दछ ।