देशैभरी ध्रुबिकरणको लहर, १५० बढी (माओवादी) मा प्रबेश

मकवानपुर:  पुस १३, पछिल्लो समय नेकपा (माओवादी) प्रति राष्ट्रवादी, देशभक्त, एबम् सच्चा क्रान्तिकारी जमातको बिशेष चासो बढेर गएको छ ।कसैले माओवादीको गतिबीधिलाई नजिक बाट हेरीरहेका छन् ।

त कोही पर्ख र हेरको आवस्था सम्म पुगेका छन् । पछिल्लो समयमा बिद्रोही पहिचान बनाएको माओवादीको कार्यक्रमले सबै प्रगतिशील राष्ट्रवादी, देशभक्त, एबम् सच्चा क्रान्तिकारीहरु आशा र सङ्काको दृष्टिले माओवादीलाई नियालीरहेका छन् ।

त्यती मात्रै होईन (माओवादी)मा प्रबेश गर्ने हरुको सख्या पनि कम रहेको छैन । माओवादीमा ध्रबकृत हुनेहरुको सख्या पनि उत्साहजनक रहेको छ ।

त्यसै गरी मकवानपुर जिल्लाको मजुर धापमा ध्रुबिकरण तथा एकिकरण अभियानमा काङ्ग्रेस, एमाले र माओवादी केन्द्रबाट १५० जना जिल्ला स्तरिय कार्यकर्ता माओवादीमा प्रबेश गरेका छन् ।

सो कार्यक्रमका प्रमुख अतिथी नेकपा (माओवादी) केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज चिरन पुन अतिथीमा मकवानपुर जिल्ला सेक्रेटरी ज्वाला, तथा नारायणी ब्युरो सदस्य इस्लाम हवारी रहेका थिए ।