तीन पार्टी जलस्रोतको मुद्धामा मात्र सिमित नरहने, समग्र राष्ट्रियता सवालमा पनि कार्यगत एकता गर्ने

काठमाडौं:  पुस १६, तीन राजनीतिक दलले आज जल स्रोतमाथिको हस्तक्षेप र राष्ट्रिय स्वाधिनता बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । सो कार्यक्रममा तीन कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

नेकपा (माओवादी)का महासचिव नेत्र बिक्रम चन्द विप्लव त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य किरण, नेकपा मसालका केन्दीय सचिव भीमलाल पुरी लगायतका बक्ताहरुले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्दै तीनै दलका नेताहरुले जलस्रोतमा भएको बैदेशिक हस्तक्षेप बिरुद्ध संयुक्त संघर्षमा उत्रिने बताएका छन् ।

अब तीन दल जलस्रोतको मुद्धामा सिमित नरहेर समग्र राष्ट्रिय स्वाधिनताको सवालमा कार्यगत एकता गरी अगाडी बढ्ने प्रतिबद्धता गरेका छन् ।