(माओवादी) को चैनपुर नगर कमिटी गठन

काठमाडौं: पुष १६, नेकपा (माओवादी) संखुवासभाले ११ सदस्यीय चैनपुर नगर समिती गठन गरेको छ । संगठन सुदृढको कार्यक्रम अन्तर्गत माओवादीले गाउँ, नगर हुदै जिल्ला सम्मेलन गरेर फागुन १ गते पार्टीको केन्द्रीय महाधिबेशन गर्ने माओवादी स्रोतको दावी छ ।

सो कार्यक्रमका प्रमुख अतिथी नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य तथा कोशी ब्यूरो इन्चर्ज पदम राई (बिकास) रहेका थिए । भेलाले नगर समितिको सेक्रेटरी निशालाई चयन गरेको छ ।