मजदुरका नेता किन्ने साङ्ग्रीला होटेललाई माओवादीले छापामार शैलीमा घेराउ गर्यो

काठमाडौं:  पुष १६, नेकपा (माओवादी) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी)ले साङ्ग्रीला क्यासिनोले बिना कारण ४५० जना मजदुर निष्कासित गरेको भन्दै शुक्रवार निष्कासित मजदुरहरुलाई पुनस्थापित गर्न माग राखेर होटल साङग्रीलामा बिरोध कार्यक्रम गरेको छ ।

करिब १०० जना हाराहारीमा आएका आन्दोलनकारीहरु छापामार शैलीमा होटेल भित्र प्रबेश गरेका थिए । होटल साङ्ग्रिलाले विगत २०७० असोज ११ गते गैरकानुनी तरिकाबाट निष्काशन गरिएका ४ सय ५० मजदुरको स(सम्मान पुनर्बहालीको माग गर्दै होटल साङ्ग्रीलाको प्राङ्गणमा क्रान्तिकारी ट्रेड युनियन महासंघले विरोध प्रदर्शन तथा कोण सभा कार्यक्रम गरेको हो ।

साङ्ग्रीला होटलका साहु संग तीनवटा ट्रेड युनियनका नेताहरुले तम्सुक गरि ४५ लाखको डिल गरेर मजदुर निष्कासित गरेकाले आन्दोलनमा उत्रिएको मजदुर नेता हरी श्रेष्ठले बताएका छन् ।